आश्विन १, २०८१ मंगलबार | ०१:१२:४९
सहारा क्लब पोखराको २६औं वार्षीकोत्सव सम्पन्न टोखा मेयर कप वादोरियो करातेः सुजन र अप्सनालाई स्वर्ण अशोक तेक्वान्दो प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्न अस्ट्रेलिया जाँदै चीन जाने कराते टोलीको बिदाइ क्यानाडाविरुद्ध फिल्डिङ गर्दै नेपाल पोखरामा पर्वतीय दौड हुने ओल्मो कम्तीमा पनि पाँच साता मैदान बाहिर रहने सुदूरपश्चिम अझै जितविहिन टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको नयाँ मिति तय काभा महिला क्लब च्याम्पियनसिपः पुलिसको लगातार दोस्रो जित सहारा क्लब पोखराको २६औं वार्षीकोत्सव सम्पन्न टोखा मेयर कप वादोरियो करातेः सुजन र अप्सनालाई स्वर्ण अशोक तेक्वान्दो प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्न अस्ट्रेलिया जाँदै चीन जाने कराते टोलीको बिदाइ क्यानाडाविरुद्ध फिल्डिङ गर्दै नेपाल पोखरामा पर्वतीय दौड हुने ओल्मो कम्तीमा पनि पाँच साता मैदान बाहिर रहने सुदूरपश्चिम अझै जितविहिन टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको नयाँ मिति तय काभा महिला क्लब च्याम्पियनसिपः पुलिसको लगातार दोस्रो जित
शनिबारको दिन नेपाली फुटबल

अबकाे नजर एसियन कपतिर

काठमाडौं । नेपाली फुटबल युवा टोली भोलिबाट अर्को मिसनतर्फ लाग्दै छ । साफ यु-२० च्याम्पियनसिप सकिएको चार दिन बित्न नपाउँदै नेपाली युवा टोली एएफसी यु-२० एसियन कप छनोटको तयारीलाई पुनः बन्द प्रशिक्षण क्याम्पमा बस्न लागेको हो । फरक लक्ष्य बोकेर हारको पीडालाई टोलीले बिर्संदै एउटा नयाँ सुरुआत गर्दै छ ।

नेपाली युवा टोलीले बुधबार दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग फराकिलाे हार ब्यहाेर्नुपरेको थियाे । सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा नेपाली टोली ४-१ ले स्तब्ध भएको थियो । नेपालले घरेलु मैदान र समर्थककाे फाइदा उठाउन सकेन ।

जतिबेला नेपाली खेलाडी दबाबमा खेलिरहेका थिए । विपक्षी बंगलादेशका खेलाडी भने खेलमा रमाइरहेका थिए । एक गोल गरिसकेपछि उनीहरू मानसिक रूपमा पनि बलियो देखिए ।

उमेर समूहको यो प्रतियोगिता नेपालले चौथो पटक आयोजना गरेको हो । यसअघि नेपालले सन २०१५ को पहिलो संस्करण आयोजना गरेको थियो । डेब्यू प्रतियोगिता यही एन्फा मुख्यालयमा भएको हो । त्यतिबेला नेपालले फाइनलमा विमल घर्तीमगरको कप्तानीमा चिरप्रतिद्वन्द्वी भारतलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जितेको थियो ।

चार वर्षपछि नेपालले फेरि आयोजना गर्ने अवसर पायो । त्यतिबेला जय गुरुङको कप्तानीमा रहेको नेपाल समूह चरणभन्दा अगाडि बढ्न सकेन । हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ) मैदानमा सम्पन्न प्रतियोगितामा नेपालले समूह चरणका दुई खेलमा एक अंकमात्र जोडेको थियो ।

 साफ यु-२० च्याम्पियनसिपको फाइनलमा प्रतिस्पर्धा गर्दै नेपाल र बंगलादेश, तस्विरः सरोज सापकोटा/  खेलाडी ।

