पुस ८, २०८२ बुधबार | १९:५५:४३
थन्डरबोल्ट्स कपमा जेम्सको ह्याट्रिक इङ्ल्यान्डका खेलाडीप्रति सहानुभूति राख्न स्टोक्सको आग्रह अञ्जिलासम्मिलित सेथु इस्ट बङ्गालसँग पराजित विश्वकप तयारीलाई भारत भ्रमण गर्दै न्युजिल्यान्डः घरेलु टोलीसँग खेल्ने एकदिवसीय र ट्वान्टी-२० शृंखलाको टिम घोषणा अन्तर्राष्ट्रिय तेक्वान्दोमा जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक राखेपको १२४ औं बोर्ड बैठकः जेनजी स्मृति पार्क बनाउने निर्णय सुरज र पासाङले सातदोबाटोबाट खेल्ने आइसिसी ट्वान्टी-२० अलराउन्डर वरियताको शीर्ष १०० मा ६ नेपाली, दीपेन्द्रसिंह ऐरी आठौं स्थानमा कायम आइसिसी ट्वान्टी-२० टिम वरियतामा भारतको शीर्षता, नेपाल १७ औं स्थानमा बक्सिङ डे क्रिकेटको इङ्ल्यान्ड टिममा दुई परिवर्तन, आर्चर र पोपको ठाउँमा बेथेल र एट्किन्सन थन्डरबोल्ट्स कपमा जेम्सको ह्याट्रिक इङ्ल्यान्डका खेलाडीप्रति सहानुभूति राख्न स्टोक्सको आग्रह अञ्जिलासम्मिलित सेथु इस्ट बङ्गालसँग पराजित विश्वकप तयारीलाई भारत भ्रमण गर्दै न्युजिल्यान्डः घरेलु टोलीसँग खेल्ने एकदिवसीय र ट्वान्टी-२० शृंखलाको टिम घोषणा अन्तर्राष्ट्रिय तेक्वान्दोमा जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक राखेपको १२४ औं बोर्ड बैठकः जेनजी स्मृति पार्क बनाउने निर्णय सुरज र पासाङले सातदोबाटोबाट खेल्ने आइसिसी ट्वान्टी-२० अलराउन्डर वरियताको शीर्ष १०० मा ६ नेपाली, दीपेन्द्रसिंह ऐरी आठौं स्थानमा कायम आइसिसी ट्वान्टी-२० टिम वरियतामा भारतको शीर्षता, नेपाल १७ औं स्थानमा बक्सिङ डे क्रिकेटको इङ्ल्यान्ड टिममा दुई परिवर्तन, आर्चर र पोपको ठाउँमा बेथेल र एट्किन्सन
शनिबारको दिन नेपाली फुटबल

अन्तर्राष्ट्रिय महिला फुटबलमा पहिलो उपलब्धि चुम्नेहरू

काठमाडौं । एसियाली महिला फुटबलका लागि यसपल्ट एउटा नयाँ प्रतियोगिता आयोजना भएको छ । यो हो, एएफसी वुमेन्स च्याम्पियन्स लिग । एसियाली फुटबल महासंघ (एएफसी) ले महिला फुटबलका लागि पछिल्लो समय कुनै एउटा राम्रो काम गरेको छ भने यसलाई माने हुन्छ ।

फुटबलको विकासका लागि राष्ट्रिय टिमको प्रतियोगिताले मात्र पुग्दैन । क्लब प्रतियोगिता पनि चाहिन्छ । त्यो पनि उम्दा खाले । विश्वास गरौं, वुमेन्स च्याम्पियन्स लिग यस्तै प्रतियोगिता हुनेछ ।

नेपालका लागि यो ऐतिहासिक प्रतियोगिता खेल्ने पहिलो टिम बन्यो एपिएफ । समूह ‘सी’ मा परेको एपिएफले दुई खेल खेल्यो, तर एउटै जित निकाल्न सकेन । एउटा हार र एउटा बराबरी रह्यो । 

