आश्विन १, २०८१ मंगलबार | ०१:२७:४१
सहारा क्लब पोखराको २६औं वार्षीकोत्सव सम्पन्न टोखा मेयर कप वादोरियो करातेः सुजन र अप्सनालाई स्वर्ण अशोक तेक्वान्दो प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्न अस्ट्रेलिया जाँदै चीन जाने कराते टोलीको बिदाइ क्यानाडाविरुद्ध फिल्डिङ गर्दै नेपाल पोखरामा पर्वतीय दौड हुने ओल्मो कम्तीमा पनि पाँच साता मैदान बाहिर रहने सुदूरपश्चिम अझै जितविहिन टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको नयाँ मिति तय काभा महिला क्लब च्याम्पियनसिपः पुलिसको लगातार दोस्रो जित सहारा क्लब पोखराको २६औं वार्षीकोत्सव सम्पन्न टोखा मेयर कप वादोरियो करातेः सुजन र अप्सनालाई स्वर्ण अशोक तेक्वान्दो प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्न अस्ट्रेलिया जाँदै चीन जाने कराते टोलीको बिदाइ क्यानाडाविरुद्ध फिल्डिङ गर्दै नेपाल पोखरामा पर्वतीय दौड हुने ओल्मो कम्तीमा पनि पाँच साता मैदान बाहिर रहने सुदूरपश्चिम अझै जितविहिन टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको नयाँ मिति तय काभा महिला क्लब च्याम्पियनसिपः पुलिसको लगातार दोस्रो जित
शनिबारको दिन मञ्जलीकुमारी योञ्जन

छोरा हुर्काएर मैदान फर्कन आतुर मञ्जली

काठमाडौं । एकताका मिडफिल्डमा मञ्जलीकुमारी योञ्जन नभए नेपाली राष्ट्रिय महिला फुटबल टोली अपुरो लाग्थ्यो । महिला फुटबलमा नेपालले भोगेका थुप्रै उतारचढावमा उनी प्रत्यक्ष साक्षी हुन्थिन् । अनि प्रत्येक सफलतामा उत्प्रेरक ।

पाँच वर्षअघि विराटनगरमा दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिप भयो । त्यही वर्ष काठमाडौंमा दक्षिण एसियाली खेलकुद (साग) पनि भयो । दुवै प्रतियोगितामा नेपाली महिला टोली उपाधिबाट विमुख भयो । तथापि नेपालको प्रदर्शनमाथिको चर्चा मञ्जलीवरिपरी नै घुम्यो ।

मैदानको मध्यभागमा डटेर खेल्ने खेलाडीको फुटबलमा निकै महत्त्वपूर्ण भूमिका रहन्छ । त्यसैले मिडफिल्डलाई फुटबलको मेरुदण्ड भन्ने गरिएको हो । चर्चा पाउने सवालमा मिडफिल्डरहरू फरवार्डको तुलनामा कम भाग्यमानी हुन्छन् । तर, कुनै पनि खेलमा जित वा हारको नतिजामा मिडफिल्डको भूमिका सबैभन्दा निर्णायक हुन्छ ।

मैदानको मध्यभागमा बलमाथि नियन्त्रण कायम गर्ने, त्यसपछि फरवार्डलाई गोलका लागि अवसर मिलाइदिने, मौका मिल्दा आफै अघि सरेर गोल गर्ने अनि टिमले संघर्ष गरिरहेका बेला तल झरेर रक्षापंक्तिलाई सघाउनेलगायतका जिम्मेवारी एउटा मिडफिल्डरले निर्वाह गर्नुपर्छ । जसमा मञ्जली सिपालु छिन् ।

नेपाली महिला फुटबलमा यति धेरै क्षमता भएकी खेलाडीको चर्चा अचेल किन छैन त ? किनकि मञ्जली नै लामो समयदेखि मैदानमा छैनन् । उनी जर्सीमा ठाँटिएर मैदान नउत्रेको नै एक वर्ष भइसक्यो ।

