काठमाडौं । दुई साताअघि मैत्रीपूर्ण खेलमा जर्मनी जापानसँग ४-१ ले पराजित भयो । यो नतिजाले कमसेकम दुई सन्देश दियो । पहिलो, जर्मन फुटबल अझै समस्यामा छ । दोस्रो, जापानी निश्चिन्त खेल्छन् । ठूला भनिएका टिमसँग डराउँदैनन् ।
उसो त विश्वकप २०२२ मै जापानले त्यस्तो सन्देश दिएको हो । त्यो पनि जर्मनी र स्पेनलाई हराएर । विश्वकपको समूह चरणबाटै बाहिरिएपछि जर्मन फुटबलमाथि फेरि एकपटक बग्रेल्ती प्रश्न उठेका थिए । किनभने जर्मनी लगातार दोस्रो पटक विश्वकपको समूह चरणबाट घर फर्कदै थियो ।
यद्यपि प्रशिक्षक हान्स फ्लिकमाथि भरोसा अन्त्य भइसकेको थिएन । किनभने विश्वकपअघि फ्लिकको नेतृत्वमा जर्मनी गजबको लयमा थियो, खेलेका १६ खेलमध्ये एकमा मात्र हार भोगेको थियो । यस्तो बलियो लयका कारण फुर्किएको जर्मनी जापानसँग बजारियो ।
अघिल्लो आइतबार फोक्सवागन एरिनाको नतिजाले जर्मन फुटबललाई कठिन परिस्थितिमा पुर्याएको छ । किनभने युरो सुरु हुन ९ महिना बाँकी छँदा जर्मनी प्रशिक्षकविहीन बन्न पुगेको छ । फेरि ख्याल गर्नुपर्ने तथ्य के छ भने, यसपालिको युरो जर्मनी आफैंले आयोजना गर्न लागेको हो ।
आखिरमा त्यही जापानसँग फेरि हार्दा फ्लिक बर्खास्तीमा परेका छन् । जबकि उनैले युरो २०२४ मा जर्मनीको प्रशिक्षण सम्हाल्ने अनुमान थियो ।
जे होस्, अघिल्लो आइतबार फोक्सवागन एरिनाको नतिजाले जर्मन फुटबललाई कठिन परिस्थितिमा पुर्याएको छ । किनभने युरो सुरु हुन ९ महिना बाँकी छँदा जर्मनी प्रशिक्षकविहीन बन्न पुगेको छ । फेरि ख्याल गर्नुपर्ने तथ्य के छ भने, यसपालिको युरो जर्मनी आफैंले आयोजना गर्न लागेको हो ।
जर्मनी रन्थिनिँदा जापान भने नअत्तालिकन अघि बढेको छ । हुन त जापानीको स्वाभाव यही हो, सधैं शान्त देखिने । कहिल्यै नबहकिने । तर पछिल्ला नतिजा हेर्ने हो भने, जापानी कदापि सुशील होइनन् । कम्तीमा यी फुटबलर चाहिँ निर्दयी छन् । नत्र चार खेलमा १८ गोल किन गर्थे र ?
जर्मनीविरुद्ध चार गोल गरेपछि पनि जापानी रोकिएका होइनन् । टर्कीलाई आफ्नो घरमा बोलाएर चारै गोल गरे । त्यसअघि घरेलु मैदानमै एल साल्भाडोर र पेरुविरुद्ध क्रमशः ६ र ४ गोल गरेका थिए । यो वर्ष जापानले ६ खेल खेलेको छ । जसमध्ये हारको सामना गरेको कोलम्बियासँग मात्र हो ।
जर्मनीमाथिको जितमा चारै गोल फरक फरक खेलाडीले गरे । ताकेफुसो कुबोले गोल गरेनन्, तर उनको नाममा दुई असिस्ट रह्यो । दोस्रो हाफ आधा सकिँदा मैदान छिरेका कुबोले जे गरे, त्यसले फेरि एकपटक युरोपेली क्लब फुटबललाई झसंग बनाएको छ । हुन त कुबो युरोपेली क्लब फुटबलमा फुच्चे नाम होइन, भलै उनी भर्खर २२ वर्षका भए । उनी सन् २०१९ देखि नै स्पेनी ला लिगामा छन् ।
इङ्लिस प्रिमियर लिगमा लगातार प्रशंसा बुलिरहेका कारौँ मिटोमा, फ्रेन्च लिग पुगेका केइटो नाकामुरा, जर्मन क्लब स्टुटगार्टका हिरोकी इटो, डच क्लब एजे अल्कमारका युकिनिरी सुगावारामाथि पनि जापानी टोलीको भरोसा छ ।
