फाल्गुन ३, २०८१ शनिबार | १३:३८:४०
नेपाललाई जित्नैपर्ने दबाब अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा कस्ता छन् नेपालका प्रतिद्वन्द्वी ? फेरि प्रतिबन्धमा पाकिस्तानी फुटबल पालो ब्युँताइएको च्याम्पियन्स ट्रफीको उत्कृष्ट बाहिर, पुरानालाई नै अवसर ग्रिनपिस फाइनलमा कराते खेलाडी विपिनलाई उपचार खर्च हस्तान्तरण चितवनको मार्की खेलाडीमा अञ्जन श्रीलंकालाई एकदिवसीय शृंखला युवा टोलीको नेतृत्व सिमान्त थापामगरले गर्ने नेपाललाई जित्नैपर्ने दबाब अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा कस्ता छन् नेपालका प्रतिद्वन्द्वी ? फेरि प्रतिबन्धमा पाकिस्तानी फुटबल पालो ब्युँताइएको च्याम्पियन्स ट्रफीको उत्कृष्ट बाहिर, पुरानालाई नै अवसर ग्रिनपिस फाइनलमा कराते खेलाडी विपिनलाई उपचार खर्च हस्तान्तरण चितवनको मार्की खेलाडीमा अञ्जन श्रीलंकालाई एकदिवसीय शृंखला युवा टोलीको नेतृत्व सिमान्त थापामगरले गर्ने
शनिबारको दिन जाभी अलोन्सो

जे गरे, ठीक गरेकै हुन् जाभीले ?

काठमाडाैं । जर्मन फुटबलबाट पछिल्लो साता दुईटा कुरा सुन्न पाइयो । पहिलो त बायर्न म्युनिखका प्रशिक्षक थोमस टुचेलले माने, अब आफ्नो क्लबले जर्मन बुन्डेसलिगा जित्ने छैन ।

अर्को, जाभी अलोन्सो बायर लेभरकुसनमै रहनेछन् । पहिलो टुचेलकै कुरा गरौं, बायर्नले पछिल्लो ११ सिजन जर्मन लिगको माथिल्लो डिभिजन लगातार जित्दै आएको थियो । त्यो भनेको सन् २०१३ देखि २०२३ सम्म । तर अब सक्ने छैन । यो सिजन त्यसमा क्रमभंग हुँदैछ ।

युरोपका ठूला पाँच लिगमध्ये कोही कसैले यति धेरै वर्ष लगातार लिग जितेको यो नै सबैभन्दा लामो हो । यस्तोमा जर्मन लिगमा अब एउटा नयाँ इतिहास लेखिनेछ र लिगले नयाँ विजेता पाउनेछ ।

को हो त यो ? भन्न हतार हुन्छ होला । यो अरू कुनै क्लब होइन, लेभरकुसन हो । यो उत्तरी जर्मनको त्यो क्लब हो, जसले अहिलेसम्म आफ्नो सय वर्षभन्दा लामो इतिहासमा कहिल्यै माथिल्लो डिभिजनको लिग जित्न सकेन । अब भने जित्दैछ ।

टुचेलले लिग उपाधि ‘कन्सिड’ गरेको यसै कारण हो । लेभरकुजन पाँचपल्ट लिग उपाधिको नजिक त पुग्यो तर कहिल्यै सकेन । अन्तिम पटक क्लब सन् २०१०/०११ मा उपविजेतामा सीमित रहेको थियो । असाध्यै ठूलो अकल्पनीय नतिजा निस्केन भने लेभरकुसनलाई लिग उपाधि जित्नबाट रोक्न सकिने छैन । यस्तोमा लिग तालिकामै एक नजर लगाऔं न । कुल १८ टिम भिड्ने गर्छ जर्मन बुन्डेसलिगामा । यस्तोमा प्रत्येक टिमले ३४ खेल खेल्नेछ ।

उनी के चाहन्छन् भने आफ्नो भविष्यबारे धेरै प्रश्न उठ्दा लेभरकुसनको समग्र प्रदर्शनमै प्रभाव पार्न सक्छ । यो त उनलाई सह्य हुने छैन । त्यसैले उनले आफू अन्यत्र कतै नजाने भने । यस्तोमा एउटा हल्लाले पूर्णविराम पाएको छ । खासमा जाभीले जे गरे, ठीक गरे । यसले लेभरकुजनमा एकखाले स्थायित्व महसुस गर्न सकिनेछ ।

