पुस ३०, २०८२ बुधबार | १५:५०:५१
साफ फुटसल च्याम्पियनसिपः भुटान र श्रीलंकाले खेल्यो रोमाञ्चक बराबरी शहीद मानबहादुर स्मृति कप माघ ३ गते देखि एन्फा राष्ट्रिय लिगः काँक्रे बिहारविरुद्ध फ्रेन्ड्सको सानदार जित भारत शृंखला कब्जा गर्ने योजनामा, दबाबमा न्युजिल्यान्ड अदालत र राखेपले निर्वाचनको सबै प्रक्रिया रोकेपछि एन्फाको बैठक आज बस्दै साउदी पुगेका कन्सेलो बार्सिलोना फर्किए पहिलो लेगमा सिटीको सहज जित वार्म अप खेलमा नेपाल र स्कटल्यान्ड प्रतिस्पर्धा गर्दै साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकासँग बराबरीमा रोकियो नेपाल साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता साफ फुटसल च्याम्पियनसिपः भुटान र श्रीलंकाले खेल्यो रोमाञ्चक बराबरी शहीद मानबहादुर स्मृति कप माघ ३ गते देखि एन्फा राष्ट्रिय लिगः काँक्रे बिहारविरुद्ध फ्रेन्ड्सको सानदार जित भारत शृंखला कब्जा गर्ने योजनामा, दबाबमा न्युजिल्यान्ड अदालत र राखेपले निर्वाचनको सबै प्रक्रिया रोकेपछि एन्फाको बैठक आज बस्दै साउदी पुगेका कन्सेलो बार्सिलोना फर्किए पहिलो लेगमा सिटीको सहज जित वार्म अप खेलमा नेपाल र स्कटल्यान्ड प्रतिस्पर्धा गर्दै साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकासँग बराबरीमा रोकियो नेपाल साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता
शनिबारको दिन स्पेनिस ला लिगा

रियाल र बार्सिलोनाबीच बढ्ला त दुरी ?

काठमाडौं । स्पेनी राजनीतिमा फेरि एकपल्ट क्याटलन राष्ट्रिय भावना उत्कर्षमा छ । स्पेनबाट पछिल्लो समय बरोबर समाचार आइरहेको छ, त्यहीं कुनै न कुनै प्रकारको राजनीतिक तनाव चलिरहेकै छ । पृथकतावादी सोच अझ धेरै हाबी हुँदै छ बार्सिलोनामा ।

फुटबलमा चाहिँ के छ त ? आखिरमा घोर स्पेनी प्रतिस्पर्धी विचारधारा मैदानमा झझल्किने भनेको रियाल मड्रिड र बार्सिलोनाकै रूपमा त हो । त्यसो भए, नयाँ सिजन स्पेनी फुटबलमा के हुनेछ ?

स्पेनी घरेलु फुटबलको नयाँ सिजन सुरु भइसकेको छ । यो सप्ताहन्त लिगको पहिलो चरणको खेल हुनेछ । रियलले यूईएफए सुपर कपको उपाधि जितिसकेको छ । टोलीले यसका लागि एटलान्टालाई हराएको हो ।

एमबाप्पे आएपछि रियाल अझ बलियो भएको छ । एमबाप्पे कस्ता खेलाडी हुन् भने दौडिँदा लाग्छ, उनी सय मिटरका स्प्रिन्टर हुन् । 

यस्तोमा प्रश्न हो, के स्पेनी फुटबलमा यसपल्ट रियालकै दबदबा हुनेछ कि त्यसलाई बार्सिलोनाले नजिकबाट टक्कर दिनेछ । यहाँनिर रियाल एक पाइला अगाडि नै देखिन्छ । कारण रियाल भित्र रहेको स्थायित्व नै हो ।

प्रशिक्षक तिनै छन्, इटालीका कार्लो एन्सेलोट्टी । अझ त्यतिले नपुगेर रियलले त्यस्ता खेलाडीलाई भित्र्याएको छ, जसलाई फुटबलमा भविष्यको सबैभन्दा ठूला स्टार मानिएको छ । ती अरू कोही नभएर केलियन एमबाप्पे नै हुन् ।

यी फ्रान्सेली खेलाडीले यसै सिजन पेरिस सेन्ट जर्मेन (पिएसजी) छाडेर रियल गएका छन् । रियालले उनका लागि कुनै मूल्य तिर्नुपरेको छैन, तर तलब भने मोटो रकममा दिनेछ । 

खास के भन्दा एमबाप्पे आएपछि रियाल अझ बलियो भएको छ । एमबाप्पे कस्ता खेलाडी हुन् भने दौडिँदा लाग्छ, उनी सय मिटरका स्प्रिन्टर हुन् । लक्ष्यमा भेद गर्दा लाग्छ, उनी निशानावाज हुन् ।

रियाललाई निर्णायक चुनौती बार्सिलोनाले मात्र दिनसक्छ । विश्वास गरौं, बार्सिलोनाले रियाललाई अन्त्यसम्म लखेटिरहनेछ ।  

डर के हो भने उनी आएपछि कतै रियालले बार्सिलोनासँगको दुरी अझ बढाउने त होइन ? रियालको ठीक विपरीत बार्सिलोनामा स्थायित्व अभाव देखिन्छ । गत सिजन बार्सिलोनाले प्रशिक्षक जाभीको नेतृत्वमा खेलेको थियो ।

यसबीच बार्सिलोनाको प्रदर्शनमा स्थायित्व नै दखिएन । साह्रै धेरै उतारचढाव देखियो । यसपल्ट प्रशिक्षकमा हान्सी फ्लिक आएका छन् । जाभीले बार्सिलोना छाड्दा क्लबसँग उनको सुमधुर सम्बन्ध नै रहेन । मनमुटावबीच नै दुई एकअर्काबाट अलग भए । यो बार्सिलोना जत्तिको क्लबलाई सुहाउने होइन, किनभने जाभी क्लबका लेजेन्ड हुन् । एउटै आस के भने बार्सिलोनाका लागि युवा स्टारले केही गर्न सक्छन् ।

त्यसमध्ये एक त लामिन यामल नै हुन् । उनले के गर्ने हुन त आफ्नो क्लबका लागि । उनका लागि यसपल्टको युरो २०२४ राम्रै रह्यो । उनले सबैको वाहवाही लुटे । तर, उनको यो प्रदर्शन लिगमा पनि दोहोरिने छ भनेर भन्न सकिन्न ।

किनभने युरो अर्कै प्रतियोगिता हो, लिग अर्कै । लिग त लामो रेसको घोडा हो, जसले एकनासले राम्रो खेल्न सक्यो, त्यसैले जित्यो । रियालमा भएको गुण यही त हो । 

यी दुई क्लबलाई अलिकति धक्का दिन सक्ने भनेको फेरि एट्लेटिको मड्रिड नै हो । तर एट्लेटिकोसँग त्यो दम छैन, जसका कारण रियालले लिग उपाधिको रक्षा गर्न नसकोस । रियाललाई निर्णायक चुनौती बार्सिलोनाले मात्र दिनसक्छ । विश्वास गरौं, बार्सिलोनाले रियाललाई अन्त्यसम्म लखेटिरहनेछ ।  यसले स्पेनी घरेलु फुटबल उत्तिकै रोमाञ्चक हुनेछ ।