भाद्र ३०, २०८२ मंगलबार | ००:१९:४२
साफ यु-१७ च्याम्पियनसिपः समीर चम्किँदा नेपालले श्रीलंकालाई हरायो नेपाल र श्रीलंकाबीचको पहिलो हाफ गोलरहित श्रीलंकाविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक जेनजी आन्दोलनको प्रभाव, घरेलु फुटबलका गतिविधि प्रभावित नेपालमा हुने आइसिसी महिला विश्वकप ग्लोबल छनोट खेल्ने सबै टोलीको लाग्यो टुंगो उपचार सहयोगका लागि फुटबलर जीवनको अपिल नेपाल-बंगलादेश अन्तर्राष्ट्रिय रग्बी सिरिज स्थगित आदिल अन्सारीको राष्ट्रिय क्रिकेट टोलीमा पुनरागमन पिएसजीको विजयी यात्रा जारी बार्सिलोनाको एकतर्फी जित साफ यु-१७ च्याम्पियनसिपः समीर चम्किँदा नेपालले श्रीलंकालाई हरायो नेपाल र श्रीलंकाबीचको पहिलो हाफ गोलरहित श्रीलंकाविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक जेनजी आन्दोलनको प्रभाव, घरेलु फुटबलका गतिविधि प्रभावित नेपालमा हुने आइसिसी महिला विश्वकप ग्लोबल छनोट खेल्ने सबै टोलीको लाग्यो टुंगो उपचार सहयोगका लागि फुटबलर जीवनको अपिल नेपाल-बंगलादेश अन्तर्राष्ट्रिय रग्बी सिरिज स्थगित आदिल अन्सारीको राष्ट्रिय क्रिकेट टोलीमा पुनरागमन पिएसजीको विजयी यात्रा जारी बार्सिलोनाको एकतर्फी जित
शनिबारको दिन लमिन यामाल

यामालको छायाँमा एमबाप्पे

काठमाडौं । विश्व फुटबलमा कसैलाई महान् बनाउने काम अन्तर्राष्ट्रिय प्रतियोगिताको हो । महान् नबनाइहाले, कम्तिमा यति चाहिँ संकेत गरिदिन्छ, यो खेलाडीको उदय हुँदैछ । ६ वर्षअघि रुसको काजानमा हो केलियन एमबाप्पेले आफूलाई लियोनल मेसी हिँड्ने राजमार्गमा पुर्याएको । तर तीनै एमबाप्पे म्युनिखमा त्यो राति ओझेलमा परे । ओझेल पर्नुको कारण थियो, १६ वर्षे ठिटो लमिन यामालको चमक ।

१६ वर्षे फुच्चे वयस्क खेल्ने प्रतियोेगितामा के गर्दैछ ? युरो सुरु हुँदै गर्दा धेरैको मनमा यो प्रश्न उठेको हुनुपर्छ । तर उनले यसरी खेलेका छन्, तिनै शंकालु मान्छेहरु भन्दैछन्, हामीले अबको दशकको नायक भेट्टाएका छौँ ।

युरो सेमिफाइनलमा फ्रान्सले यामालको तागतलाई थेग्नै सकेन । किशोरवस्थाको सुरुआती चरणमा रहेका यामाल कतै जाँदा एक्लै जान पाउँदैनन् । साथमा अभिभावक चाहिन्छ । तर यिनै यामाललाई युरोको त्यति ठूलो खेलमा कसैले छुनै सकेन । छुन त परै जाओस्, पछ्याउन समेत सकेनन् । आफ्नो गति र कौशलको बलमा फ्रेन्च खेलाडीलाई पछाडि पारेका उनले गोल पनि गजबको गरे । 

रान्डल कोलो मुअनीको गोलका कारण अघि बढेको फ्रान्स यामालको गोलले रोकिन बाध्य भयो । यो गोलले खेलको गति मात्र परिवर्तन गरेन, यामाललाई युरो इतिहासकै कान्छो गोलकर्ता पनि बनायो ।

