एल क्लासिको

बार्सिलोनाको भर, युवा खेलाडी

काठमाडौँ । यो सिजनको पहिलो एल क्लासिको शनिबार हुँदैछ । आतिथ्यता प्रदान गर्ने पालो बार्सिलोनाको हो । सदाझैँ यो एल क्लासिकोको महत्त्व उच्च छ । तर यहाँ भनिहालौँ, बार्सिलोना यसपल्ट केही कमजोर स्थितिमा छ । यसको कारण हो, कयौँ मुख्य खेलाडी चोटका कारण मैदानबाहिर रहनु ।

यस्तोमा बार्सिलोनासँग भएको विकल्प यही हो, युवा खेलाडीलाई मौका दिने । जो बार्सिलोनाकै एकेडेमी ला मासियाका उत्पादन हुन् । खासमा बार्सिलोनामा यतिबेला संकट नै छ । किनभने बार्सिलोनाका कुनै एक विभागका खेलाडी मात्र घाइते छैनन् । बरु अग्रपंक्ति र रक्षापंक्तिका साथै मिडफिल्डमा पनि चोट उस्तै छ ।

बार्सिलोना कतिसम्म अप्ठ्यारोमा छ भने, यो क्याट्लन क्लबले मार्क गुइयु, लामिन यामल र फेर्मिन लोपेज जस्ता फुच्चे खेलाडीको भर पर्नु परेको छ । गत साता मात्र बार्सिलोनाबाट डेब्यु गरेका गुइयु भर्खर १७ वर्षका भए ।

बार्सिलोना कतिसम्म अप्ठ्यारोमा छ भने, यो क्याट्लन क्लबले मार्क गुइयु, लामिन यामल र फेर्मिन लोपेज जस्ता फुच्चे खेलाडीको भर पर्नु परेको छ । गत साता मात्र बार्सिलोनाबाट डेब्यु गरेका गुइयु भर्खर १७ वर्षका भए । एथ्लेटिको बिल्वाओसँगको त्यो खेलमा उनले निर्णायक गोल गरेका थिए । त्यो पनि मैदान प्रवेश गरेको ३३ सेकेन्डमै । १६ वर्षका यामल र उनीभन्दा चार वर्षले जेठा लोपेजले क्रमशः ग्रानडा र रियल मायोर्काविरुद्ध गोल गरे ।

यी तीनले बार्सिलोनामा भर्खरै हो स्थान बनाउन सकेको । उनीहरुअघि बार्सिलोनामा प्रशस्त युवा खेलाडी थिए । गाभी, अलेहान्द्रो बाल्डे र रोनाल्ड अरौजोे तीन उदाहरण हुन् । गाभी, बाल्डे र अरौजो पनि ला मासियामै हुर्किएका हुन् ।  

बार्सिलोनाले पहिलो पटक युवा खेलाडीलाई मौका दिइरहेको होइन । विगतमा पनि बार्सिलोनामा युवा खेलाडी स्टार बनेकै हुन् । यसको सर्वाधिक ठूलो उदाहरण लियोनल मेस्सी छँदैछन् । यसपालि भने बार्सिलोनाको स्थिति केही फरक छ । पाका खेलाडीको चोट र स्थापित खेलाडी खरिदका लागि अपर्याप्त बजेटका कारण बार्सिलोनाको ध्यान ला मासियामाथि केन्द्रित भएको हो ।

बार्सिलोननाका अनुभवी स्ट्राइकर रोबर्ट लेवान्डोस्की मात्र होइनन्, फ्रेन्की डे योङ र राफिन्हा पनि केही खेलयता मैदानबाहिर छन् । बार्सिलोनाको आशा छ, उनीहरु यो खेलका लागि तयार हुनेछन् । कम्तीमा खेलको उत्तराद्र्धमा उनीहरुलाई मैदान छिराउने प्रशिक्षक जाभी हर्नान्डेजको लक्ष्य हो । तर युल्स कौन्डे, पेड्री र सर्जी रोबर्टाेको हकमा भने कुरा प्रस्ट छ, उनीहरु खेल्न अझ तयार भइसकेका छैनन् ।

