चैत्र १, २०८२ आइतबार | १५:१३:०२
काँक्रे बिहारविरुद्ध जावलाखेलको सानदार जित मुम्बई नयाँ सिजनका लागि तयार बन्द प्रशिक्षणमा ४९ खेलाडीलाई बोलाइयो बायर्नले टार्‍यो हार बार्सिलोनासँग अग्रता घटाउँदै रियाल मड्रिड सिटी रोकियो, चेल्सी पराजित अञ्जनको गोलमा श्री भगवतीविरुद्ध हारबाट जोगियो एनआरटी सन्तोषी र निर्मलालाई पिंक केयराथनको उपाधि हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट तन्डुकर सम्मानित सोनुको अलराउण्ड प्रदर्शनमा काठमाडौं फाइनल नजिक काँक्रे बिहारविरुद्ध जावलाखेलको सानदार जित मुम्बई नयाँ सिजनका लागि तयार बन्द प्रशिक्षणमा ४९ खेलाडीलाई बोलाइयो बायर्नले टार्‍यो हार बार्सिलोनासँग अग्रता घटाउँदै रियाल मड्रिड सिटी रोकियो, चेल्सी पराजित अञ्जनको गोलमा श्री भगवतीविरुद्ध हारबाट जोगियो एनआरटी सन्तोषी र निर्मलालाई पिंक केयराथनको उपाधि हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट तन्डुकर सम्मानित सोनुको अलराउण्ड प्रदर्शनमा काठमाडौं फाइनल नजिक
शनिबारको दिन स्पेनिस ला लिगा

रियाल र बार्सिलोनाबीच बढ्ला त दुरी ?

काठमाडौं । स्पेनी राजनीतिमा फेरि एकपल्ट क्याटलन राष्ट्रिय भावना उत्कर्षमा छ । स्पेनबाट पछिल्लो समय बरोबर समाचार आइरहेको छ, त्यहीं कुनै न कुनै प्रकारको राजनीतिक तनाव चलिरहेकै छ । पृथकतावादी सोच अझ धेरै हाबी हुँदै छ बार्सिलोनामा ।

फुटबलमा चाहिँ के छ त ? आखिरमा घोर स्पेनी प्रतिस्पर्धी विचारधारा मैदानमा झझल्किने भनेको रियाल मड्रिड र बार्सिलोनाकै रूपमा त हो । त्यसो भए, नयाँ सिजन स्पेनी फुटबलमा के हुनेछ ?

स्पेनी घरेलु फुटबलको नयाँ सिजन सुरु भइसकेको छ । यो सप्ताहन्त लिगको पहिलो चरणको खेल हुनेछ । रियलले यूईएफए सुपर कपको उपाधि जितिसकेको छ । टोलीले यसका लागि एटलान्टालाई हराएको हो ।

एमबाप्पे आएपछि रियाल अझ बलियो भएको छ । एमबाप्पे कस्ता खेलाडी हुन् भने दौडिँदा लाग्छ, उनी सय मिटरका स्प्रिन्टर हुन् । 

यस्तोमा प्रश्न हो, के स्पेनी फुटबलमा यसपल्ट रियालकै दबदबा हुनेछ कि त्यसलाई बार्सिलोनाले नजिकबाट टक्कर दिनेछ । यहाँनिर रियाल एक पाइला अगाडि नै देखिन्छ । कारण रियाल भित्र रहेको स्थायित्व नै हो ।

प्रशिक्षक तिनै छन्, इटालीका कार्लो एन्सेलोट्टी । अझ त्यतिले नपुगेर रियलले त्यस्ता खेलाडीलाई भित्र्याएको छ, जसलाई फुटबलमा भविष्यको सबैभन्दा ठूला स्टार मानिएको छ । ती अरू कोही नभएर केलियन एमबाप्पे नै हुन् ।

यी फ्रान्सेली खेलाडीले यसै सिजन पेरिस सेन्ट जर्मेन (पिएसजी) छाडेर रियल गएका छन् । रियालले उनका लागि कुनै मूल्य तिर्नुपरेको छैन, तर तलब भने मोटो रकममा दिनेछ । 

खास के भन्दा एमबाप्पे आएपछि रियाल अझ बलियो भएको छ । एमबाप्पे कस्ता खेलाडी हुन् भने दौडिँदा लाग्छ, उनी सय मिटरका स्प्रिन्टर हुन् । लक्ष्यमा भेद गर्दा लाग्छ, उनी निशानावाज हुन् ।

रियाललाई निर्णायक चुनौती बार्सिलोनाले मात्र दिनसक्छ । विश्वास गरौं, बार्सिलोनाले रियाललाई अन्त्यसम्म लखेटिरहनेछ ।  

डर के हो भने उनी आएपछि कतै रियालले बार्सिलोनासँगको दुरी अझ बढाउने त होइन ? रियालको ठीक विपरीत बार्सिलोनामा स्थायित्व अभाव देखिन्छ । गत सिजन बार्सिलोनाले प्रशिक्षक जाभीको नेतृत्वमा खेलेको थियो ।

यसबीच बार्सिलोनाको प्रदर्शनमा स्थायित्व नै दखिएन । साह्रै धेरै उतारचढाव देखियो । यसपल्ट प्रशिक्षकमा हान्सी फ्लिक आएका छन् । जाभीले बार्सिलोना छाड्दा क्लबसँग उनको सुमधुर सम्बन्ध नै रहेन । मनमुटावबीच नै दुई एकअर्काबाट अलग भए । यो बार्सिलोना जत्तिको क्लबलाई सुहाउने होइन, किनभने जाभी क्लबका लेजेन्ड हुन् । एउटै आस के भने बार्सिलोनाका लागि युवा स्टारले केही गर्न सक्छन् ।

त्यसमध्ये एक त लामिन यामल नै हुन् । उनले के गर्ने हुन त आफ्नो क्लबका लागि । उनका लागि यसपल्टको युरो २०२४ राम्रै रह्यो । उनले सबैको वाहवाही लुटे । तर, उनको यो प्रदर्शन लिगमा पनि दोहोरिने छ भनेर भन्न सकिन्न ।

किनभने युरो अर्कै प्रतियोगिता हो, लिग अर्कै । लिग त लामो रेसको घोडा हो, जसले एकनासले राम्रो खेल्न सक्यो, त्यसैले जित्यो । रियालमा भएको गुण यही त हो । 

यी दुई क्लबलाई अलिकति धक्का दिन सक्ने भनेको फेरि एट्लेटिको मड्रिड नै हो । तर एट्लेटिकोसँग त्यो दम छैन, जसका कारण रियालले लिग उपाधिको रक्षा गर्न नसकोस । रियाललाई निर्णायक चुनौती बार्सिलोनाले मात्र दिनसक्छ । विश्वास गरौं, बार्सिलोनाले रियाललाई अन्त्यसम्म लखेटिरहनेछ ।  यसले स्पेनी घरेलु फुटबल उत्तिकै रोमाञ्चक हुनेछ ।