खासमा यो समयलाई मञ्जलीले व्यक्तिगत जीवन व्यवस्थापनमा उपयोग गरेकी थिइन् । यसबीच उनले वैवाहिक उत्सवको खुसी मनाइन् । एकबाट दुई भइन् । लगत्तै गर्भवती भएपछि व्यक्तिगत जीवनमा दुईबाट तीन हुने तयारीले प्राथमिकता पायो ।

यति प्रभावशाली खेलाडी एक्कासि मैदानबाट हराउँदा पनि चर्चा त हुनुपर्ने नि ? यो अर्को स्वाभाविक जिज्ञासा हुनसक्छ । तर, यसको उत्तर सजिलो छ, ‘मञ्जली मैदानमा देखिन छाडेको यो समयसम्म दीपा शाही र प्रीति राईजस्ता प्रतिभावान मिडफिल्डर महिला फुटबलमा स्थापित भइसकेका थिए । जसका कारण मञ्जलीको अभाव समर्थकले खासै महसुस गर्नुपरेन ।’

उसो भए मञ्जलीले खेल्न चाहिँ किन छोडिन् त ? क्षमतावान एउटा खेलाडी अचानक हराउँदा यस्तो प्रश्न पनि अस्वभाविक हुँदैन ।

खासमा यो समयलाई मञ्जलीले व्यक्तिगत जीवन व्यवस्थापनमा उपयोग गरेकी थिइन् । यसबीच उनले वैवाहिक उत्सवको खुसी मनाइन् । एकबाट दुई भइन् । लगत्तै गर्भवती भएपछि व्यक्तिगत जीवनमा दुईबाट तीन हुने तयारीले प्राथमिकता पायो । यता मैदान टाढिँदै गयो । भौतिक रूपमा टाढिएको मैदानसँगको विछोडले पिरोल्दै गयो ।

मञ्जलीले खेल्न छाडेको ठ्याक्कै दुई वर्ष भइसकेछ । यसबीचमा मञ्जली एकबाट तीन भइसकिन् । छोरा पनि ९ महिनाको भइसकेको छ । पारिवारिक जीवनले एउटा बाटो समाइसक्यो । अब मञ्जली पनि मैदान फर्किन आतुर छिन् ।

पारिवारिक जीवन व्यवस्थापनको उर्जासहित मञ्जली मैदान फर्किने तयारी गरिरहेकी छन् । विवाहपछि, अझ आमा भइसकेपछि नेपालमा महिला खेलाडीहरू खेल छोडेर अन्यत्र लाग्न बाध्य हुने नियतिप्रति चुनौती दिँदै नयाँ पुस्तालाई प्रेरित गर्न चाहन्छिन् उनी । आमा बनिसकेपछि फुटबलको मैदानमा पहिला जस्तै ताजा जोसका साथ फर्किएर नेपाली समाजमा एउटा प्रेरणादायी उदाहरण बन्ने उनको योजना छ ।  

यही योजना सफल पार्न मञ्जली क्लबको प्रशिक्षणमा फर्किएकी छन् । उनी विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफमा आबद्ध छिन् ।

सुत्केरी भएको केही महिनापछि नै खेल करियरमा पुनरागमन गर्ने योजनाअनुसार मञ्जलीले फुटसल खेल्दै विस्तारै लय समाउन थालेकी थिइन् । अब उनको तत्कालीन लक्ष्य छ, एएफसी महिला च्याम्पियन्स लिगमा एपिएफको २३ सदस्यीय टिमभित्र जसरी पनि छानिने ।

एसियाली फुटबल महासंघ (एएफसी)ले पहिलो पटक महिला च्याम्पियन्स लिग आयोजना गर्दै छ । जहाँ एपिएफले नेपालको प्रतिनिधित्व गर्ने पक्का भएपछि मञ्जलीसँगै टिम अभ्यासमा जुटेको छ । मञ्जली यही खेलबाट मैदान फर्कने योजनामा छिन् ।

‘मैदान फर्कन अभ्यास गरिरहेको छु । राम्रै भइरहेको छ,’ मञ्जली भन्छिन्, ‘९ महिनाको छोरो कार्लाेसलाई घरमा आमाले पनि हेर्नुहुन्छ । त्यसैले अभ्यासमा सजिलो भएको छ ।’

