पुस १४, २०८२ मंगलबार | १३:५१:१५
प्रशान्त फ्रेन्ड्सको जर्सीमा देखिने एनभिए च्याम्पियनसिपः मणिमुकुन्दलाई हराउँदै एपिएफ क्वार्टरफाइनलमा एनभिए च्याम्पियनसिपः सुदूरपश्चिमले मधेशलाई हरायो फ्रेन्ड्सको गोलपोस्ट मौसमले सम्हाल्ने एन्फा यु-१६ लिगः पुलिस च्याम्पियन, निर्णायक खेलमा मछिन्द्र फ्रेन्ड्ससँग हार्यो एनभिए च्याम्पियनसिपः न्यु डायमन्डको लगातार दोस्रो जित नेपाल ओलम्पिक कमिटीको २१औं साधारण सभा सम्पन्न आर्मी लगातार दोस्रो जित निकाल्दै अन्तिम आठमा अदालतमा हैन, मैदानमा खेल हुनुपर्योः एनओसी अध्यक्ष जीवनराम पश्चिम रुकुम क्वार्टरफाइनल पुग्ने तेस्रो टोली प्रशान्त फ्रेन्ड्सको जर्सीमा देखिने एनभिए च्याम्पियनसिपः मणिमुकुन्दलाई हराउँदै एपिएफ क्वार्टरफाइनलमा एनभिए च्याम्पियनसिपः सुदूरपश्चिमले मधेशलाई हरायो फ्रेन्ड्सको गोलपोस्ट मौसमले सम्हाल्ने एन्फा यु-१६ लिगः पुलिस च्याम्पियन, निर्णायक खेलमा मछिन्द्र फ्रेन्ड्ससँग हार्यो एनभिए च्याम्पियनसिपः न्यु डायमन्डको लगातार दोस्रो जित नेपाल ओलम्पिक कमिटीको २१औं साधारण सभा सम्पन्न आर्मी लगातार दोस्रो जित निकाल्दै अन्तिम आठमा अदालतमा हैन, मैदानमा खेल हुनुपर्योः एनओसी अध्यक्ष जीवनराम पश्चिम रुकुम क्वार्टरफाइनल पुग्ने तेस्रो टोली
शनिबारको दिन इङ्लिस प्रिमियर लिग

इङ्लिस फुटबलचाहिँ क्रिसमसमा व्यस्त

काठमाडाै‌ । फुटबलले अरूतिर केही दिनका लागि विश्राम लिए पनि इंङ्ल्यान्डमा त्यस्तो हुन्न । इङ्लिस फुटबललाई लाग्दो हो, कुनै मोडमा रोकिनुपर्छ भनेर ? खासमा कुरा के भन्दा क्रिसमस आउँदै छ । यो भयो पर्वको समय । सबै यसमै रमाउन चाहन्छन् ।

ठीक यही बेला इङ्लिस फुटबल भने असाध्यै धेरै व्यस्त हुन्छ । भनिन्छ, यो त्यही समय हो, जतिबेला इङ्लिस प्रिमियर लिगले ठोस आकार लिन्छ । पछि यसमै टिकेर कुनै टिम च्याम्पियन भएर निस्कन्छ ।

यही समय त हो, लिगले पनि प्रतिस्पर्धाको ठीक मध्यभाग छुने । त्यो भनेको अहिले तत्कालका लागि १७ चरणको खेल चम्किरहेको छ । प्रत्येक टिमले कुल ३८ खेल खेल्छन् ।

यस्तोमा १९ चरणको खेलले लिगको मध्यभाग छुन्छ । यही बेला हो, लिगले पनि विन्टर च्याम्पियन पाउने । धेरै टिमका लागि यसरी अनौपचारिक नै सही विन्टर च्याम्पियन हुनुको पनि आफ्नै अलग महत्व र रोमाञ्चकता हुने गर्छ । अधिकांश समय यही विन्टर च्याम्पियन निर्णायक च्याम्पियन हुने गर्छ ।

आजभोलि इङ्लिस राष्ट्रिय टिमका कप्तान ह्यारी केन जर्मनीमा बायर्न म्युनिखका लागि बुन्डेसलिगामा खेल्दै छन् । बुन्डेसलिगाले यही पर्वको समय पारेर तीन साता जति विश्राम लिन्छ । त्यसैले यही समयको सदुपयोग गर्न केन लामै बिदामा निस्कन लागेका छन् र उनले इङ्ल्यान्डमा रहेका आफ्ना फुटबलकर्मी साथीहरूलाई जिस्क्याउने पाराले भनेका छन्, ‘म त साह्रै उत्साहित छुं है बिदा मनाउन ।’ उनले यसरी लामो बिदा मनाउन लागेको पनि पहिलोपल्ट नै हो ।

