फाल्गुन २, २०८२ शनिबार | १९:१७:३७
आर्मीमाथि फराकिलो जित हासिल गर्दै मछिन्द्र झापा गोल्डकपको फाइनलमा प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम क्रिकेट टिमलाई चाहिएको समर्थन राष्ट्रिय हक्की सोमबारदेखि प्लानिङ ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा एपिएफ झापा गोल्डकपको फाइनलमा आर्मीमाथि फराकिलो जित हासिल गर्दै मछिन्द्र झापा गोल्डकपको फाइनलमा प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम क्रिकेट टिमलाई चाहिएको समर्थन राष्ट्रिय हक्की सोमबारदेखि प्लानिङ ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा एपिएफ झापा गोल्डकपको फाइनलमा
शनिबारको दिन नेपाल सुपर लिग

‘रोलर कोस्टर’पछिको यो फाइनल

काठमाडौं । ‘रोलर कोस्टर’ मा कति धेरै सनसनी हुन्छ, त्यसमा बसेकाहरूलाई थाहा हुन्छ । अझ हेर्दा नै पुग्छ बुझ्नमात्र । यसमा एकपल्ट माथि नै पुगिन्छ, तल पनि आइन्छ । त्यो पनि एकै क्षणमा ।

यो ‘रोलर कोस्टर’ को चर्चा किनभन्दा ललितपुर सिटी एफसीका प्रशिक्षक इयान एन्ड्रयु गिलानले एउटा प्रश्नमा ठ्याक्कै यही उत्तर दिएका थिए । प्रश्न थियो त, ललितपुरको नेपाल सुपर लिगको फाइनल यात्रा कस्तो रह्यो ?

त्यसको आशय त यही (रोलर कोस्टर) जस्तै रह्यो नि ललितपुर सिटी एकपछि अर्को उतारचढाव सहँदै दोस्रो नेपाल सुपर लिगको फाइनल पुगेको हो ।

पोखराविरुद्धको त्यस खेलमा धनगढी एकपल्ट होइन, दुईपल्ट होइन, तीनपल्ट पछाडि परेको थियो । सुरुमा १-० ले । त्यसपछि २-१ ले । अन्त्यमा टाइब्रेकरमा ३-२ ले । तर तीनै अवसरमा टिम खेलमा फर्कन सफल रह्यो । 

आज प्रतियोगिताको फाइनल । दशरथ रंगशालामा हुने यो उपाधिको भिडन्तमा छन् यही ललितपुर सिटी र धनगढी एफसी । धनगढीले पहिलो क्वालिफायरमा पोखरा थन्डर्सलाई पेनाल्टी शुटआउटमा हराएको थियो ।

संयोग कस्तो भने जुन टिमले निर्णायक मोडको प्लेअफ खेलमा पोखरालाई हरायो, त्यही टिम फाइनल पुग्यो । ललितपुरले भने दोस्रो क्वालिफायरमा उही पोखरालाई हराएको हो । धनगढीको फाइनल यात्रा पनि ठ्याक्कै ‘रोलर कोस्टर’ नै रह्यो ।

पोखराविरुद्धको त्यस खेलमा धनगढी एकपल्ट होइन, दुईपल्ट होइन, तीनपल्ट पछाडि परेको थियो । सुरुमा १-० ले । त्यसपछि २-१ ले । अन्त्यमा टाइब्रेकरमा ३-२ ले । तर तीनै अवसरमा टिम खेलमा फर्कन सफल रह्यो । सबैभन्दा पहिले निर्धारित समयको खेल १-१ को बराबरीमा टुंगियो । त्यसपछि अतिरिक्त समयको खेल २-२ मा पुग्यो । टाइब्रेकरमा भने धनगढी ४-३ ले विजयी रह्यो । यो खेलपछि धनगढीका प्रशिक्षक युगलकिशोर राईले माने, ठूलै राहत पो मिल्यो यो जितमा ।

यो खेल पूरा प्रतियोगिताकै सबैभन्दा उत्कृष्ट रह्यो । अझ सके पछिल्लो समय जहाँसम्म सम्झनामा रहन्छ, दशरथ रंगशालामा भएको एक उत्कृष्ट खेल । यस्तो खेलको विशेषता कस्तो हुन्छ भने जित्ने टिममा अपार खुसी छाउँछ । हार्नेमा त्योभन्दा धेरै दुःख ।

पोखरा थन्डर्स दोस्रो क्वालिफायरमा हारेको पनि त्यही हारको पीडामुक्त हुन नसकेकाले त हो । जेहोस्, फाइनलअगाडि त्यही जितमा टिकेर धनगढी सकारात्मक रहनेछ । टोलीलाई हुने सबैभन्दा ठूलो फाइदा हो, चार दिनको आराम ।

यो खेल सोमबार भएको थियो । फाइनल हुँदै छ शनिबार । यस्तोमा धनगढीसँग सबैभन्दा बलियो पक्ष चार दिन आराम लिएर ताजा महसुस गरिरहेका खेलाडी हुनेछन् । यो तथ्य त ललितपुर सिटीका कप्तान अनन्त तामाङले पनि मज्जाले बुझेका छन् । त्यसैले भनेका छन्, ‘यसरी लगातार फुटबल खेल्नु त खेलाडीका लागि अन्याय हो । मेरो अनुरोध छ, खेलाडीलाई यति धेरै व्यस्त पनि नराख्नु ।’ त्यसको अर्थ हो, ललितपुरका खेलाडीलाई आराम भन्ने नै हुने छैन ।

सुरुमा काठमाडौं रेजर्समाथि ३ गोलको उत्कृष्ट जित निकाल्यो, त्यसपछि पोखरालाई माथ दियो । त्यो पनि १० खेलाडीमा सीमित रहेर ।

ललितपुरको पछिल्लो खेल बिहीबार थियो अनि फाइनल शनिबार । जम्मा एक दिनको आराम । ललितपुरलाई ताजा महसुस गरिरहेका खेलाडी तयार पार्न गाह्रो हुनेछ । सायद त्यही भएर होला, ललितपुरसँग तीन जना फिजियो छन् । उनीहरूले दिनरात २४ घण्टै काम गरिरहेका छन् । त्यसो भए लतिलपुरको एक बलियो पक्ष के त ? यो हो, लय । अझभन्दा ‘मोमेन्टम’ । लिग चरणमा टोलीका लागि खासै राम्रो रहेन । चौथो स्थानमा रहेर ललितपुर प्लेअफमा पुगेको हो ।

तर, त्यहाँ पुगेपछि ललितपुरले मज्जाले खेलेको छ । सुरुमा काठमाडौं रेजर्समाथि ३ गोलको उत्कृष्ट जित निकाल्यो, त्यसपछि पोखरालाई माथ दियो । त्यो पनि १० खेलाडीमा सीमित रहेर । टोलीले यसअघि काठमाडौं र पोखरा दुवैलाई हराएकै थिएन । तर, लगातार दुई टिमविरुद्ध पहिलो जित निकाल्यो । यही त हो लय भनेको ।

त्यस अर्थमा फाइनल हुनेछ फरक बाटोबाट आएका दुई उत्कृष्ट टिमको । त्यो भनेको धनगढी भर्सेस ललितपुर । अझ भन्दा ‘रोलर कोस्टर’ पछिको फाइनल । जसले जिते पनि नेपाल सुपर लिगले नयाँ च्याम्पियन पाउने छ । ७० लाख रुपैयाँ पुरस्कार जित्नेछ । जुन अघिल्लो संस्करणभन्दा डबल पनि हो ।