माघ ५, २०८२ सोमबार | ०४:०५:४१
एन्फा राष्ट्रिय लिगः संकटा, एपिएफ र जावलाखेल विजयी साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र बंगलादेशको जित तेस्रो पक्षको हस्तक्षेप भए नेपाली फुटबल निलम्बनमा पर्नेछः महासचिव राई एन्फा निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश नाटकीय बराबरी खेल्दै भारतले नेपालसँग अंक खोस्यो कोशी प्राइड लिग सोमपाल, करण र गुल्शनले खेल्ने पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित थाइल्यान्डसामू नेपालको सामान्य लक्ष्य नेपालविरुद्ध थाइल्यान्ड टस जितेर बलिङ गर्दै रियाल र बार्सिलोनाको दूरी एक अंकमा झर्यो एन्फा राष्ट्रिय लिगः संकटा, एपिएफ र जावलाखेल विजयी साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र बंगलादेशको जित तेस्रो पक्षको हस्तक्षेप भए नेपाली फुटबल निलम्बनमा पर्नेछः महासचिव राई एन्फा निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश नाटकीय बराबरी खेल्दै भारतले नेपालसँग अंक खोस्यो कोशी प्राइड लिग सोमपाल, करण र गुल्शनले खेल्ने पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित थाइल्यान्डसामू नेपालको सामान्य लक्ष्य नेपालविरुद्ध थाइल्यान्ड टस जितेर बलिङ गर्दै रियाल र बार्सिलोनाको दूरी एक अंकमा झर्यो
शनिबारको दिन एसिया कप

कतारमै एसिया कप रौनक, बलियो को ?

काठमाडौं । फुटबलको विश्वकप सकिएको एक वर्षभन्दा बढी के भएको छ, त्यहीं कतारमा एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता सुरु भइसकेको छ ।

हिजो शुक्रबारदेखि एसिया कप फुटबल सुरु भएको हो । अबको चार साता एसियाली फुटबलमा रुचि हुने जत्तिको ध्यान यही प्रतियोगितामा हुनेछ ।

कतारमा भएको पछिल्लो विश्वकप लियोनल मेसीको अर्जेन्टिनाले जितेको थियो । अर्जेन्टिनाले फाइनलमा फ्रान्सलाई पराजित गरेको हो । एसिया कप सुरु भइसक्दा कतार फेरि एकपल्ट फुटबलमय हुनेछ तर फरक स्वादको ।यो प्रतियोगिताले दिन खोज्ने सबैभन्दा ठूलो प्रश्नको उत्तर हो, एसियाली फुटबलमा बलियो को त ? कतार आयोजकमात्र होइन, डिफेन्डिङ च्याम्पियन हो । पछिल्लो एसिया कप यूएईमा भएको थियो, त्यसको फाइनलमा कतारले अप्रत्याशित ढंगमा जापानलाई हराएको थियो । 

कतारले आफ्नै भूमिमा के एसिया कप उपाधिको रक्षा गर्ने छ त ? सायद गाह्रो हुनेछ । बरू एकपल्ट फेरि जापान नै बलियो प्रत्याशी रहनेछ । किनभने जापान एसियाको नम्बर एक टिम हो ।

फेरि एसिया कप इतिहासकै यो सबैभन्दा सफल टिम हो जापान । टोलीले कीर्तिमान चारपल्ट यसको उपाधि जितेको छ । त्यसपछि सायद दक्षिण कोरिया उत्तिकै बलियो टिम रहनेछ । यसको सबैभन्दा ठूलो अस्त्र रहनेछ, इङ्लिस प्रिमियर लिगमा टोटनहमको कप्तान रहेका सन ह्युङ–मिन । उनी प्रतियोगिताकै सबैभन्दा ठूला स्टार हुनेछन्, यसमा कुनै शंका छैन । यसपल्टको एसिया कप पूर्वविजेताहरू अस्ट्रेलिया, इरान र साउदी अरेबिया छन् ।

खासमा यो प्रतियोगिता एक वर्षअघि नै हुनुपर्ने हो तर हुन सकेन । त्यो बेलाको आयोजक थियो चीन । त्यतिबेलासम्म चीनमा कोरोना भाइरस संक्रमणको महामारी पूर्णतः उन्मूलन भइसकेको थिएन । 

त्यसमध्ये दुई खाडी देश फुटबलमा उत्तिकै बलिया छन् । फेरि यी सबै टिमसँग कतारमै त्यही विश्वकप खेलेको अनुभव पनि छ । प्रतियोगितामा कुल २४ टिमको सहभागिता छ । तिनै टिमलाई ६ समूहमा विभाजन गरिएको छ । सुरुमा लिग चरणको खेल हुनेछ । प्रत्येक समूहका शीर्ष दुई स्थानमा आउने टिमले सिधै अन्तिम १६ मा प्रवेश पाउनेछन् । प्रत्येक समूहको तेस्रो स्थानमा रहेका टिममध्ये उत्कृष्ट चारले पनि नकआउट चरणमा स्थान बनाउने छन् ।  

समूह ‘ए’ मा कतार, चीन, ताजकिस्तान र लेवनान छन् । हिजो उद्घाटन खेलमा कतारले लेवनानको सामना गरिसकेको छ । खासमा यो प्रतियोगिता एक वर्षअघि नै हुनुपर्ने हो तर हुन सकेन । त्यो बेलाको आयोजक थियो चीन । त्यतिबेलासम्म चीनमा कोरोना भाइरस संक्रमणको महामारी पूर्णतः उन्मूलन भइसकेको थिएन । त्यसैले चीनले आयोजना गर्न नसक्ने बाध्यता अगाडि सारेको थियो । यस्तोमा कतारले प्रतियोगिता आयोजना गर्ने साहस देखायो ।

समूह ‘बी’ अस्ट्रेलिया, उज्वेकिस्तान, भारत र सिरिया, समूह ‘सी’ मा इरान, युएई, हङकङ र प्यालेस्टाइन, समूह ‘डी’ मा जापान, इन्डोनेसिया, इराक र भियतनाम छन् । समूह ‘ई’ मा दक्षिण कोरिया, मलेसिया, जोर्डन र बहराइन तथा समूह ‘एफ’ मा साउदी अरेबिया, थाइल्यान्ड, किर्गिस्तान र ओमान छन् । भनिन्छ, विश्व फुटबलका लागि अबको सबैभन्दा ठूलो बजार भनेकै एसिया हो । केही हदसम्म हो । तर स्तरमा कहाँ छ त ? यो प्रतियोगिताले यसको उत्तर दिन प्रयास गर्नेछ ।