यामालबाहेक स्पेनका लागि गाेल गर्ने अर्का खेलाडी थिए, डानी ओल्मो। आखिरमा यो गोल स्पेनलाई फाइनलमा पुर्याउन काफी ठहरियो । जहाँ पूर्वविजेता स्पेनको भेट इङ्ल्यान्डसँग हुनेछ ।

सेमिफाइनलमा सकी नसकी नेदरल्यान्ड्सलाई पन्छाएको इङ्ल्यान्डका लागि स्पेन फलामको चिउरा सावित हुनेछ । यसको एउटा कारण यामनल पनि हुन् । उसो त स्पेनले यसपालि जसरी खेलेको छ, यो टिमलाई प्रतियोगिताकै उत्कृष्ट मान्नै पर्छ । कयौँ वर्षदेखि इङ्ल्यान्ड अन्तर्राष्ट्रिय उपाधि उचाल्न हरसम्भव कोसिस गरिरहेको छ । तर स्पेनी प्रदर्शनले इंगित गर्छ, यो यामालहरुको समय हो ।

स्पेन यस्तो टिम हो जसले एकै खेलमा दुई खालको शैलीमा उत्तिकै प्रभावकारी ढंगमा खेल्न सक्छ । स्पेनलाई मन लाग्नुपर्छ, उसले विपक्षीको पोस्टमा सीधासिधी, त्यो पनि उच्च गतिमा धावा बोल्न सक्छ । वा बललाई नियन्त्रणमा राखेर, धेरैभन्दा धेरै पास खेलेर विपक्षीको क्षेत्रमा कदम राख्छ ।  

पहिलो सेमिफाइनल सकिएपछि स्पेन र फ्रान्स दुवैका प्रशिक्षक पत्रकार सम्मेलनमा उपस्थित भए । स्पेनका प्रशिक्षक लुइस डे ला फ्युन्टेको भनाइ थियो, ‘यी खेलाडीले हामीलाई सधैँ उत्साहित बनाउँछन् ।’  उता पराजित टिमका प्रशिक्षक ड्रिडियर डेसचाम्प्स आफ्ना खेलाडीसँग क्रोधित थिए । ‘अधिकांश खेलाडीले प्रयास नै गरेनन् । बरु संन्यास लिँदै गरेका ओलिभर जिरुडमा जुझारुपन थियो,’ डेसचाम्प्सको प्रतिक्रिया थियो । यी दुई प्रशिक्षकले जसरी फरक फरक अभिव्यक्ति दिए, त्यसरी नै फरक फरक किसिमको फुटबल खेलाए ।

फ्रान्सविरुद्ध आफ्नो गोलले जिताएपछि यामाल फुर्किनु स्वाभाविक थियो । क्यामेरामा देखिने गरी सांकेतिक रूपमा उनले फ्रान्सका अड्रियन राबियोटलाई जिस्काए । त्यो जिस्काई युभेन्ट्सका मिडफिल्डर राबियोटले सेमिफाइनलअघि दिएको अभिव्यक्तिको जवाफ हुनुपर्छ । राबियोटले भनेका थिए, ‘सेमिफाइलनसम्म आइपुग्दा उनले जे जति गरेका छन्, त्योभन्दा बढी उनले फ्रान्सविरुद्ध गर्नुपर्नेछ ।’

अघिल्ला पाँच खेलमा सावधानीपूर्वक खेलेको फ्रान्सलाई स्पेनविरुद्ध भएभरको बल लगाउनु थियो । प्रतियोगितामा खासै दमदार खेल्न नसकिरहेका एमबाप्पेले एकैछिन चोटको दुखाईलाई बिर्सिए । स्पेनका ३८ वर्षीय फुलब्याक जेजुस नाभासलाई सजिलै बिट गरेर कोलो मुअनीका लागि क्रस निकालिदिए । मुअनीले क्रसलाई गोलमा परिणत गरे । यो  प्रतियोगिताभर फ्रान्सेली खेलाडीले ओपन प्लेमा गरेको पहिलो गोल थियो।