गत वर्ष त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न प्रतियोगितामा नेपालले जियारथ शेखको नेतृत्वमा सेमिफाइनलमा भारतसँग टाइब्रेकरमा हार बेहोरेको थियो । यसपालि नेपाललाई सात वर्षपछि यु-२० च्याम्पियनसिपको उपाधि जित्ने सुनौलो अवसर थियो । नेपालले पछिल्लो पटक भुटानमा भएको दोस्रो संस्करणको उपाधि जितेको थियो । तर, यसपालि नेपालको उपाधि लक्ष्यमा बंगलादेश बाधक बन्न पुग्यो ।

फाइनलमा मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले टोलीमा एक परिवर्तन गरेका थिए । सधैं ४-२-३-१ मा खेलिरहेको नेपालले बंगलादेशविरुद्ध ४-३-३ को रणनीतिमा खेल्यो । 

नेपाललाई यसपालि उपाधिको प्रमुख दाबेदारका रूपमा हेरिएको थियो । एक त फेरि घरेलु भूमिको फाइदा, त्यसमाथि नेपालले पुरानै खेलाडीलाई टोलीमा निरन्तरता दिएको थियो । अधिकांश खेलाडीले गत संस्करणको च्याम्पियनसिप खेलेका थिए । समूह चरणको पहिलो खेलमा श्रीलंकासँग १-० को झिनो जित पाएको नेपालले दोस्रो खेलमा बंगलादेशलाई २-१ ले हरायो । 

सेमिफाइनलमा नेपालले लगातार दोस्रो संस्करण लगातार पेनाल्टी सुटआउटको चुनौती सामना गरेको थियो । यसपालि प्रतिद्वन्द्वी थियो, तुलनात्मक रूपमा कमजोर मानिने भुटान । खेलको पहिलो गोल भुटानले गरेको थियो । पछि जसोतसो नीराजन धामीको हेडर गोलमा नेपालले खेललाई पेनाल्टीसम्म पुर्याएको थियो । पेनाल्टी सुटआउटमा गोलकिपर जियारथ शेख नायक साबित भए । उनले भुटानका दुई पेनाल्टी प्रहार विफल पारे । र, नेपालले ९ वर्षपछि फाइनलमा स्थान बनायो ।

अब पालो फाइनलको । फाइनलमा मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले टोलीमा एक परिवर्तन गरेका थिए । सधैं ४-२-३-१ मा खेलिरहेको नेपालले बंगलादेशविरुद्ध ४-३-३ को रणनीतिमा खेल्यो । जसका कारण नियमित विंगर अनिल बम्जन लामाको ठाउँमा प्रशिक्षक श्रेष्ठले लक्षु थापालाई मैदानमा उतारिएको थियो । बंगलादेश पनि ४-३-३ कै रणनीतिमा मैदान उत्रने भएकाले उनीहरूको ‘कम्बिनेसन प्ले’लाई रोक्न प्रशिक्षक श्रेष्ठले यस्तो रणनीति अपनाएका थिए । तर, यो रणनीतिमा नेपाल सफल हुन सकेन ।

प्रशिक्षक श्रेष्ठले खेलाडी दबाबमा आएकाले खराब नतिजा सामना गर्नुपरेको प्रतिक्रिया दिए । ‘एक गोल खाइसकेपछि खेलाडीहरूमा गोल फर्काउनुपर्ने दबाब बढ्यो । त्यही दबाबबीच उनीहरूले दोस्रो हाफमा राम्रो खेल्ने सकेन,’ श्रेष्ठले सुनाए  ।

‘हामीले विगतका प्रदर्शन हेरेर लक्षुलाई आफ्नो जिम्मेवारी दिएका थियौं । तर, उनले दबाबमा खेले, अपेक्षित प्रदर्शन दिन सकेनन्,’ प्रशिक्षक श्रेष्ठले पोस्टम्याचमा भनेका थिए ।

 साफ यु-२० च्याम्पियनसिपको फाइनलमा प्रतिस्पर्धा गर्दै नेपाल र बंगलादेश, तस्विरः सरोज सापकोटा /खेलाडी ।

