फाल्गुन १५, २०८२ शुक्रबार | ०१:०२:५९
भारतले जिम्बाव्वेलाई हरायो, निर्णायक खेल वेष्ट इन्डिजसँग खेल्ने जिलेश्पी चम्किँदा आर्मीले जावलाखेललाई हरायो गुरुङ दम्पत्तिबाट सूर्यबहादुर केसी स्मृति सहारा एकेडेमीमा फ्लडलाइट जडान एनएनआईपीए स्पोर्ट्स अवार्ड चैत २० मा तृतको शतकमा आर्मी अगाडी तेजस्वी र केभीकेएसएस फाइनलमा पुलिसको ६० रनको अग्रता टेनिस टोलीको बिदाइ प्लानिङले शीर्ष स्थानमा उक्लिने अवसर गुमायो एमबाप्पे चाँडै निको भएर मैदान फर्किने रियालको आशा भारतले जिम्बाव्वेलाई हरायो, निर्णायक खेल वेष्ट इन्डिजसँग खेल्ने जिलेश्पी चम्किँदा आर्मीले जावलाखेललाई हरायो गुरुङ दम्पत्तिबाट सूर्यबहादुर केसी स्मृति सहारा एकेडेमीमा फ्लडलाइट जडान एनएनआईपीए स्पोर्ट्स अवार्ड चैत २० मा तृतको शतकमा आर्मी अगाडी तेजस्वी र केभीकेएसएस फाइनलमा पुलिसको ६० रनको अग्रता टेनिस टोलीको बिदाइ प्लानिङले शीर्ष स्थानमा उक्लिने अवसर गुमायो एमबाप्पे चाँडै निको भएर मैदान फर्किने रियालको आशा
शनिबारको दिन नेपाल सुपर लिग

सर्वोेत्कृष्ट खेलाडीको दौडमा देवेन्द्र र अनन्त

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण आज (शनिबार) सकिँदै छ । देशकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिताको उपाधिका लागि साबिक विजेता धनगढी एफसी र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताले धनगढी र ललितपुरमध्ये एक नयाँ च्याम्पियन पाउने छ । आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकामध्ये एक खेलाडीलाई सर्वाेत्कृष्ट खेलाडीबाट पुरस्कृत गर्नेछ ।

प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडीको दौडमा दुई नेपाली रक्षक छन् । उसो त जारी एनएसएलमा नेपालीको तुलनामा विदेशी खेलाडीको प्रभाव बढी थियो । धेरैजसो नतिजा नै विदेशी खेलाडीको प्रदर्शनले निर्धारण गरेका छन् ।

तर, सर्वाधिक खेल खेल्ने र ‘फेयर प्ले’का कारण धनगढीका कप्तान देवेन्द्र तामाङ र ललितपुरका कप्तान अनन्त तामाङ नै सर्वाेत्कृष्ट खेलाडीको दाबेदारमा सबैभन्दा अगाडि देखिएका छन् ।

यिनै दुई रक्षकको सानदार प्रदर्शनसँगै दुवै टोली फाइनल पुगेकै कारण पनि देवेन्द्र र अनन्तको सम्भावना उच्च छ । धनगढीका रक्षक देवेन्द्रले प्रतियोगितामा आफ्नो प्रभाव मज्जाले देखाए । धनगढीले खेलेका ९ खेलमै टोलीको कप्तानी गरे । सबै खेलमा उनले पूरा मिनेट मैदान बिताएका छन् ।

पछिल्लो खेलमा पोखरा थन्डर्सविरुद्ध निर्धारित समयमा उनकै गोलबाट धनगढीले खेल बराबरीमा ल्याएको थियो ।  मैदानमा १२० मिनेट निरन्तर खटेका देवेन्द्रले टाइब्रेकरमा अन्तिम पेनाल्टी प्रहार गरे । त्यही पेनाल्टीबाट लिएको अग्रताले धनगढीलाई विजेता बनाउँदै लगातार दोस्रो पटक फाइनल पुर्याएको थियो ।

धनगढीका मार्की खेलाडी आशिष चौधरी हुन् । अन्य टोलीले मार्कीलाई नै कप्तानको जिम्मेवारी दिँदा धनगढीमा भने अनुभवी देवेन्द्रले आर्मब्यान्ड पाएका थिए । अक्सनमा धनगढी भाग्यमानी पनि रह्यो ।

‘ए’ श्रेणीका देवेन्द्रलाई अन्य ८ टोलीले मूल्य नै नलगाएपछि धनगढीले राष्ट्रिय टोलीका प्रभावशाली रक्षक प्राप्त गरेको थियो । खासमा देवेन्द्र एनएसएलअघि नै अस्ट्रेलिया उड्ने हल्लाका कारण कुनै पनि टिम उनका लागि बोली लगाउन तयार भएनन् । जसको फाइदा देवेन्द्रको योजना बुझेको धनगढीले उठायो ।

ललितपुरका मार्की तथा कप्तान अनन्त तामाङ सर्वोत्कृष्ट खेलाडी पुरस्कारको अर्का दाबेदार हुन् । ललितपुरले खेलेका सबै १० खेलमै अनन्तले पूरा समय मैदानमा बिताएका छन् । पहिलो खेलमै उनले बुटवल लुम्बिनीविरुद्ध गोल गरेका थिए । ललितपुरले राष्ट्रिय टोलीका मुख्य रक्षक अनन्तलाई मार्की खेलाडीमा अनुबन्ध गरेको थियो । उत्कृष्ट विदेशी खेलाडीमाझ अनन्तको साथले ललितपुरको प्रदर्शन पनि स्तरीय रह्यो ।

सर्वाेत्कृष्ट खेलाडीको दौडमा ललितपुरकै नाइजेरियन स्ट्राइकर इमोह इजेकिएल पनि छन् । उनले पनि सबै खेल पूरा समय खेल्दै ४ गोल गरेका छन् । इमोह पहिलो पटक नेपाली फुटबलमा देखिएका हुन् ।

ललितपुरका रक्षक सनिश श्रेष्ठले पनि उत्कृष्ट प्रदर्शन गर्दै आफूलाई सर्वोत्कृष्ट खेलाडीको दाबेदारमध्ये एकका रूपमा उभ्याएका छन् । एक खेलमा घाइते भएर मैदान बाहिर रहेका सनिशको प्रदर्शनमा धेरैको नजर परेको छ ।

यसैगरी औसत टोलीबीच आफ्नो प्रभाव जमाएका धनगढीका लेवनानी स्ट्राइकर अहमद हिजाजी र गोलकिपर मोहम्मद ताहा पनि प्रतिस्पर्धाको दौडमा छन् ।

आयोजकले सर्वाेत्कृष्ट खेलाडीलाई गोल्डेन बलसहित २ लाख रुपैयाँ नगदबाट पुरस्कृत गर्नेछ । आयोजकले प्रतियोगिता सम्पन्न भएसँगै सर्वाेत्कृष्ट खेलाडी घोषणा गर्नेछ ।