आश्विन १, २०८१ मंगलबार | ०१:१६:५५
सहारा क्लब पोखराको २६औं वार्षीकोत्सव सम्पन्न टोखा मेयर कप वादोरियो करातेः सुजन र अप्सनालाई स्वर्ण अशोक तेक्वान्दो प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्न अस्ट्रेलिया जाँदै चीन जाने कराते टोलीको बिदाइ क्यानाडाविरुद्ध फिल्डिङ गर्दै नेपाल पोखरामा पर्वतीय दौड हुने ओल्मो कम्तीमा पनि पाँच साता मैदान बाहिर रहने सुदूरपश्चिम अझै जितविहिन टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको नयाँ मिति तय काभा महिला क्लब च्याम्पियनसिपः पुलिसको लगातार दोस्रो जित सहारा क्लब पोखराको २६औं वार्षीकोत्सव सम्पन्न टोखा मेयर कप वादोरियो करातेः सुजन र अप्सनालाई स्वर्ण अशोक तेक्वान्दो प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्न अस्ट्रेलिया जाँदै चीन जाने कराते टोलीको बिदाइ क्यानाडाविरुद्ध फिल्डिङ गर्दै नेपाल पोखरामा पर्वतीय दौड हुने ओल्मो कम्तीमा पनि पाँच साता मैदान बाहिर रहने सुदूरपश्चिम अझै जितविहिन टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको नयाँ मिति तय काभा महिला क्लब च्याम्पियनसिपः पुलिसको लगातार दोस्रो जित
शनिबारको दिन नेपाली फुटबल

बढ्दो आत्मघाती, फरक पहिचान बन्दै

काठमाडौं  । युरोपियन फुटबलमा अहिले एउटै कुराको चर्चा छ, त्यो हो यसपालि खेलाडीहरूबाट धेरै आत्मघाती गोल भइरहेका छन् । आजदेखि युरोपियन च्याम्पियनसिप, युरोको नकआउट चरण सुरु हुँदै छ । स्पर्धामा अहिलेसम्म ६ गोल आत्मघातीमा भएको छ ।

समूह चरणका कुल ३६ खेल सकिए । अब बाँकी रह्यो १५ खेल । फिफा विश्वकप र युरोको इतिहास हेर्ने हो भने विश्वकप २०१८ मा १८ र युरो २०२० मा ११ गोल आत्मघातीमा भएका छन् । जुन अहिलेसम्मकै उच्च हो । तर, जसरी यसपालि खेलको स्वरुप बदलिएको छ, आत्मघाती गोलको यो रेकर्ड तोडिने अनुमान गरिएको छ ।

खेलको स्वरुप भन्नाले जारी युरोको खेल ‘टेम्पो’ एकदमै फरक छ । खेल एकदमै छिटो र छरितो भएको छ । ठूला टोली साना टोलीमाथि हाबी नहुँदा खेलको तीव्रता पछिल्ला प्रतियोगिताभन्दा फरक छ । यसले के हुन्छ भने दुवै टोलीबाट एकपछि अर्को आक्रमण भइरहन्छ । जसले गर्दा रक्षकहरूलाई गाह्रो परिरहेको छ । यही कारण खेलाडीहरूबाट गल्ती भइरहेको छ ।

पेनाल्टी बक्सभित्र पेनिट्रेसन धेरै भएकाले रक्षकहरू दबाबमा रहँदै आएको छ । सबै टोलीहरू फाइनल थर्डमा बढी केन्द्रित रहँदा खेलको उच्च टेम्पोमा आत्मघाती गोलहरू निस्किएको हो ।

उदाहरणमा दुई हेभिवेट टोली स्पेन र इटालीबीचको खेल । खेलमा इटाली सबै पक्षमा स्पेनभन्दा अगाडि देखिएको थियो । तर, दोस्रो हाफमा स्पेनले आत्मघाती गोलको मद्दतमा खेलमा १-० को अग्रता लियो । पछि यही गोलमा खेल नै जित्यो । जसले टोलीलाई एक खेलअगावै नकआउट चरण पुर्यायो ।

भएको के थियो भने स्पेनका विंगर निको विलियम्सले बक्सनजिकैबाट स्ट्राइकर अल्भारो मोराटालाई कटब्याक दिएका थिए । जसलाई गोलकिपर जियानलुइजी डोनोरोमाले बचाउने प्रयास गरे । तर, बलले रक्षक रिकार्डो क्यालिफियोरीको खुट्टामा ठोक्किँदै जाली चुम्यो । स्पेनले बुनेको आक्रमणको गति नै त्यस्तो थियो कि बोलोग्नाका यी रक्षकले बललाई नियन्त्रणमै लिन सकेनन् । पछि बल्लतल्ल क्रोएसियाविरुद्ध संघर्षपूर्ण जित निकाल्दै इटालीले नकआउटको यात्रा गर्यो ।

