फाल्गुन १६, २०८२ शनिबार | ०३:००:२५
ट्वान्टी–२० विश्वकपमा यसपालि शतक हान्नेहरू एक भयानक सम्भावनाः टोटनहमको रेलिगेसन युरोपेली फुटबलमा इङ्लिस क्लबकै दबदबा उदयपुरबाट महिला फुटबलले समातेको गन्तव्य ठूला ५ दलका चुनावी घोषणापत्रमा खेलकुदका मुद्दा: सतही, हचुवा र गोलमटोल लालिगुराँससँग फ्रेन्ड्सले अंक खोस्यो इङ्ल्यान्डसँग न्युजिल्यान्ड पराजित लिग टु - २० खेलाडी बन्द प्रशिक्षणमा बोलाइए एलआरआई स्कुल च्याम्पियन कोशी प्राइड लिगको मिति धकेलियो ट्वान्टी–२० विश्वकपमा यसपालि शतक हान्नेहरू एक भयानक सम्भावनाः टोटनहमको रेलिगेसन युरोपेली फुटबलमा इङ्लिस क्लबकै दबदबा उदयपुरबाट महिला फुटबलले समातेको गन्तव्य ठूला ५ दलका चुनावी घोषणापत्रमा खेलकुदका मुद्दा: सतही, हचुवा र गोलमटोल लालिगुराँससँग फ्रेन्ड्सले अंक खोस्यो इङ्ल्यान्डसँग न्युजिल्यान्ड पराजित लिग टु - २० खेलाडी बन्द प्रशिक्षणमा बोलाइए एलआरआई स्कुल च्याम्पियन कोशी प्राइड लिगको मिति धकेलियो
शनिबारको दिन लियाेनल मेसी

अन्तिम कोपा अमेरिका खेल्दै मेसी

काठमाडौं । यो सत्य हो । तर यसमा मज्जा भने आउँदैन । लियोनल मेसी अर्जेन्टिनाका लागि खेलिरहेका छन् आफ्नो अन्तिम कोपा अमेरिका ।

दक्षिण अमेरिकी फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता कोपा अमेरिका सुरु भइसकेको छ । अर्जेन्टिनाले अपेक्षाअनुसार नकआउट चरणको यात्रा तय गरिसकेको छ । फेरि अर्जेन्टिना डिफेन्डिङ च्याम्पियन हो । टोलीको लक्ष्य भनेकै आफूले यसअघि जितेको उपाधिको रक्षा गर्नु नै हुनेछ ।

कम्तीमा उनले सन् २०२६ को विश्वकप खेल्नेसम्म संकेत दिएका छन् । तर मेसीले अहिले नै आफ्नो खेल पहिले जस्तो नरहेको भने स्वीकारिसकेका छन् ।

अर्जेन्टिना मेसीकै कप्तानीमा खेलिरहेको छ । उनको प्रदर्शन अहिले ठीकै चलिरहेको छ । भलै, उनले गोल भने गरेका छैनन् । विश्वकप विजेता खेलाडी मेसीले प्रतियोगिताकै क्रममा आफ्नो जन्मदिन मनाइसकेका छन् । उनी ३७ वर्षका भइसके ।

उनले क्लब फुटबल अमेरिकामै खेलिरहेका छन्, इन्टर मियामीका लागि । त्यहाँ उनको खेल हेर्दा लाग्दा, मेसीले आफ्नो खेल जीवनको उत्कृष्ट क्षण गुमाइसके । उनी अब युरोपमा खेल्दा जत्तिको उम्दा खेलाडी रहेनन् ।

त्यसैले तय छ, यसपल्टको कोपा उनको अन्तिम हुनेछ । त्यसो त मेसीले अहिलेसम्म कहिले संन्यास लिने हो, त्यसको छनक दिएका छैनन् ।

कम्तीमा उनले सन् २०२६ को विश्वकप खेल्नेसम्म संकेत दिएका छन् । तर मेसीले अहिले नै आफ्नो खेल पहिले जस्तो नरहेको भने स्वीकारिसकेका छन् । उनको भनाइ छ, ‘संन्यासबारे ठ्याक्कै सोचेको छैन । जतिबेला मलाई लाग्नेछ, मैले आफ्नो टिमका लागि खासै केही गर्न सक्दिनँ, त्यति बेला संन्यास लिनेछु ।’

यति हुँदाहुँदै पनि मेसीले यो सिजन इन्टर मियामीका लागि १२ गोल गरिसकेका छन् अनि १३ अरू गोलमा सहयोगीको भूमिका निभाइसकेका छन् 

उनी थप्छन्, ‘म समयमै खान्छु । समयमै अभ्यास पनि गर्छु । तर उमेर बढेसँगै शारीरिक रूपमा पहिले जस्तो सजिलो हुन्न । जति उमेर बढ्दै गयो, समस्या उति थपिँदै जान्छ ।’

कीर्तिमान आठपल्टका बालोन डी’अर विजेता मेसीले गत वर्ष धेरै खेल्न सकेनन् । उनलाई मांसपेसीको चोटले दुःख दिइरह्यो । सन् २०२४ सुरु भएयता पनि त्यसमा खासै परिवर्तन आएको छैन । अहिले उनी आफ्नो परिवारलाई बढीभन्दा बढी समय दिन रूचाउँछन् ।

श्रीमती एन्टोनेपोलसँग बेला बेला बाहिर घुम्न गइरहेका छन् । तीन सन्तान सँगै हुने भए नै । त्यसमाथि नयाँ व्यवसाय पनि सुरु गरेका छन् । त्यसको अर्थ उनको जीवनमा फुटबलको अंश घट्दै छ ।

यति हुँदाहुँदै पनि मेसीले यो सिजन इन्टर मियामीका लागि १२ गोल गरिसकेका छन् अनि १३ अरू गोलमा सहयोगीको भूमिका निभाइसकेका छन् । मेसी भन्छन्, ‘क्लबमा अहिले राम्रो भइरहेको छ, पुराना साथी खेलाडीसँग खेल्न पाउँदा खुसी छु ।’

अहिलेका लागि मेसी आफ्नो सबै ध्यान यही कोपामै भएको मान्छन् । उनको उद्देश्य हो, अर्जेन्टिनालाई एक अर्को ठूलो उपाधि दिलाउन आफूले सक्दो मिहिनेत गर्ने ।

त्यसको अर्थ केभन्दा मेसी लुइस स्वारेज, सर्जियो बुस्क्वेट र जोडी अल्बाजस्ता बार्सिलोना छँदाका साथीसँग खेलिरहन पाउँदा रमाइलो मानिरहेका छन् ।

यस्तै स्थिति अर्जेन्टिनी टिममा पनि छ, मेसीसँगै ३६ वर्षीय एन्जेल डी मारिया अहिले खेलिरहेकै छन् । अहिलेका लागि मेसी आफ्नो सबै ध्यान यही कोपामै भएको मान्छन् । उनको उद्देश्य हो, अर्जेन्टिनालाई एक अर्को ठूलो उपाधि दिलाउन आफूले सक्दो मिहिनेत गर्ने ।अन्त्यमा, सार त्यही हो, मेसी आफ्नो खेल जीवनको अन्तिम कोपा खेलिरहेका छन् ।