उनले इङल्यान्डमै खेलिरहँदा यस्तो छुट कहाँ पाउँथे र ? हिजो राति शुक्रबारदेखि अबको केही दिन इङलिस फुटबलमा साँच्चै खेल भएको भयै हुनेछ । ठ्याक्कै भन्दा डिसेम्बर २१ देखि जनवरी २ बीच प्रिमियर लिगका प्रत्येक टिमले कम्तीमा तीन खेल खेल्छन् । यसमा डिफेन्डिङ च्याम्पियन म्याचेस्टर सिटी र ब्रेन्टफोर्ड भने अपवादबाट गुज्रिने छन् । यसको पनि स्पष्ट कारण छ नै, सिटी क्लब वल्र्डकप खेल्न साउदी अरेबियामा हुनेछ यो समय ।

फुटबल पारखीहरूले यसको अर्कै विशेष स्वाद लिएर खेल हेर्न थालेका छन् । अनि त्यसमै मज्जा आउने गरेको छ । सायद यो परम्परा इङ्लिस फुटबलमा कहिले पनि रोकिने पनि छैन ।

त्यसैले सिटी र ब्रेन्टफोर्डबीचको खेल पछि सारिएको छ । बाँकी सबै टिम भने एकअर्काविरुद्ध खेल्नमै तल्लिन हुनेछन् । त्यसो त यस्तो व्यस्त कार्यक्रमलाई लिएर आलोचना नहुने पनि होइन । विशेषतः प्रशिक्षकहरूका लागि त यो समय टाउको दुखाइ नै हुन्छ । कम समयमा धेरै खेल खेल्नुपर्ने अनि यसबीच खेलाडी घाइते हुने सम्भावना उत्तिकै रहन्छ । त्यसैले धेरे पटक बहस पनि भएको छ, यो व्यस्त कार्यक्रम सधैंका लागि रोकौं भनेर ।

तर जत्तिकै आचालोना भए पनि, जत्तिकै बहस भए पनि भएको चाहिँ केही होइन । यो पर्वकै समय पारेर बढीभन्दा बढी खेल हुने गर्छ । अब त यो व्यस्त कार्यक्रमको तालिका पनि इङलिस फुटबलकै एउटा ठूलो विशेषता हुन थालेको छ । फुटबल पारखीहरूले यसको अर्कै विशेष स्वाद लिएर खेल हेर्न थालेका छन् । अनि त्यसमै मज्जा आउने गरेको छ । सायद यो परम्परा इङ्लिस फुटबलमा कहिले पनि रोकिने पनि छैन ।

अब जाऔं, यस व्यस्त खेलको तालिकामा प्रमुख टिमले को को विरुद्ध खेल्ने छ त ? अबको आइतबार नै सबैभन्दा ठूलो र महत्वको खेल छ । त्यो हो लिभरपुलविरुद्ध आर्सनल । खेल तालिकामा अहिले तत्काल आर्सनल शीर्षस्थानमा छ भने लिभरपुल ठीक पछाडि छ । दुई टिमबीचको अन्तर भनेकै एक अंकमात्र हो । आर्सनलको ३९ अंक छ । अझ एस्टन भिल्ला ३८ अंकमा तेस्रो स्थानमा छ । हिजोको खेलपछि भिल्लाले म्यानचेस्टर युनाइटेडविरुद्ध खेल्ने छ ।

त्यसपछि आर्सनलको प्रतिद्वन्द्वी वेस्ट ह्याम छ, लिभरपुलको भने बर्नली । यसबीच सिटीले एभरटनको भ्रमणमा गर्ने छ । सिटी भने अहिले एक खाले खराब लयबाट गुज्रिरहेको छ । त्यसैले अचम्मले ३४ अंकमा चौथो स्थानमा छ । सिटीको अर्को खेल सेफिल्ड युनाइटेडविरुद्ध छ । आर्सनलले भने वेस्ट ह्याम र फुलहमविरुद्ध खेल्ने छ । यस्तै लिभरपुल भने बर्नली र न्युकासल युनाइटेडविरुद्ध भिड्ने छ । भनेपछि पूरा खेल तालिका हेर्ने हो भने एकसेएक खेल अगाडि छन् ।

विश्वका आम फुटबल पारखीको काम त्यसमै रमाउने त हो ।