चैत्र १५, २०८२ आइतबार | २३:५४:०९
मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई
शनिबारको दिन सहिद स्मारक लिग

दुई विमान दुर्घटना, गुमेका चार फुटबल सपुत

सन् १९९१ को नोभेम्बर १९ । फोसनमा जापानविरुद्ध स्विडेनको खेल । यो महिला विश्वकपमा समूह ‘बी’ अन्तर्गत लिग चरणको खेल थियो । दर्शक संख्या १५ हजार ५ सय । अनि स्विडेन ८-० ले विजयी । 

फेरि नोभेम्बर २१ । चीनविरुद्ध न्युजिल्यान्डको खेल । स्थान उही फोसन । दर्शक संख्या १४ हजार । चीन ४-१ ले विजयी । 

सन् ९० को दशकतिर चीन भर्खर बाहिरी विश्वसँग खुल्ने क्रममा थियो । यसैक्रममा सन् १९९१ मा चीनले आफ्नो इतिहासमै सबैभन्दा पहिले ठूलो खेल महोत्सव आयोजना गरेको थियो । यो थियो, यही महिला विश्वकप । फेरि यो महिला फुटबलको पहिलो विश्वकप थियो । चीनमात्र होइन, महिला विश्व फुटबल पनि फैलिने क्रममा थियो ।

यो सबै प्रसंग किनभन्दा यो महिला विश्वकपका ती दुई खेल खेलाउने रेफ्री अरू कोही होइनन्, नेपाली थिए । नाम थियो श्याम श्रेष्ठ । यो एउटा यस्तो इतिहास हो, जुन विस्तारै मेटिँदै छ । बिर्सिंदै छ । सायद अहिलेका नेपाली रेफ्रीलाई सोध्ने हो भने उल्टै प्रश्न आउन सक्छ, को हुन् यी श्याम श्रेष्ठ । यसको उत्तर हुनसक्छ । यी हुन्, नेपालले पाएका अहिलेसम्मकै नम्बर एक रेफ्री ।

यस्तो किनभन्दा विश्वकपमा खेलाउन मौका पाएका रेफ्री पक्कै सबैभन्दा उत्कृष्ट थिए । यी रेफ्रीले सन् १९९२ को जुलाई ३१ मा ज्यान गुमाए । त्यो दिन थाई एयरलाइन्सको विमान काठमाडौं अवतरण गर्ने क्रममा पहाडमा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो । त्यसमा सवार १ सय १३ को ज्यान गयो । त्यसमै एक थिए उनै रेफ्री श्रेष्ठ ।

उनी आफ्नो समयको ‘ए’ डिभिजन क्लब सुन्धाराका एक खेलाडी थिए । खेलाडीका रूपमा उनी धेरै चम्केनन्, तर रेफ्री भने उम्दा निस्किए । आखिरमा कोही कसैले त्यसै विश्वकपका खेल त खेलाउन पाउँदैन होला ।

त्यसको महिना दिनपछि नै अर्को एउटा ठूलो विमान दुर्घटना भयो । दिन थियो, सन् १९९२ को सेप्टेम्बर २८ । 

पाकिस्तानी एयरलाइन्सको विमान पनि भट्टेडाँडाको पहाडमा ठोक्किएर दुर्घटना भएको थियो । त्यसमा पनि सवार सबै १ सय ६७ जनाको निधन भयो । यसमध्ये तीन थिए, रेफ्रीद्वय रूपकराज शर्मा र रोशन श्रेष्ठ अनि लाइन्सम्यान हीरारत्न वज्राचार्य । शर्माबारे त नेपाली फुटबललाई धेरै थाहा छ । उनी उम्दा रेफ्री त थिए नै । तर, उनी त्योभन्दा राम्रा खेलाडी पनि थिए ।

उनी नेपालले औपचारिक प्रतियोगिता खेल्दाका पहिलो कप्तान हुन् । घरेलु फुटबलमा उनले पुलिस, ब्वाइज युनियन र एनआरटीबाट खेलेका छन् । श्रेष्ठ र वज्राचार्य धेरै हदसम्म फुटबल खेलाडी थिएनन् । अझ वज्राचार्य त कबड्डीका प्रशिक्षक थिए । यसरी नेपाली फुटबलले महिना दिनको अन्तरमा चार सपुतलाई गुमाएको थियो ।

यी दुई विमान दुर्घटनाका कारण पूरा नेपाल स्तब्ध भएको थियो । यसको सबैभन्दा बढी क्षति भने नेपाली फुटबललाई नै परेको थियो । मानिसको जीवनमा ‘यदि, र, तर’ हुन्न । तर भइदिएको भए, हामी खालि कल्पना गर्न सक्छौं, उनीहरू रेफ्री र लाइन्सम्यानका रूपमा विश्व फुटबलमा कहाँसम्म पुग्न सक्थे होला ।

दुवै दुर्घटनामा परेका यी रेफ्री र लाइन्सम्यान फुटबल खेलाएर फर्कने क्रममै दुर्घटनामा परेका थिए । दुःख केमा छ भने उनीहरूले के कस्तो प्रतियोगिता खेलाउन विदेश गएका थिए, त्यसबारे हामीसँग आधिकारिक जानकारी छैन ।

उनीहरूका नजिकमध्ये पनि कोहीले एकथरि भन्छन्, अर्कोले अर्कोथरि । अझ धेरैलाई पटक्कै थाहा नै छैन । 

हामीलाई शर्माबारे त धेरै थाहा छ । तर, बाँकी दुई श्रेष्ठ र वज्राचार्यबारे धेरै थाहा छैन । यो यस्तो विषय हो, जसबारे नेपाली फुटबलले जान्नैपर्छ । कम्तीमा खेलपत्रकारले यसबारे आउने दिनमा खोजे राम्रो हुनेछ । यो इतिहासको यस्तो एउटा पाना हो, जहाँ नेपाली खेलकुदले कम समयमै चार उत्कृष्ट फुटबलकर्मीलाई गुमाएको थियो ।