एएफसी एसियन कप

आफ्नो भूमिमा कतारलाई अवसर, जोर्डन रोकिएला ?

काठमाडौं । यसपल्टको एसियन कप फुटबल २०२३ को विशेषता भन्नु नै अप्रत्यासित नतिजा र त्यसलाई सुहाउँदो आश्चर्य रह्यो । कतारमा चलिरहेको यसपल्टको प्रतियोगितामा अब एक खेलमात्र बाँकी छ । यो हो फाइनल । त्यसमा भिड्दै छन् आयोजक कतार र जोर्डन । कतार त साबिक विजेता पनि हो । त्यसपछि जोर्डन । पूरा प्रतियोगिताकै अविश्वसनीय टिम । फाइनल अगाडि पनि आस र भरोसा यही छ, यसले पनि यस्तै अप्रत्यासित नतिजा दिनेछ ।

अनि सबै आश्चर्यमा पर्नेछन् । फाइनल हुनेछ ८० हजार दर्शक क्षमताको लुसेल स्टेडियममा । एक वर्षअगाडिसम्म त्यहाँ लियोनल मेसीको अर्जेन्टिनाले फ्रान्सलाई हराएर विश्वकपको उपाधि जितेको थियो ।

कुनै टिम फाइनल पुग्न सकेनन् । तर पुग्यो, जोर्डन । क्वाटरफाइनलमा जापान इरानसँग पराजित भएको थियो । यही इरानलाई सेमिफाइनलमा कतारले हरायो ।

त्यस विश्वकपमा सबैभन्दा खराब प्रदर्शन गर्ने टिममध्ये एक रहेको कतार एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको फाइनल पुगेको छ । टोलीको हैसियत पनि दमदार छ, आयोजक अनि डिफेन्डिङ च्याम्पियन ।

एक प्रकारले कतारले तय गरेको यात्रा आफैंमा धेरै आश्चर्यजनक छैन, जति जोर्डनको फाइनल प्रवेश छ । यो टिमको वरीयता हो ८७औं । प्रतियोगिता सुरु हुनु अगाडि केही टिमसँग ठुल्ठूला आस थियो । जस्तो जापान, दक्षिण कोरिया अनि साउदी अरेबिया, अस्ट्रेलिया र इरानसम्म । यसमध्ये कुनै टिम फाइनल पुग्न सकेनन् । तर पुग्यो, जोर्डन । क्वाटरफाइनलमा जापान इरानसँग पराजित भएको थियो । यही इरानलाई सेमिफाइनलमा कतारले हरायो ।

फाइनल प्रवेश गरेयता कतारको एउटै उद्देश्य हुनेछ, विश्वकपको आफ्नो खराव प्रदर्शनलाई इतिहासमै सीमित राख्ने । त्यो प्रदर्शनलाई बिर्साउन अहिलेको फाइनलले मद्दत गर्ने । खासमा कुरा के हो भन्दा कतारले त्यस विश्वकपका लिग चरणका तीनै खेल गुमाएको थियो । आयोजकका रूपमा कुनै पनि टिमको यो जत्तिको खराब प्रदर्शन त्यसअघि भएकै थिएन । कतार साँच्चै त्यही प्रदर्शनलाई बिर्सन चाहन्छ । यसका लागि टोलीले एसियन कपको उपाधि जित्नुपर्नेछ ।

यसमा बाधा पु¥याउन सक्ने एउटै टिम जोर्डन हो । जोर्डनले तय गरेको अहिलेसम्मको यात्रा आश्चर्यजनक रहेको भए पनि त्यसलाई अस्वाभाविक भने पटक्कै मान्नुपर्दैन । किनभने जोर्डनले राम्रो फुटबल खेलेको छ, मीठो फुटबल खेलेको छ अनि आक्रामक फुटबल खेलेको छ ।

जोर्डनविरुद्ध दक्षिण कोरियाले खासै आक्रमण बुन्न सकेन । एउटै प्रहार ‘सट अन टार्गेट’ मा थिएनभन्दा हुन्छ । यस्तोमा जोर्डन फाइनल खेल्न असाध्यै उत्साहित हुनेछ । तर, फाइनलमा टोलीले सामना गर्ने कतार फरक प्रतिद्वन्द्वी हुनेछ ।

यो टिम परेको थियो लिग चरणमा समूह ‘ई’ मा । खासै धेरै गर्न सकेन । एउटा खेल जित्यो, अर्को बराबरी खेल्यो अनि एकमा हा¥यो । तेस्रो हुने एक उत्कृष्ट टिम भएर टोली नकआउट चरण पुग्यो ।

तेस्रो हुने ६ टिममध्ये सबैभन्दा शीर्षमा जोर्डन नै थियो । यहाँबाट भने टोलीको अविश्वसनीय खेल सुरु भयो । अन्तिम १६ मा जोर्डनको सिकार बन्यो पूर्वविजेता इराक । त्यो खेल जोर्डनले ३-२ ले जितेको थियो ।

त्यसपछि जोर्डनले प्रतियोगिताकै अर्को आश्चर्यजनक टिम ताजकिस्तानलाई हरायो १-० ले । सेमिफाइनलमा भने तहल्का नै मच्चायो अर्को पूर्वविजेता दक्षिण कोरियालाई हराएर । त्यसमा जोर्डन २-० ले विजयी भएको थियो ।

त्यो खेलमा जोर्डनविरुद्ध दक्षिण कोरियाले खासै आक्रमण बुन्न सकेन । एउटै प्रहार ‘सट अन टार्गेट’ मा थिएनभन्दा हुन्छ । यस्तोमा जोर्डन फाइनल खेल्न असाध्यै उत्साहित हुनेछ । तर, फाइनलमा टोलीले सामना गर्ने कतार फरक प्रतिद्वन्द्वी हुनेछ ।

कतारसँग सबैभन्दा ठूलो अस्त्र रहनेछ घरेलु टिमका समर्थक । जेहोस्, फाइनल राम्रो हुने अपेक्षा गर्न सकिन्छ । सबैभन्दा मुख्य कुरा, यसपल्टको एसियाली फुटबलको सबैभन्दा ठूला प्रतियोगिता आफैंमा सानदार रहेको छ । अब त्यसमा पूर्णविराम मात्र लाग्न बाँकी छ ।