सुत्केरी भएको केही महिनापछि नै खेल करियरमा पुनरागमन गर्ने योजनाअनुसार मञ्जलीले फुटसल खेल्दै विस्तारै लय समाउन थालेकी थिइन् । अब उनको तत्कालीन लक्ष्य छ, एएफसी महिला च्याम्पियन्स लिगमा एपिएफको २३ सदस्यीय टिमभित्र जसरी पनि छानिने । त्यसका लागि दिनरात नभनी मिहिनेत गरिरहने ।

मुख्य प्रशिक्षक राजेन्द्र तामाङले यसै साताबाट अभ्यास सुरु गराउँदा मञ्जलीले पनि मौका पाएकी छन् । भर्खरै अभ्यास सुरु भएकाले टिममा को पर्छ को पर्दैन भन्ने अनुमान गर्न सकिने अवस्था छैन । तथापि महिला फुटबलका एकसेएक स्टार खेलाडी रहेकाले टिममा पर्न चर्को प्रतिस्पर्धा हुने चाहिँ पक्का छ ।

मञ्जली र सुनिल महतोबीच २०७८ बैशाख १० गते विवाह भएको थियो । महतो पनि एपिएफकै खेलाडी हुन् । उनी आइटिएफ तेक्वान्दो खेल्छन् । घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । पछिल्लो पटक भारतमा प्रतियोगिता खेलेर आएका थिए ।

यता, मञ्जलीले विवाहपछि पनि केही अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिन् । बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल र एएफसी महिला एसियन कप छनोटमा फिलिपिन्ससँग खेलिन् । दशरथ रंगशालामा भएको साफ महिला च्याम्पियनसिपमा नेपाल पुनः उपविजेता भयो । भारतलाई १-० ले हराए पनि बंगलादेश निर्णायक खेलमा बाधक बनेको थियो ।

यही प्रतियोगिताका क्रममा ज्वरो आएपछि मञ्जली बेन्चमै सीमित भइन् । भुटानविरुद्ध खेलमा ज्वरो आएको थियो । तर, श्रीलंकाविरुद्धको दोस्रो खेलमा उनलाई ‘डेंगु’ संक्रमण भएको पुष्टि भयो । त्यसपछि मञ्जली मैदानमा देखिएकी छैनन् ।

अहिले महिला टोलीमा प्रतिस्पर्धा झनै बढेको छ । उमेर समूहबाट थुप्रै खेलाडी आइसकेका छन् । अझ मिडफिल्डमा त प्रतिस्पर्धा र खेलाडीको उपलब्धता पनि अन्य पोजिसनको दाँजोमा बढी छ । त्यसैले मिडफिल्डमा खेलाडी छान्नु प्रशिक्षकका लागि पनि सजिलो हुने छैन ।

मञ्जली मैदान बाहिर रहँदा नेपालले भारत र बंगलादेशसँग दुई/दुई पटक खेलिसक्यो । फिफा विश्वकप जितिसकेको जापान र विश्वकप खेलिसकेको भियतनामसँग एसियाली खेलकुदमा प्रतिस्पर्धा गरेको थियो । वाफ महिला च्याम्पियनसिपमा उपविजेता बन्यो । समग्रमा नेपालले खेलेका १५ खेलमा मञ्जली अनुपस्थित रहिन् ।  

अहिले महिला टोलीमा प्रतिस्पर्धा झनै बढेको छ । उमेर समूहबाट थुप्रै खेलाडी आइसकेका छन् । अझ मिडफिल्डमा त प्रतिस्पर्धा र खेलाडीको उपलब्धता पनि अन्य पोजिसनको दाँजोमा बढी छ । त्यसैले मिडफिल्डमा खेलाडी छान्नु प्रशिक्षकका लागि पनि सजिलो हुने छैन ।

अब, मञ्जलीले आफ्नै क्लब तथा राष्ट्रिय टिममा प्रतिधित्वि गर्ने प्रीति राई, अनिता केसी, अनिता बस्नेत, सरस्वती हमाल, दीपा शाहीजस्ता खेलाडीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । मञ्जली यो चुनौती पाखा लगाउँदै मैदान फर्कन आतुर छिन् ।