फाल्गुन २३, २०८२ शनिबार | ०६:३५:१९
ट्वान्टी-२० विश्वकप २०२६ः फाइनलअघि सबैभन्दा धेरै रन र विकेट लिने खेलाडी आर्सनलको खेल सुन्दर कि कुरुप ? भारतीय टिमले अँगालेको स्यामसन ट्वान्टी-२० विश्वकपः फाइनलमा भारत की न्युजिल्यान्ड ? नयाँ प्रशिक्षक, चुनौती पुरानै एसियाडको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी अर्जेन्टिना र स्पेनबीचको फाइनलिसिमा सान्टियागो बर्नाबेउमा हुने संकेत पटक–पटक स्थगित एन्फा निर्वाचनको नयाँ मिति चैत १३, आन्दोलनको आह्वान प्रिमियर लिगमा टोटनहमको लगातार पाँचौं हार बंगलादेशको लगातार दोस्रो हार, उत्तर कोरिया क्वार्टरफाइनलमा ट्वान्टी-२० विश्वकप २०२६ः फाइनलअघि सबैभन्दा धेरै रन र विकेट लिने खेलाडी आर्सनलको खेल सुन्दर कि कुरुप ? भारतीय टिमले अँगालेको स्यामसन ट्वान्टी-२० विश्वकपः फाइनलमा भारत की न्युजिल्यान्ड ? नयाँ प्रशिक्षक, चुनौती पुरानै एसियाडको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी अर्जेन्टिना र स्पेनबीचको फाइनलिसिमा सान्टियागो बर्नाबेउमा हुने संकेत पटक–पटक स्थगित एन्फा निर्वाचनको नयाँ मिति चैत १३, आन्दोलनको आह्वान प्रिमियर लिगमा टोटनहमको लगातार पाँचौं हार बंगलादेशको लगातार दोस्रो हार, उत्तर कोरिया क्वार्टरफाइनलमा
शनिबारको दिन मैदान बाहिर

काकाले रोक्न नसकेको ‘डिभोर्स’

काठमाडौं । काकाको डिभोर्स (सम्बन्धविच्छेद) भएको पनि १० वर्ष भयो । उनी आफैं हदै ह्यान्डसम थिए र छन् पनि । उनकी पूर्वपत्नी क्यारोलिन पनि असाध्यै सुन्दर थिइन् र छिन् पनि । सन् २०१५ मा उनीहरू छुट्टिएका थिए ।

ब्राजिलका पूर्व फुटबल स्टार काका अहिले ४१ वर्षका भए । के भएको थियो त यो सम्बन्धविच्छेदको क्रममा ? भर्खरै काकाले यसबारे आफ्नो धारणा पोखेका छन् । एउटा पोडकास्टका क्रममा उनले भनेका छन्, ‘मैले डिभोर्स रोक्न सक्दो प्रयास गरें, तर रोक्नै सकिनँ ।’

उनीहरूका दुई सन्तान थिए । मूल कुरा केभन्दा काका कट्टर इसाई हुन् । उनको धार्मिक विश्वासअनुसार पक्का इसाईको जीवनमा एउटै मात्र जीवनसाथी हुन्छ । त्यसैले क्यारोलिनसँग अलग हुन नपरोस भनेर काकाले के-के मात्र गरेनन् ।

 एउटा फुटबल खेलाडीका रूपमा काकाको जीवन भने असाध्यै सफल रहेको थियो । यत्ति कुरा कसैले बिर्सनुहुन्न ।

क्यारोलिनले पनि केही समय अगाडि भनेकी थिइन्, ‘काकाले कहिले पनि मलाई विश्वासघात गरेनन् । बरू उसले मलाई सबथोक दिएको थियो । तर, मलाई नै यो सम्बन्धमा केही न केही नपुगे जस्तो अनुभव भएको थियो ।’

त्यसपछि क्यारोलिनले अर्को विवाह गरिन् । यता डिभोर्सपछि काका मानसिक रूपमा विचलित जस्तै रहे । उही धार्मिक कुरा । काकालाई लाग्थ्यो, पक्का इसाईले बद्मासी काम गर्नुहुन्न । तर, सबैभन्दा ठूलो औषधि भनेकै समय न हो ।

अब त काकाले पनि नयाँ प्रेमिका पाएका छन् । उनको नाम हो, क्यारोलिना । उनको नाम पूर्वपत्नीसँग धेरै हदसम्म मिल्छ । अब उनीहरू विवाह गर्ने योजना बनाइरहेका छन् । एउटा फुटबल खेलाडीका रूपमा काकाको जीवन भने असाध्यै सफल रहेको थियो । यत्ति कुरा कसैले बिर्सनुहुन्न ।

कसरी फसे कोकिन लतमा मर्फी ?

 संन्यास । अझ भनौं रिटायरमेन्ट लाइफ । यी शब्दसँग जोडिएको अर्थ र भाव खुबै गहिरो हुन्छ । लगातार गरिरहेको कामबाट एकाएक रोकिनुपर्दा के हुन्छ त ? विशेषतः खेलाडीले यस्तो अवस्थामा आफूलाई सम्हाल्नै सक्दैनन् ।

यसको एउटा राम्रो उदाहरण त ड्यानी मर्फी हुन् । उनी लिभरपुलका लागि खेलेका नामी र दामी दुवै खेलाडी हुन् । पछि उनले केही समय चार्ल्टन, टोटनहम, फुलहम र ब्ल्याकबर्नका लागि खेले । तर, उनले ख्याति कमाएको भने लिभरपुलमा छँदा नै हो ।

अहिले ४७ वर्ष पुगेका मर्फी भन्छन्, ‘त्यो समय असाध्यै नारकीय रह्यो । त्यस्तो जीवन पनि के जीवन थियो र ?’

अहिले उनी फुटबल पन्डितका रूपमा काम गर्छन् । खेलको विश्लेषण गर्छन् विशेषज्ञका रूपमा । उनले भर्खरै पोडकास्टमा एउटा खुलासा गरेका छन् । त्यो हो, उनको कोकिन सेवनको लत । भएको के थियो भन्दा खेलाडी छँदा उनले सबथोक पाए । 

नाम, दाम र ख्याति । तर खेल्न छाडेलगत्तै उनले अनुभव गरे, यी त अब केही रहेनन् । उनी एकाएक गुमनामजस्तै भए । उनीसामु काम केही थिएन् । फुर्सद नै फुर्सद । यही स्थितिलाई उनले सम्हाल्नै सकेनन् ।

नतिजा मर्फी आफैं कुलतमा धकेलिए । सुरुमा मस्तसँग मदिरा पिए । त्यसलाई मिल्ने गरेर चुरोट तान्न सिके । त्यतिले पनि नपुगेपछि उनी कोकिनको शरणमा पुगे । हुने के नै थियो र ? अहिले ४७ वर्ष पुगेका मर्फी भन्छन्, ‘त्यो समय असाध्यै नारकीय रह्यो । त्यस्तो जीवन पनि के जीवन थियो र ?’

अहिले उनी सुध्रिसके । उल्टै अरूलाई सल्लाह दिने भइसके । उनी भन्छन्, ‘खेलाडीले संन्यासपछि के कस्तो गर्ने हो, त्यसबारे खुबै सोचविचार गर्नुपर्छ ।’ यो त खेलमा मात्र नभई सबैको जीवनमा लागू हुन्छ, होइन र ?