फाल्गुन ११, २०८२ सोमबार | १९:३३:२९
सावित्राको याचनामा खेलाडीहरुको ऐक्यबद्धताः भन्छन्, ‘पाँच लाखको सहयोग ‘अपमानजनक’ काष्ठमण्डपलाई फुटसल उपाधि सावित्राको भावुक स्ट्याटसप्रति एन्फाको प्रतिक्रियाः आवश्यक सहयोग र सहजीकरणका लागि प्रयास गरिरहेका छौं सावित्राको उपचार जिम्मेवारी सरकारले लिनुपर्ने राप्रपा नेता थापाको भनाई एसिएलको शल्यक्रियाका लागि समर्थकसँग सावित्राको सहयोग अपिल जावलाखेलले नेपाल पुलिसलाई हरायो १० वर्षमा विश्वकप जित्ने लक्ष्यसहित धनगढीबाट ‘ग्रासरुट टू ग्लोरी’ अभियान सुरु ब्रिटिश गोर्खाली क्रिकेट लिगको 'टाइटल स्पोन्सर’ ब्रिज इन्टरनेशनल एन्फा राष्ट्रिय लिगः एपिएफ शीर्ष स्थानमा उक्लियो, मनाङसँग रोकियो एनआरटी इङ्ल्याण्डविरुद्ध श्रीलंका फेरि पराजित सावित्राको याचनामा खेलाडीहरुको ऐक्यबद्धताः भन्छन्, ‘पाँच लाखको सहयोग ‘अपमानजनक’ काष्ठमण्डपलाई फुटसल उपाधि सावित्राको भावुक स्ट्याटसप्रति एन्फाको प्रतिक्रियाः आवश्यक सहयोग र सहजीकरणका लागि प्रयास गरिरहेका छौं सावित्राको उपचार जिम्मेवारी सरकारले लिनुपर्ने राप्रपा नेता थापाको भनाई एसिएलको शल्यक्रियाका लागि समर्थकसँग सावित्राको सहयोग अपिल जावलाखेलले नेपाल पुलिसलाई हरायो १० वर्षमा विश्वकप जित्ने लक्ष्यसहित धनगढीबाट ‘ग्रासरुट टू ग्लोरी’ अभियान सुरु ब्रिटिश गोर्खाली क्रिकेट लिगको 'टाइटल स्पोन्सर’ ब्रिज इन्टरनेशनल एन्फा राष्ट्रिय लिगः एपिएफ शीर्ष स्थानमा उक्लियो, मनाङसँग रोकियो एनआरटी इङ्ल्याण्डविरुद्ध श्रीलंका फेरि पराजित
शनिबारको दिन कोपा अमेरिका

कोपा अमेरिका फाइनल: कोलम्बियाले अर्जेन्टिनालाई इतिहास रच्न देला ?

काठमाडौं ।  फुटबलका पारखीका लागि कति ठूलो अवसर । युरो २०२४ को उपाधि भिडन्त हेरेको केही घण्टामै उत्तिकै महत्त्वपूर्ण खेल हेर्ने अवसर जुरेको छ । यो रहेको छ, कोपा अमेरिका २०२४ को फाइनल ।

यसमा भिड्ने पनि उत्तिकै बलिया टिम छन् । एकातिर डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना छ । अर्जेन्टिनाको योभन्दा ठूलो परिचय पनि छ विश्व च्याम्पियनको । टोलीको लगातार तेस्रो ठूलो उपाधि जित्ने मौका छ । यसैमा तगारो हाल्ने प्रयासमा हुनेछ कोलम्बिया ।

अर्जेन्टिनी फुटबल र यसमा लागि यो विशेष छ, किनभने कप्तान लियोनल मेसी कोपा अमेरिकामा आफ्नो अन्तिम खेल खेलिरहेका छन् । मेसीले अहिले संन्यास लिने हो भनेर केही पनि भनेका छैनन् । तर सजिलै अनुमान गर्न सकिन्छ, यो उनको अन्तिम कोपा अमेरिका हो । त्यसैले यो खेल पनि आफैमा अन्तिम हो । अब भन्नै सकिन्न, विश्व फुटबलका सबैभन्दा ख्याति कमाएका र लोकप्रिय खेलाडीलाई अन्तिम खेलमा उपाधि जित्ने इच्छा हुन्न भनेर ।

त्यसैले अर्जेन्टिना धेरै अर्थमा ऐतिहासिक सफलता चुम्ने मोडमा छ । तर, यो काम टोलीका लागि सजिलो भने हुन्न, किनभने सामना गर्न लागेको टिम हो कोलम्बिया । यो प्रतिद्वन्द्वी टिम पनि आफैं लयमा छ । यो टिमले हार्न बिर्सेको लामै समय भइसकेको छ ।