यस सिजन लिगमा २७ चरणको खेल सकिसकेको छ । भनेपछि अब सातैं चरणमा खेलमात्र बाँकी छन् । यो भयो २१ अंकको खेल । तर अहिले नै लेभरकुसनलाई शीर्ष स्थानमा १३ अंकको ठोस अग्रता प्राप्त छ । टोलीले ७३ अंक हात पारिसकेको छ । ठ्याक्कै भन्ने हो भने लेभरकुसन अद्वितीय प्रदर्शनको क्रममा छ । यो सिजन टोलीले कुनै पनि खेल गुमाएको छैन, अविश्वसनीय रूपमा अविजित छ । यस्तोमा टोलीसामु घरेलु लिग मात्र होइन, जर्मन कप र युरोपा लिग जित्ने अवसर छ ।

जर्मन कपमा त लेभरकुसन फाइनल पनि पुगिसकेको छ । उपाधिका भिडन्तमा टोलीले काइजस्लर्टनको सामना गर्दैछ । युरोपा लिगमा भने क्लब क्वार्टरफाइनल पुगेको छ । अबटोलीको प्रतिद्वन्द्वी वेस्ट ह्याम रहेको छ । यो सबै तथ्यले प्रस्ट पार्छ लेभरकुसन कति धेरै बलियो टिम छ भनेर । यसको धेरैभन्दा धेरै श्रेयचाहिँ प्रशिक्षक तिनै जाभीलाई दिनुपर्छ । खेलाडी छँदा यी स्पेनीले तीन ठूला क्लबाट खेले । ती थिए लिभरपुल, रियाल मड्रिड र त्यही बायर्न ।

यी क्लबबाट खेलेर उनले भए जति उपाधि जिते । उनको पहिलो क्लब भने रियाल सोसिडाड थियो । संयोग कस्तो भने अर्को सिजनका लागि लिभरपुल र बायर्नलाई नयाँ प्रशिक्षक चाहिएको छ । योर्गन क्लोप आफू असाध्यै थाकें भनेर लिभरपुल छाड्दै छन् ।

क्लबको खराब प्रदर्शनका कारण टुचेल भने बायर्न छाड्ने क्रममा छन् । सायद अबको एकाध वर्षमा रियाललाई पनि नयाँ प्रशिक्षक चाहिन सक्नेछ । यस्तोमा सबैको अनुमान छ, अर्को सिजन जाभी लेभरकुसन छाडेर लिभरपुल वा बायर्न जानेछन् ।

तर, होइन । सबै शंका उपशंकाबीच जाभीले भनेका छन्, ‘म लेभरकुसनमै रहने छु । मैले यो क्लबमा रहने गर्नुपर्ने काम धेरै बाँकी छ ।’

उनी के चाहन्छन् भने आफ्नो भविष्यबारे धेरै प्रश्न उठ्दा लेभरकुसनको समग्र प्रदर्शनमै प्रभाव पार्न सक्छ । यो त उनलाई सह्य हुने छैन । त्यसैले उनले आफू अन्यत्र कतै नजाने भने । यस्तोमा एउटा हल्लाले पूर्णविराम पाएको छ । खासमा जाभीले जे गरे, ठीक गरे । यसले लेभरकुसनमा एकखाले स्थायित्व महसुस गर्न सकिन्छ ।

एउटा अर्को कुरा । सायद त्यस्तो दिन पनि टाढा हुने छैन, जतिबेला उनी साँच्चै लिभरपुल, बायर्न वा रियाल जानेछन् । यस्तो किनभन्दा जाभीले अहिलेसम्मको प्रदर्शनबाट के साबित गरिसके भने उनी भविष्यका सबैभन्दा ठूला स्टार प्रशिक्षक हुन् । उनको माग अत्यधिक रहनेछ । हुनसक्छ, लेभरकुसनले उनलाई धेरै वर्ष आफूमै सीमित राख्न सक्ने छैन । जाभीको पनि त इच्छा हुँदो हो, ठुल्ठूला क्लबका लागि ठुल्ठूला उपाधि जित्ने ।