अग्रता लिएपछि खेलमा केही समय जमेको फ्रान्सलाई तब झट्का लाग्यो, जब यामालले लामो समय स्मरणमा रहने गोल गरे । राबियोटले पनि छेक्न नसकेको यामालको प्रहारलाई फ्रेन्च गोलकिपर माइक माइगनानले अनुमान लगाउनै सकेनन् । यो गोल भएको क्षण यस्तो क्षण थियो, जसले भन्दै थियो, भविष्यको स्टारको जन्म भएको छ ।

कुनै समय एमबाप्पेसँग यही खुबी थियो । सायद अहिले पनि छ । तर यसपालिको युरोमा उनको खुबी खासै प्रस्फुटित भएन । तब त उनी आफैँले भनेका छन्, ‘फुटबलमा कि तिमी राम्रो खेल्छौँ कि नराम्रो । मैले यो युरोमा राम्रो खेलिनँ ।’

स्पेन यस्तो टिम हो जसले एकै खेलमा दुई खालको शैलीमा उत्तिकै प्रभावकारी ढंगमा खेल्न सक्छ । स्पेनलाई मन लाग्नुपर्छ, उसले विपक्षीको पोस्टमा सीधासिधी, त्यो पनि उच्च गतिमा धावा बोल्न सक्छ । वा बललाई नियन्त्रणमा राखेर, धेरैभन्दा धेरै पास खेलेर विपक्षीको क्षेत्रमा कदम राख्छ । यो युरोमा स्पेनले यी दुवै शैलीलाई अख्तियार गरेको छ ।

तिव्र गतिमा खेल्न सक्ने स्पेनमा यामाल बिजुलीको बेगमा दौडिन्छन् । विपक्षीलाई सजिलै छक्कयाउँछन्, धेरै पल नउभिइकनै घुमाउरो प्रहार गर्छन् । प्रहार गोलमा परिणत नभए पनि उनी यसरी दर्शकलाई उत्तेजित बनाउछन् कि यसको हिसाबकिताब छैन । एउटा खेलमा बिर्सन नसकिने धेरै पल निर्माण गर्नसक्ने खुबी यामालमा छ । 

कुनै समय एमबाप्पेसँग यही खुबी थियो । सायद अहिले पनि छ।  तर यसपालिको युरोमा उनको खुबी खासै प्रस्फुटित भएन । तब त उनी आफैँले भनेका छन्, ‘फुटबलमा कि तिमी राम्रो खेल्छौँ कि नराम्रो । मैले यो युरोमा राम्रो खेलिनँ ।’

स्पेन फाइनल पुगेको पक्का भएपछि, यामाल र निको विलियम्सले सँगै फोटो खिचाए । दुवैको मुहारमा मनग्यै मुस्कान थियो । नहोस पनि किन ? यो प्रतियोगितामा देखिएका साँच्चैका स्टार हुन्, उनीहरु । यी दुईको तस्बिर इन्टरनेटमा भाइरल भएको छ । भाइरल भएको अर्को तस्बिर पनि छ, जहाँ नुहाउँदै गरेका बालक यमलको छेऊमा अर्सीजेन्टिनी सुपरस्टार लियोनेल मेसी छन् । 

यामाल मोरोक्कोली पिता र इक्वेटोरियल गिनीबाट स्पेन पुगेकी माताको सन्तान हुन् । उता निकोका मातापिता घानाका हुन् । जो सहारा मरुभूमि छिचोलेर गरेर युरोप पुगेका थिए । आप्रवासीका दुई छोरा आज स्पेनको राष्ट्रिय खेलाडी बनेका छन् । यस्ता खेलाडी जसले मानवीय संघर्षको कथाको प्रतिनिधित्व गर्छन् ।