अवे गोलले निर्णायक भूमिका खेलेको अर्को खेल बन्यो नेदरल्यान्ड्स र अस्ट्रियाबीच । गोल ठ्याक्कै क्यालिफियोरीको जस्तै । खेलको पाँचौं मिनेटमा अस्ट्रियाका लेफ्टब्याक एलेक्जेन्डर प्रासको कटब्याकलाई नेदरल्यान्ड्सका विंगर डोन्याल मालेनले नियन्त्रणमा लिन सकेनन् र बल जालीको सम्पर्कमा पुग्यो । अन्त्यमा अस्ट्रियाले नेदरल्यान्ड्समाथि ३-२ को रोमाञ्चक जित हासिल पायो । यो जितले अस्ट्रियाले फ्रान्स र नेदरल्यान्ड्सजस्तो बलियो टोलीलाई पछि पार्दै समूह विजेता बन्यो । हारले नेदरल्यान्ड्स तेस्रो स्थानमा झर्नुपरेको थियो । तर, चार उत्कृष्ट तेस्रो स्थानको टोलीमा अटाउँदै डचले पनि अन्तिम १६ मा स्थान बनायो ।

विश्व फुटबलमा त्यस्ता दिनहरू पनि थिए, जतिबेला आत्मघाती गोल कमै हुन्थे । किनभने खेलहरू अहिले जस्तो आक्रामक हुँदैनथे । आत्मघाती गोल गर्ने खेलाडीलाई हेर्ने नजर पनि फरक थियो । सन १९९४ विश्वकपमा कोलम्बियाली खेलाडीले आत्मघाती गोलकै कारण ज्यान गुमाएको घटना कसलाई पो थाहा छैन र । थाहा नहुनेहरूका लागि ३० वर्षअघिको त्यो घटनामा फर्काइहालौं ।

अमेरिकाले आयोजना गरेको १९९४ विश्वकपमा कोलम्बियालाई उपाधि दाबेदारमध्ये एक मानिएको थियो । किनभने टोलीले विश्वकप खेल्न अमेरिका पुग्नुअघि १९९१ देखि १९९३ सम्म २६ मध्ये २५ खेलमा जित हासिल गरेको थियो । यसबीच टोलीले १९९० को विश्वकप फाइनलिस्ट, दुई पटकको विश्व विजेता अर्जेन्टिनालाई ५-० ले पराजित गरेको थियो ।

ब्राजिलका लिजेन्ड पेलेले त्यतिबेला उपाधि कसले जित्ला भन्ने प्रश्नमा कोलम्बियाले जित्छ भनेर भनेका थिए । तर, समूहका तीन खेलमा एक जित र दुई हार बेहोर्दै कोलम्बिया पुछारमा रहँदै पहिलो चरणबाटै बाहिरियो ।

दोस्रो खेलमा कोलम्बियाले आयोजक अमेरिकाको सामना गरेको थियो । अमेरिकाले २–१ ले जितेको त्यस खेलमा कोलम्बियाली रक्षक आन्द्रे इस्कोबारले आत्मघाती गोल गरेका थिए । जसका कारण विश्वकप सकेको ६ महिनापछि इस्कोबारको कोलम्बियाली सेनाद्वारा हत्या गरिएको थियो । १९९४ विश्वकपमा इस्कोबारको आत्मघाती गोल एउटै मात्र आत्मघाती गोल रहन पुग्यो ।

अमेरिका विश्वकपयता सात विश्वकपका संस्करण आयोजना भए । जसमा कुल ३४ आत्मघाती गोल भएका छन् । जसमध्ये २०१८ रसिया विश्वकपमा सबैभन्दा धेरै १२ आत्मघाती गोल भएको थियो ।

युरोको कुरा गर्ने हो भने पछिल्ला सात संस्करणमा १७ आत्मघाती गोल भएका छन् ।

विगतमा कथाजस्तै बनिने आत्मघाती गोल अहिले खेलको एक भागजस्तै भइसकेको छ ।

फुटबल विश्लेषक सञ्जीव मिश्र भन्छन्, ‘अहिले युरोमा को ठूलो टोली, को सानो भन्ने छैन । साना टोलीले ठूला टोलीलाई दबाबमा राख्ने गरेका छन् । हाइप्रेसिङ खेलहरू भइरहेका छन् । जसले गर्दा रक्षकहरूबाट गल्ती भइरहेका छन् ।’

शनिबारदेखि नकआउट चरण सुरु हुँदै छ । अन्तिम १६ को पहिलो खेलमा साबिक विजेता इटालीले स्विट्जरल्यान्डसँग खेल्नेछ भने दोस्रो खेलमा आयोजक जर्मनीले डेनमार्कको सामना गर्नेछ ।