नेपाली महिला फुटबलका लागि यो प्रतियोगिता आयोजना हुनु असाध्यै खुसीको समाचार हो । अब नेपाली क्लबले महिला फुटबलमा घरेलु प्रतियोगितामै मात्रै अल्झेर बस्नुपर्ने छैन । प्रतियोगिताको प्रारम्भिक चरणको खेल भइसकेको छ । त्यसमा नेपालका लागि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले प्रतिनिधित्व गरेर खेलेको थियो । यसैक्रममा अन्तर्राष्ट्रिय महिला फुटबलमा नेपालका लागि पहिलो सबैखाले उपलब्धि चुम्ने खेलाडी र टिम को-को त भनेर मज्जाको तथ्यांक तयार पार्न सकिन्छ ।

एएफसी वुमन्स च्याम्पियन लिगको प्रारम्भिक चरण खेलेको एपिएफको महिला टोली ।

यसै साता दुई महत्त्वपूर्ण तथ्यांक तयार भयो । पहिलो थियो, नेपालका लागि यो ऐतिहासिक प्रतियोगिता खेल्ने पहिलो टिम बन्यो एपिएफ । समूह ‘सी’ मा परेको एपिएफले दुई खेल खेल्यो, तर एउटै जित निकाल्न सकेन । एउटा हार र एउटा बराबरी रह्यो । गोल पनि गर्न सकेन । डेब्युको कीर्तिमान बन्यो ।

तर, निराश हुनुपर्ने स्थिति पनि छैन । नेपालकी खेलाडीले यो प्रतियोगितामा गोलको उपलब्धि चुमेको थियो । उनी थिइन्, रेखा पौडेल ।

युएईको अबुधाबी काउन्ट्री क्लबका लागि रेखाले वुमेन्स च्याम्पियन्स लिगमा गोल गरिन् । यसक्रममा उनी यो प्रतियोगितामा गोल गर्ने पहिलो नेपाली खेलाडी बनिन् । महिला फुटबलका लागि क्लब प्रतियोगिताको इतिहास सुरु भएको छ, त्यसैले यो छोटो भयो ।

पहिलो ह्याट्रिक गर्ने खेलाडी जमुना गुरुङ थिइन् । उनले त्यही दक्षिण एसियाली खेलकुदमा श्रीलंकाविरुद्ध यो उपलब्धि चुमेकी हुन् ।

यस्तै कीर्तिमान नेपाली राष्ट्रिय टिमका लागि नि ? यसका खास इतिहास यस्तो छ । नेपालले सबैभन्दा अन्तर्राष्ट्रिय फुटबल खेलेको भनेको सन् १९८६ भयो । प्रतियोगिता थियो एएफसी वुमेन्स च्याम्पियनसिप ।पहिलो कप्तान थिइन्, रमा सिंह । पहिलो प्रशिक्षक खेम गुरुङ अनि पहिलो प्रतिद्वन्द्वी थियो हङकङ ।

राष्ट्रिय महिला फुटबल टोलीकी पहिलो कप्तान रमा सिंह । 

नेपालका लागि पहिलो गोल गर्ने खेलाडी हुन्, पेमा डोल्मा लामा । उनले यही एएफसी वुमेन्स च्याम्पियनसिपमा गोल गरेकी हुन् । वर्ष थियो सन् १९९९ । विपक्षी टिम थियो, उज्वेकिस्तान । नेपालले अन्तर्राष्ट्रिय फुटबलमा पराजित गरेको पहिलो प्रतिद्वन्द्वी टिम हो, बंगलादेश । यो अवसर जुरेको थियो, सन् २०१० को ११औं ढाका दक्षिण एसियाली खेलकुदमा ।

पहिलो ह्याट्रिक गर्ने खेलाडी जमुना गुरुङ थिइन् । उनले त्यही दक्षिण एसियाली खेलकुदमा श्रीलंकाविरुद्ध यो उपलब्धि चुमेकी हुन् । नेपाल पहिलो पटक फाइनल पुगेको प्रतियोगिता यही रह्यो ।

जमुना गुरुङ (७ नम्बर जर्सी), तस्विरः जमुनाको फेसबुकबाट ।

त्यसपछि भने नेपालले एकपछि अर्को गरेर शृंखलाबद्ध रूपमा फाइनल खेलेको छ, तर जित्न भने सकेको छैन । अब नेपाली फुटबलको प्रतीक्षा भनेको यही पहिलो उपाधिको हो । प्रतीक्षा गरेको पनि लामै समय भइसक्यो । विश्वास गरौं, यो अब चाँडै आउनेछ ।