माघ ८, २०८२ बिहीबार | १९:१९:२३
एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल
शनिबारको दिन युराे २०२४

युरो रोमाञ्चक: हार्यो कि घरतिर

काठमाडौं । जर्मनीका १० सहर । १३ दिन । ३६ खेल । युरो च्याम्पियनसिप २०२४ को लिग चरणका खेल सकिएका छन् । प्रतियोगितामा कुल २४ टिमको सहभागिता छ । त्यसमध्ये आठ टिम अब घर फर्किसकेका छन् ।

बाँकी १६ टिम भने नकआउट चरणमा प्रतिस्पर्धा गर्छन् । त्यो भनेको अब हार्‍यो कि घर फर्किने । आज शनिबारदेखि अन्तिम १६ को खेल हुँदै छ । अहिलेसम्मका खेल हेर्दा मैदानमा केही निराशा पनि देखिए, खुसी । खुसी समर्थक पनि रहे, दुःखी समर्थक पनि ।

यसपल्टको प्रतियोगितामा अहिलेसम्म कुनै एक खास टिमले सबैको मन जितेको छ भने त्यो अस्ट्रियाले नै हो । त्यसपछि जर्जियाकै कुरा ।

सबैभन्दा ठूलो अहिले जर्मनीमा फुटबलको उत्साह माथि माथि चढिरहेको छ । सुरुमा डर थियो, कतै केही व्यवधान आउने त होइन । त्यस्तो केही भएको छैन । त्यसै पनि जर्मनी युरोपको बीचमा पर्छ । त्यसैले सबैलाई जर्मनी आउन सजिलो पनि छ ।

पछिल्ला दुई विश्वकपमा युरोपका धेरै समर्थक गएका थिएनन् रुस र कतारमा । यसपल्ट जर्मनीमा समर्थकको हुलैहुल छ । आ-आफ्नो देशको समर्थनमा नाच्न गाउन पाएर दर्शक प्रशन्न छन् ।

अहिलेसम्मको प्रदर्शन हेर्दा आयोजक जर्मनी र स्पेन नै राम्रो देखिएका छन् । लिग चरणमा स्पेनले तीनै खेल जित्न सक्यो । उनीहरूले अपेक्षाभन्दा सजिलै आ-आफ्नो समूह जितेका छन् ।

अब अन्तिम १६ को खेल समीकरण यस्तो छ । स्पेन-जर्जिया, जर्मनी-डेनमार्क, पोर्चुगल-स्लोभेनिया, फ्रान्स-बेल्जियम, रोमानिया-नेदरल्यान्ड्स, अस्ट्रिया-टर्की, इङ्ल्यान्ड-स्लोभाकिया तथा स्विट्जरल्यान्ड-इटाली ।

प्रतियोगिता सुरु हुनु अगाडि उपाधिको बलियो दाबेदारका रूपमा फ्रान्स र इङ्ल्यान्डलाई अगाडि राखिएको थियो । यिनै दुई टिमले भने राम्रो गर्न सकेनन् । फ्रान्सले आफ्नो समूह समेत जित्न सकेन । फ्रान्स र नेदरल्यान्ड्स सम्मिलित समूहको विजेता बन्यो अस्ट्रिया ।

त्यस अर्थमा यसपल्टको प्रतियोगितामा अहिलेसम्म कुनै एक खास टिमले सबैको मन जितेको छ भने त्यो अस्ट्रियाले नै हो । त्यसपछि जर्जियाकै कुरा ।

जर्जियाले पनि आफ्नो फुटबल इतिहासमा दोस्रो चरण पुगेर सबैलाई आश्चर्यमा पारेको छ । यी सबैबीच त्यस्तो एउटा टिम चाँडै घर फर्केको छ, जसबाट धेरै आस थियो । यो रह्यो क्रोएसिया । पोल्यान्ड पनि लगभग त्यस्तै टिम रह्यो, जसले धेरै अपेक्षाका बावजुत आफ्ना समर्थकलाई निराश पारे ।

अब अन्तिम १६ को खेल समीकरण यस्तो छ । स्पेन-जर्जिया, जर्मनी-डेनमार्क, पोर्चुगल-स्लोभेनिया, फ्रान्स-बेल्जियम, रोमानिया-नेदरल्यान्ड्स, अस्ट्रिया-टर्की, इङ्ल्यान्ड-स्लोभाकिया तथा स्विट्जरल्यान्ड-इटाली ।

नकआउट चरण भनेपछि यसका खेलले पस्कने स्वाद र लिग चरणको खेलको स्वभाव नै फरक हुन्छ । त्यसैले धेरैका लागि युरोका वास्तविक मज्जा अहिले आउने छ । लिग चरणमा अंक जित्ने मानसिकताले खेलिन्छ ।

नकआउट चरणमा भने सबथोक दाउमा हुन्छ । त्यसैले अहिलेसम्म लिग चरणमा जे जस्तो खेल हेर्न पाइएको छ, जुन टिमले राम्रो खेल्यो वा नराम्रो खेल्यो, त्यस्तै प्रदर्शन फेरि नकआउट चरणमा देख्न पाइनेछ, त्यो पनि हुने छैन ।

एक प्रकारले अब नयाँ तरिकाले प्रतियोगिता सुरु हुनेछ । विश्वास गरौं, अहिलेसम्म जति ठूला स्टार गुपचुप रहेका छन्, तिनले आफ्नो प्रतिष्ठाअनुसार खेल्नेछन् । विश्वले अब्बल दर्जाको फुटबलको सुख लिन पाउने छ ।