खेलाडी घाइते नभएकाले मात्र होइन, रियाल अरु कारणले पनि बलियो छ । मुख्य कारण त जुड वेलिघंमको लय हो । वेलिंघम हाल ला लिगाका उच्च गोलकर्ता हुन् । यसैपालि बोरुसिया डर्टमन्डबाट रियाल पुगेका इंङ्लिस मिडफिल्डरले आठ गोल गरिसकेका छन् ।

यो सिजन रियाल मड्रिडलाई पनि समस्या नपरेको होइन । तर यतिबेला रियालका सबै खेलाडी चोटमुक्त भइसकेका छन् । रातो कार्ड पाएका नाचो फर्नान्डेज पनि टिममा फर्किएका छन् । उनले पछिल्ला दुई खेल गुमाएका थिए ।

खेलाडी घाइते नभएकाले मात्र होइन, रियाल अरु कारणले पनि बलियो छ । मुख्य कारण त जुड वेलिघंमको लय हो । वेलिंघम हाल ला लिगाका उच्च गोलकर्ता हुन् । यसैपालि बोरुसिया डर्टमन्डबाट रियाल पुगेका इंङ्लिस मिडफिल्डरले आठ गोल गरिसकेका छन् । रियालले १० करोड युरोभन्दा बढी तिरेर उनलाई आफ्नो बनाएको हो । र, यत्तिको महँगो मूल्य तिर्ने रियालको निर्णय सही साबित भएको छ । किनभने युवा बाहुल्य रियालको टिममा २० वर्षीय वेलिंघम ‘लिडर’ का रुपमा देखा परेका छन्।

हाल विश्व फुटबलमै उत्कृष्ट युवा खेलाडी मानिँदै गरिएका वेलिंघम महँगो मूल्यमा रियाल पुगेको बेला बार्सिलोनाको स्थिति भने ठ्याक्कै उल्टो छ । बार्सिलोना यति कमजोर आर्थिक अवस्थामा छ कि ऊ ‘फ्रि ट्रान्सफर’ र ऋण स्थान्तरणमा भर परेको छ । कतिसम्म भने कप्तान सर्जियो बुस्क्वेट्स जत्तिका प्रतिभावान मिडफिल्डरलाई कम मूल्यका ओरिओल रोमेउले प्रतिस्थापन गरेका छन् ।

‘हो, हाम्रो आर्थिक हैसियत बिग्रिएको छ । यस्तोमा हामीले स्थापित स्टार खेलाडी किन्न सकेका छैनौँ  । त्यसकारण एकेडेमीका खेलाडीमाथि भर पर्नुपरेको छ । जब उनीहरु सोचेजस्तो प्रदर्शन गर्न सक्दैनन्, तब उनीहरुलाई थप हौसला दिनुपर्छ । फेरि उनीहरुमा सफल हुने भोक छ,’ प्रशिक्षक जाभीले भनेका छन् ।

बार्सिलोनाले यसपालि भनेजस्तो खेल्न सकेको छैन । प्रदर्शनमा एकरुपता छैन । हाल ला लिगाको तेस्रो स्थानमा छ । कुल १० खेल खेल्दा बार्सिलोनाले जितेको खेल संख्या, सात हो । 

बार्सिलोनाले यसपालि भनेजस्तो खेल्न सकेको छैन । प्रदर्शनमा एकरुपता छैन । हाल ला लिगाको तेस्रो स्थानमा छ । कुल १० खेल खेल्दा बार्सिलोनाले जितेको खेल संख्या, सात हो । त्यसैगरी तीन खेलमा बार्सिलोनाले बराबरी गरेको छ । यस्तोमा बार्सिलोनाको अपराजित यात्रा टुंग्याउन चाहन्छ, रियाल।

रियालले भने यो सिजन एक खेलमा पराजय भोगिसकेको छ । कतिपय खेलमा रियालले सोचे अनुसारको खेल्न सकेको छैन । यसका बाबजुद रियाल शीर्षस्थानमा छ । १० खेलबाट २५ अंक बटुलेको रियाल र बार्सिलोनाबीचको दूरी एक अंकको हो ।