कोलम्बियाले भने एकैपल्ट मात्र दक्षिण अमेरिकी फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता जितेको छ । यो उपलब्धि हात पारेको थियो, सन् २००१ मा । त्यतिबेला कोलम्बिया आफैंले प्रतियोगिताको आयोजना गरेको थियो ।

खासमा कोलम्बिया २८ खेलको अपराजित यात्राबाट गुज्रिरहेको छ । कोलम्बिया अन्तिम पटक हारेको भनेको सन् २०२२ को फेब्रुअरीमा हो । त्यतिबेला कोलम्बियालाई हराउने टिम अरू कोही होइन, अर्जेन्टिनानै थियो ।

प्रतियोगितालाई पछाडि फर्केर हेर्ने हो भने अर्जेन्टिनाले फाइनलसम्मको यात्रामा खासै संघर्ष गर्नुपरेको छैन । लिग चरणमा टोलीको समूहमा क्यानडा, चिली र पेरु थियो । सबै तीनै खेल जितेर अर्जेन्टिनाले ९ अंक हात पारेको थियो ।

त्यसपछि अर्जेन्टिनाले इक्वेडरलाई क्वार्टरफाइनल र क्यानडालाई सेमिफाइनलमा हराएको हो । क्वाटरफाइनल नै त्यस्तो एक मात्र खेल हो, जसमा अर्जेन्टिनाको परीक्षा भएको छ । यो खेलमा अर्जेन्टिनाले टाइब्रेकर पुगेर मात्रै जितेको हो ।

अर्कोतर्फ कोलम्बियाले ब्राजिलसम्मिलित समूह जितेको हो । ब्राजिललाई बराबरीमा रोकेयता कोलम्बियाले कोस्टारिका र पाराग्वेलाई पराजित गरेको हो । टोलीले क्वार्टरफाइनलमा पानामा र सेमिफाइनलमा उरुग्वेलाई हराएको थियो । पानामामाथि ५ गोल गरेको कोलम्बियाले उरुग्वेविरुद्ध जित निकाल्न निकै मिहिनेत गर्नुपर्यो । खेल आफैंमा असाध्यै तनावपूर्ण रह्यो । कोपा अमेरिकामा अर्जेन्टिना सबैभन्दा सफल टिममा पर्छ । टोलीले कीर्तिमान १५ पटक उपाधि जितेको छ । उरुग्वेले त्यति नै पटक उपाधि जितेको छ ।

फाइनलमा के हुनेछ त ? यसबारे अनुमान गर्न सजिलो भने छैन । कम्तीमा कागजमा अर्जेन्टिना नै बलियो छ । 

कोलम्बियाले भने एकैपल्ट मात्र दक्षिण अमेरिकी फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता जितेको छ । यो उपलब्धि हात पारेको थियो, सन् २००१ मा । त्यतिबेला कोलम्बिया आफैंले प्रतियोगिताको आयोजना गरेको थियो । तर, त्यस संस्करणमा अर्जेन्टिनाले भने सहभागिता जनाएको थिएन । यस अर्थमा कोलम्बियासामु जितसँगै अर्जेन्टिनासँग बदला लिने धेरै कारण छन् । यिनै कारणले गर्दा कोलम्बिया राम्रो खेल्नमा थप प्रेरित रहनेछ ।

कोलम्बियाको अहिलेसम्मको फाइनल यात्रामा कोही एक खास खेलाडीले ठोस भूमिका खेलेका छन् भने उनी हुन्, जेम्स रोड्रिग्वेज । उनी नै कोलम्बियाली टिमका कप्तान हुन् अनि सबैभन्दा अनुभवी । अन्य धेरै कोलम्बियाली खेलाडीका लागि उनी आदर्श र प्रेरणा हुन् । पछिल्लो समय गुमनामजस्तै रहेका यी रोड्रिग्वेजले यसपल्टको कोपामा बबाल नै गरिरहेका छन् । अर्जेन्टिनालाई फाइनल जित्नु छ भने उनलाई रोक्न आवश्यक हुनेछ ।

त्यसो भए, फाइनलमा के हुनेछ त ? यसबारे अनुमान गर्न सजिलो भने छैन । कम्तीमा कागजमा अर्जेन्टिना नै बलियो छ । जसरी एक समय स्पेनले दुईपल्ट युरो र एकपल्ट विश्वकप जितेर विश्व फुटबलमा प्रभुत्व कायम गरेको थियो । अहिले अर्जेन्टिनासामु त्यही बराबरको इतिहास रच्ने अवसर छ । साँच्चै यस्तो भयो भने त मेसीको ‘लिगेसी’ मा कसैले छुन पनि सक्दैन, प्रश्न गर्ने त अर्कै कुरा । मेसीको उपलब्धिसामु अरूलाई पनि नतमस्तक हुनुबाहेक अर्को विकल्प हुने छैन ।