चैत्र १०, २०८२ मंगलबार | २३:५३:०२
नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य
शनिबारको दिन स्येन गोरान एरिक्सन

एरिक्सनको लिभरपुलमा पूरा भएको सपना

काठमाडौं । स्येन गोरान एरिक्सन । उनी कुनै समय इङ्लिस फुटबल टिमका प्रशिक्षक थिए । त्यतिबेला इङ्लिस टिम एकसेएक स्टार खेलाडीले भरिएको थियो । त्यो त भयो डेविड बेकहम, स्टेफन जेरार्डदेखि उनका साथी खेलाडीको जमाना ।

स्विडेनी एरिक्सन इङ्लिस फुटबल टिम सम्हाल्ने पहिलो विदेशी थिए । त्यसैले उनको नियुक्तिसँगै इङ्लिस फुटबलमा बहस छेडिएको थियो । के इङ्ल्यान्डमा कोही आफ्नै भरपर्दो प्रशिक्षक रहेन त ?

पछिल्लो समय एरिक्सनबारे एउटा नयाँ समाचार आयो, जुन दुःखद थियो । उनलाई टर्मिनल क्यान्सर भएको रहेछ । उनले आफैं मिडियालाई भनेका छन्, ‘अब धेरै बाँचिन्न । सायद एकाध वर्षमात्रै ।’

अहिले उनी ७६ वर्षका भए । फेरि अहिले नै उनको चर्चा किनभन्दा उनले सानैदेखि साँचेको एउटा सपना पूरा भएको छ । यसका लागि उनी असाध्यै खुसी छन् ।

‘अब मर्दा पनि खुसी–खुसीले मर्न सक्छु,’ भावनामा बगेर उनले यस्तै आशय दिएर बोलेका छन् । भएको के थियोभन्दा उनले इङ्लिस टिममात्र होइन, अरू ठुल्ठूला क्लबको व्यवस्थापन पनि सम्हाले । जस्तो बेन्फिका, एएस रोमा, फिओरेन्टिना, साम्पडोरिया, लाजियो, म्यानचेस्टर सिटीदेखि लेस्टर सिटीसम्म ।

तर, उनले आफूलाई सबैभन्दा मनपर्ने क्लब लिभरपुल भने सम्हाल्न पाएनन् । कुरा नचलेको पनि होइन, तर यो कहिल्यै सम्भव भएन । उनका बुवाको नाम पनि स्येन नै हो । उनी लिभरपुलका जबरदस्त समर्थक रहेछन् । लिभरपुलको कुनै खेल नछुटाउने । बुवाकै प्रभावले छोरा स्येन लिभरपुलकै समर्थक भए । यो तथ्य सबैलाई थाहा थियो ।

साता दिनअगाडि लिभरपुलको घरेलु मैदानमा एउटा मैत्रीपूर्ण खेल भयो । जसमा भिडेका थिए लिभरपुल र आयाक्सका पूर्वखेलाडीहरू । त्यो खेलको नतिजा के नै महत्त्वपूर्ण रह्यो र ? महत्त्वपूर्ण के रह्यो भने त्यस भेट्रान लिभरपुल टिमका प्रशिक्षकको भूमिका थिए तिनै एरिक्सन । फेरि एकपल्ट एनफिल्ड भरिभराउ थियो । यी सबै समर्थक एरिक्सनको सम्मानमा त्यहाँ आएका थिए ।

एनफिल्डलाई विश्व फुटबलकै सबैभन्दा प्रतिष्ठित मैदान मान्नेमा एरिक्सन पनि रहेछन् । भनिन्छ, विपक्षी टिमका लागि एनफिल्डमा जत्तिको खेल्न गाह्रो अन्यत्र कतै हुन्न । जेहोस्, खेल लिभरपुलले ४–२ ले जित्यो । त्यही खेलपछि एरिक्सनले भनेका हुन्, ‘मेरो त ठूलै सपना पूरा भएको छ, जुन मैले सानैदेखि साँचेको थिएँ ।’

एरिक्सनलाई पहिला जस्तो देखिएको थियो, अहिले पनि उनी त्यस्तै छन् । अलि बिरामी नै देखिए । तर खेलका क्रममा जति पटक उनीमाथि क्यामरा तेर्सियो, उनको अनुहारमा हाँसो र खुसी छचल्कन्थ्यो । उनी जत्तिको फुटबल लिजेन्डलाई यसरी प्रशन्न मुद्रामा देख्न पाउनु ठूलो हो । सबैको एउटै कामना हो, चिकित्सा विधालाई स्तब्ध बनाएर उनी धेरैभन्दा धेरै बाँचुन् ।