फाल्गुन २, २०८२ शनिबार | १९:५२:१९
आर्मीमाथि फराकिलो जित हासिल गर्दै मछिन्द्र झापा गोल्डकपको फाइनलमा प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम क्रिकेट टिमलाई चाहिएको समर्थन राष्ट्रिय हक्की सोमबारदेखि प्लानिङ ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा एपिएफ झापा गोल्डकपको फाइनलमा आर्मीमाथि फराकिलो जित हासिल गर्दै मछिन्द्र झापा गोल्डकपको फाइनलमा प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम क्रिकेट टिमलाई चाहिएको समर्थन राष्ट्रिय हक्की सोमबारदेखि प्लानिङ ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा एपिएफ झापा गोल्डकपको फाइनलमा
शनिबारको दिन आन्द्रेस ब्रेहमे

रहेनन् अर्का विश्वकप नायक ब्रेहमे

काठमाडौं । सन् १९९० को विश्वकप फुटबलको फाइनल त्यति मज्जाको रहेन । यस्तै यस्तै भनिन्छ । फाइनलमा भिडेका थिए तत्कालीन पश्चिम जर्मनी र अर्जेन्टिना । यो फाइनल चार वर्षअगाडिको विश्वकपको उपाधि भिडन्तकै पुनरावृत्ति थियो ।

त्यसमा डिएगो म्याराडोनाको अर्जेन्टिनाले पश्चिम जर्मनीलाई ३-२ ले हराएको थियो । यो भयो मेक्सिकोमा भएको विश्वकप । चार वर्षपछि इटालीमा भएको विश्वकप फाइनलमा फेरि एकपल्ट तिनै दुई टिम पुगे । नतिजा भने फरक रह्यो ।

ब्रेहमे आफैंमा जब्बर रक्षक थिए । दुवै खुट्टाले उत्तिकै खेल्न सक्थे । फाइनलमा भने उनले पेनाल्टीबाट गोल गरेका थिए ।

त्यसमा पश्चिम जर्मनी १-० ले मात्रै विजयी भयो । विश्व फुटबलको यो त्यो कालखण्ड थियो, जतिबेला गोल निकै कम हुन्थ्यो । रक्षपंक्तीमा बढी जोड दिइन्थ्यो । त्यस फाइनलमा गोल गर्ने खेलाडी थिए, आन्द्रेस ब्रेहमे । उनकै यसै साता निधन भएको छ ।

यसक्रममा विश्व फुटबलले एक अर्काे विश्वकप नायकलाई गुमाएको छ । ब्रेहमे आफैंमा जब्बर रक्षक थिए । दुवै खुट्टाले उत्तिकै खेल्न सक्थे । फाइनलमा भने उनले पेनाल्टीबाट गोल गरेका थिए ।

तत्कालीन पश्चिम जर्मनी टिममा राम्रा फरवार्ड उत्तिकै थिए । अझ कप्तान लोथर म्याथ्युज पेनाल्टी प्रहारका लागि पहिलो रोजाइ थिए । तर, उनले प्रहार नै गरेनन् ।

खासमा यसको एउटा रमाइलो कथा छ । पहिलो हाफमा खासै राम्रो खेल्न नसकेपछि म्याथ्युजले एउटा निर्णय लिए, दोस्रो हाफमा मैदानमा प्रवेश गर्दा नयाँ बुट लगाउने । यसरी उनी बुट फेरेर मैदानमा पुगे, त्यसैले उनले पेनाल्टीका लागि आफूलाई मानसिक रूपमा बलियो नै बनाउन सकेनन् ।

यति ठूलो उपलब्धिका बावजुत पनि ब्रेहमेको नाम त्यति धेरै लिने गरिन्न, जति अरू विश्वकप खेलाडीको लिइन्छ । किन त ? यसको पनि उत्तिकै सटिक उत्तर पाइन्छ । 

त्यसैले प्रहार गर्न अगाडि नै सरेनन् । सायद अरू फरवार्ड पनि दुविधामा परे । यस्तोमा ब्रेहमे नै अगाडि सरे र गोल पनि गरे । यसरी उनको नाममा जोडियो, विश्वकप फाइनलमा गोल गरेको ऐतिहासिक प्रदर्शन ।

यति ठूलो उपलब्धिका बावजुत पनि ब्रेहमेको नाम त्यति धेरै लिने गरिन्न, जति अरू विश्वकप खेलाडीको लिइन्छ । किन त ? यसको पनि उत्तिकै सटिक उत्तर पाइन्छ । खासमा यो हो, जर्मन फुटबलको वास्तविक विजेता । जर्मनी विश्व फुटबलकै सबैभन्दा सफल देश हो ।

तर, यो देशमा फुटबलमा असाध्यै ठूला स्टार कमै छन् । छैन नै भन्दा हुन्छ । कारण हो, जर्मन फुटबलको ‘फिलोसफी’ नै हो, टिमको प्रदर्शनमा जोड दिने, खेलाडीको व्यक्तिगत प्रदर्शनमा होइन । ब्रेहमे यही नीतिमा हुर्केबढेका खेलाडी रहे ।

उनको निधनको सबैभन्दा पहिले पुष्टि गर्ने क्लब थियो बायर्न म्युनिख । यसका लागि उनले सन् १९८७ मा बुन्डेसलिगा पनि जिते । तर उनको खास क्लब भने यो होइन, क्लाइजरस्र्लटन हो । फेरि यो यस्तो क्लब रह्यो, जसले जर्मन घरेलु फुटबलमा खासै धेरै केही जित्न सकेको छैन ।

पक्कै पनि उनले जति धेरै राम्रो खेले, त्यसैअनुसार चर्चामा रहेनन् ।

लगभग दस सिजन ब्रेहमेले क्लाइजरस्र्लटनमा बिताए । पछि उनी त्यसको प्रशिक्षक पनि भए । जर्मनी बाहिर भने ब्रेहमेले खेलेको मुख्य क्लब भने इन्टर मिलान हो । त्यतिबेला इन्टर तीन जर्मन खेलाडीमा टिकेको थियो, तिनै ब्रेहमेसँगै योर्गन क्लिन्सम्यान र म्याथ्युज ।

इन्टरबाट खेल्दै उनले युइएफए कप र सिरी ‘ए’ एक/एक पटक जिते । पक्कै पनि उनले जति धेरै राम्रो खेले, त्यसैअनुसार चर्चामा रहेनन् । जतिबेला उनको निधन भयो । सबैले एउटै खाले महसुस गरे, उनी जर्मनीका महान खेलाडीमध्ये एक हुन् ।