‘हामी आफ्नो क्षमताबारे जानकार छौँ । के गर्न सक्छौँ भन्ने थाहा छ । हामीलाई यो पनि थाहा छ, हामी बार्सिलोनालाई हराउन सक्छौँ,’ रियलका प्रशिक्षक कार्लाे एन्सिलोट्टीले भनेका छन्, ‘यो खेल हाम्रा लागि एकदमै महत्त्वपूर्ण छ । यसका लागि हामी तयार छौँ । बार्सिलोनासँग भिड्न हामी उत्साहित छौँ ।’

स्पेनको मात्र होइन युरोपेली क्लब फुटबलकै सर्वाधिक रोचक भिडन्तमध्येको एक हो, एल क्लासिको । र यो खेलको प्रभाव फगत फुटबलमा मात्र पर्दैन  । यो खेलका कारण स्पेनी समाज नै विभाजित हुने गरेको छ ।

यहीबीच बार्सिलोनाका अध्यक्ष जोआन लोपार्टले गम्भीर आरोप लगाएका छन् । उनको आरोप छ, रियललाई स्पेनको सरकारले नै सीधा समर्थन गर्छ । समाजको पहुँचवाला पंक्ति रियलको पक्षमा छ ।

यसपल्ट रियालले ला लिगा खेलाउने रेफ्रीहरुविरुद्ध अभियान चलाएको छ । आफ्नो टेलिभिजन र सामाजिक सञ्जालमार्फत रियलले रेफ्रीलक्षित सामग्री छरिरहेको छ । कतिपय खेलअघि पनि रियालले त्यस्ता सामाग्री प्रशारण गर्ने गरेको छ ।

यहीबीच बार्सिलोनाका अध्यक्ष जोआन लोपार्टले गम्भीर आरोप लगाएका छन् । उनको आरोप छ, रियललाई स्पेनको सरकारले नै सीधा समर्थन गर्छ । समाजको पहुँचवाला पंक्ति रियलको पक्षमा छ ।

लोपार्ट तिनै व्यक्ति हुन्, जोमाथि रेफ्रीलाई घुस खुवाएको आरोप लागेको छ । स्पेनी राज्य नै बार्सिलोनाको विरोधी कित्तामा रहेकोले आफूमाथि बेतुकको आरोप लगाइएको लापोर्टको जिकिर छ ।

मैदानबाहिरका यी तमाम विवादका बाबजुद शनिबार राति बार्सिलोनाको ओलम्पिक रंगशालामा दुई टिम एउटै उद्देश्यका साथ ओर्लिनेछन् । त्यो हो, जित । यो उद्देश्यबाट दुई टिम दायाँबायाँ हुने छैनन् ।

यहीबेला बार्सिलोनाका प्रवक्ता विवादमा परेका छन् । यसको कारण हो, उनले रियालका विंगर भिनिसियस जुनियरलक्षित गरेको टिप्पणी । मैदानमा जुनियरले सही व्यवहार नदेखाउने र उनलाई झापड प्रहार गर्नुपर्ने अभिव्यक्ति उनले दिएका थिए । स्पेनी सञ्चारमाध्यमका अनुसार बार्सिलोना प्रवक्ताको यस्तो अभिव्यक्तिका कारण रियालका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले एल क्लासिको बहिस्कार गर्ने भएका छन् ।

मैदानबाहिरका यी तमाम विवादका बाबजुद शनिबार राति बार्सिलोनाको ओलम्पिक रंगशालामा दुई टिम एउटै उद्देश्यका साथ ओर्लिनेछन् । त्यो हो, जित । यो उद्देश्यबाट दुई टिम दायाँबायाँ हुने छैनन् ।

शनिबारका अन्य स्टाेरीः 

सम्झनामा ‘स्पिनका सरदार’

बार्सिलोनाको भर, युवा खेलाडी

‘युनाइटेड लेजेन्ड’ चार्ल्टन

युवा टोलीको अर्काे लक्ष्य एसिया कप र विश्वकप

अबको ध्यान ट्वान्टी २० विश्वकप