अनपेक्षित खेल प्रदर्शनका कारण लक्षु थापा २४औं मिनेटमै प्रतिस्थापन भए । उनको स्थानमा अनिल मैदान प्रवेश गरेका थिए । तर, उनी विंगमा नभई मिडफिल्डमा खेल्न बाध्य भएका थिए । जसका कारण उनीबाट जुन खेलको अपेक्षा गरिएको थियो । सम्भवतः त्यो पाइएन ।

पहिलो हाफको इन्जुरी समयमा बंगलादेशले फ्रिकिकबाट दर्शनीय गोल गर्दै खेलमा अग्रता लिएको थियो । त्यसपछि बंगलादेशका खेलाडीहरूले फाइनल खेललाई चाहिने आत्मविश्वास पाएको थियो । बंगलादेशले त्यसपछि दोस्रो हाफमा बाक्लो नेपाली समर्थकबीच नेपालको पोस्टमा थप तीन गोल गरेको थियो । नेपालका लागि एकमात्र गोल समीर तामाङले गरेका थिए । समूह चरणमा हराइसकेको टोलीले कसरी एकपक्षीय रूपमा खतरा बुन्न सक्छ ?

प्रशिक्षक श्रेष्ठले खेलाडी दबाबमा आएकाले खराब नतिजा सामना गर्नुपरेको प्रतिक्रिया दिए । ‘एक गोल खाइसकेपछि खेलाडीहरूमा गोल फर्काउनुपर्ने दबाब बढ्यो । त्यही दबाबबीच उनीहरूले दोस्रो हाफमा राम्रो खेल्ने सकेन,’ श्रेष्ठले सुनाए, ‘हामीले पहिलो हाफमा योजनाअनुसार खेल प्रस्तुत गर्न सकेनौं । हामीले पहिलो गोल सामान्य गल्तीका कारण खान पुग्यौं । त्यसअघि हामीले केही राम्रा अवसर सिर्जना गरेका थियौं । सायद पहिलो हाफमा एक गोलमात्र गर्न सकेको भए पनि खेलको नतिजा अर्कै हुन्थ्यो ।’

बंगलादेशविरुद्ध नेपाली खेलाडीको मनोबल एकदमै कमजोर देखिएको थियो । जहाँ बंगलादेशका खेलाडीहरू रेफ्रीका निर्णयको खण्डन गरिरहँदा नेपालले बाक्लो घरेलु समर्थकबीच पनि रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाउन सकेनन् ।

जतिबेला नेपाली खेलाडी दबाबमा खेलिरहेका थिए । विपक्षी बंगलादेशका खेलाडी भने खेलमा रमाइरहेका थिए । एक गोल गरिसकेपछि उनीहरू मानसिक रूपमा पनि बलियो देखिए । समर्थकले उनीहरूमाथि बोतल पनि प्रहार गरे । तर, उनीहरू एउटै लक्ष्य बोकेर मैदान प्रवेश गरेका थिए । बंगलादेशका प्रशिक्षक मरुफुल हक आफैले भनेका थिए, ‘पहिलो गोल भएपछि खेलाडीमा आत्मविश्वास बढ्यो । त्यसपछि उनीहरूले बाह्य कुराहरू सोच्दै सोचेनन् । हामीसँग सेमिफाइनल पछि आराम गर्ने समय थोरै थियो । तर, खेलाडी यसपालि जसरी पनि उपाधि जित्नुपर्छ भन्नेमै केन्द्रित रहे ।’

 साफ यु-२० च्याम्पियनसिपको फाइनलमा प्रतिस्पर्धा गर्दै नेपाल र बंगलादेश, तस्विरः सरोज सापकोटा/  खेलाडी ।

सेमिफाइनलपछि नेपालले दुई दिन आराम पाएको थियो भने बंगलादेशले पर्सिपल्ट नै खेलेको थियो । अर्को कुरा नेपालले यही मैदानमा साफका लागि लगभग ४५ दिन प्रशिक्षण गरेको थियो । बंगलादेशले भने राजनीतिक अस्थिरता र विद्यार्थी आन्दोलनका कारण उब्जिएको दयनीय अवस्थाबीच मात्र १५ दिनको अभ्यास समय पाएको थियो । तर, पनि फाइनलमा बंगलादेश नेपालसामु एकपक्षीय रूपमा हाबी भयो ।

बंगलादेशविरुद्ध नेपाली खेलाडीको मनोबल एकदमै कमजोर देखिएको थियो । जहाँ बंगलादेशका खेलाडीहरू रेफ्रीका निर्णयको खण्डन गरिरहँदा नेपालले बाक्लो घरेलु समर्थकबीच पनि रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाउन सकेनन् । बंगलादेशको चौथो गोल केही हदसम्म विवादास्पद बन्न सक्थ्यो । तर, नेपाली खेलाडीले त्यसमा कुनै प्रतिक्रिया नै दिएनन् ।

बंगलादेशका फरवार्ड मोहम्मद पियासा नोभाको प्रहार नेपाली रक्षक सीमान्त थापाले गोललाइनबाट क्लियर गरेका थिए । तर, नेपाली खेलाडीको मनोबल यतिसम्म घटिसकेको थियो कि उनले रेफ्रीको उक्त निर्णयको विरोधसमेत गरेनन् । भलै, यो गोल इन्जुरी समयमा भएको होस् । यो गोलको दृष्टान्त केबल एक उदाहरण मात्र हुन् । दोस्रो हाफ अवधिभर नेपालको स्थिति यस्तै थियो ।

नेपालले अब घरेलु भूमिमा बेहोरेको यो हारलाई बिर्सेर अनि सिकेको पाठलाई राम्ररी विश्लेषण गरेर आउने दिनका लक्ष्यमा ध्यान दिन आवश्यक छ । 

प्रशिक्षक श्रेष्ठका अनुुसार नेपालले घरेलु मैदानमा उपाधि जित्न नसक्नुको अर्को प्रमुख कारण हो योजनाअनुसारको खेल पस्कन नसक्नु । फाइनलअघि प्रि-म्याच कन्फ्रेन्समा श्रेष्ठले भनेका थिए, ‘खेलाडीहरूले अझै पनि योजनाअनुसार खेल प्रस्तुत गर्नै सकेका छैनन् । अहिलेसम्म हामीले कुल तीन खेल खेल्यौं । यी सबैमा हामीले योजनाअनुसार प्रदर्शन देखाउन सकेका छैनन् । तर, फाइनलका लागि भने हामी तयार छौं । विपक्षीअनुसार रणनीति बनाएका छौं । उनीहरूको प्लस प्वाइन्ट, माइनस प्वाइन्ट सबैको हिसाब गरेका छौं ।’

नेपाली यु-२० टोलीका प्रशिक्षक उर्जेन श्रेष्ठ, फाइल तस्विर । 

फाइनलपछिको पोस्टम्याचमा पनि प्रशिक्षक श्रेष्ठले खेल हार्नुको पछाडि यही कुरा राखे । उनले भने, ‘हामीले खेलाडीलाई फरक-फरक ड्युटी दिएका थियौं । बंगलादेशका फरवार्डको पोजेसन र क्विक प्लेलाई मध्यनजर गर्दै हामीले सोहीअनुसार तिनीहरूलाई रोक्ने योजना बनाएका थियौं । तर, खेलाडीले योजनाअनुसार खेलेनन् । खेलाडीहरू चुक्न पुगे यसमा ।’

नेपालले अब घरेलु भूमिमा बेहोरेको यो हारलाई बिर्सेर अनि सिकेको पाठलाई राम्ररी विश्लेषण गरेर आउने दिनका लक्ष्यमा ध्यान दिन आवश्यक छ । नेपाली युवा टोलीले आइतबारदेखि एन्फा मैदानमा एएफसी यु-२० एसियन कप छनोटको तयारी थाल्ने छ । उज्वेकिस्तान, बहराइन, चाइनिज ताइपेइ, कम्बोडियासम्मिलित समूह ‘बी’ मा रहेको नेपालले सेप्टेम्बर २१ मा कम्बोडियाको सामना गर्दै प्रतियोगिता सुरु गर्नेछ । खेल चाइनिज ताइपेइको फु जेन क्याथोलिक युनिभर्सिटी रंगशालामा हुनेछ ।