कुबो जापानी टिमको केन्द्र होइनन् । तर सत्य यही हो, यदि जापानी टिमले भविष्यमा पनि जर्मनीहरुलाई हराइरहने हो भने, कुबोको प्रदर्शन लोभलाग्दो हुनैपर्छ । खेल कौशलका कारण जापानी मेसी भनिने कुबो मात्र जापानी टिमका आशा होइनन् । इङ्लिस प्रिमियर लिगमा लगातार प्रशंसा बुलिरहेका कारौँ मिटोमा, फ्रेन्च लिग पुगेका केइटो नाकामुरा, जर्मन क्लब स्टुटगार्टका हिरोकी इटो, डच क्लब एजे अल्कमारका युकिनिरी सुगावारामाथि पनि जापानी टोलीको भरोसा छ ।
अन्तर्राष्ट्रिय फुटबलमा जापानको सबैभन्दा ठूलो सफलता एसियन कप जित्नु नै हो । जापान चार पटकको एसियाली च्याम्पियन हो । एसियाली फुटबलमा जापानको उदय निकै छिटो छिटो भयो । जापान सन् १९८० को दशकको अन्त्यसम्म मध्यमस्तरको टिम थियो ।
अन्तर्राष्ट्रिय फुटबलमा जापानको सबैभन्दा ठूलो सफलता एसियन कप जित्नु नै हो । जापान चार पटकको एसियाली च्याम्पियन हो । एसियाली फुटबलमा जापानको उदय निकै छिटो छिटो भयो । जापान सन् १९८० को दशकको अन्त्यसम्म मध्यमस्तरको टिम थियो । सन् १९८८ मा पहिलो पटक एसियन कप खेलेको जापानले दोस्रो सहभागितामै उपाधि जितेको थियो ।
विश्वकपमा भने जापानको प्रवेश अझ ढिलो भयो । महादेशीय प्रतियोगितामा छनोट भएको एक दशकपछि मात्र जापान विश्वकपका लागि छानिएको थियो । विश्वकपमा जापानका लागि प्रिक्वार्टरफाइनल पुग्नु नै सबैभन्दा मिठो अनुभव हो ।
विश्वकपमा प्रदर्शन जे जस्तो भए पनि जापान एसियाली फुटबलको चाहिँ महाशक्ति हो । लगातार विश्वकप खेलिरहेको भएर धेरैलाई लाग्छ, जापान विश्व फुटबलको पुरानो शक्ति हो । तर फुटबलमा जापानको समृद्ध इतिहास लामो छैन । लगभग ३५ वर्षको मात्र हो ।
अब प्रश्न उठ्न सक्छ, जापानी फुटबलले छोटो समयमा धेरै सफलता कसरी हात पार्यो ? सफलताको इतिहास छोटो भए पनि मेहनतको इतिहास लामो छ । फेरि जापानी भूमिमा यो खेलकै इतिहास पनि लामो छ ।
जापानमा फुटबल खेल्न थालिएको सन् १८७३ बाट हो । त्यहाँ फुटबल पुर्याउने श्रेय बेलायती जल सेनालाई जान्छ । फुटबल पुगेको ४८ वर्षपछि मात्र नियामक संस्था जेएफए जन्मियो । यो त्यही वर्ष हो, जब राजाको नाममा प्रतियोगिता सुरु भयो ।
जापानमा फुटबल खेल्न थालिएको सन् १८७३ बाट हो । त्यहाँ फुटबल पुर्याउने श्रेय बेलायती जल सेनालाई जान्छ । फुटबल पुगेको ४८ वर्षपछि मात्र नियामक संस्था जेएफए जन्मियो । यो त्यही वर्ष हो, जब राजाको नाममा प्रतियोगिता सुरु भयो । त्यसबेला विद्यालयस्तरको प्रतियोगिता सुरु हुन थालेको भने चार वर्ष पुगिसकेको थियो । यी दुवै प्रतियोगिता आजको दिनमा पनि जीवित छन् ।
प्रतियोगिता अगाडिबाटै गर्न थालिए पनि घरेलु संरचना स्थापना भएको सन् १९६० को दशकमा हो । जापानमा फुटबल संरचनाको रेखा कोर्ने व्यक्ति थिए, डेटमार क्रेमार । जसलाई संयोगवश जर्मन फुटबल संघले प्राविधिक निर्देशकका रुपमा जापान पठाएको थियो ।
लिग सुरु भएको तीन वर्षपछि नै जापानले कमाल गर्यो, मेक्सिको सिटी ओलिम्पिक्समा पुरुष फुटबलतर्फ कांस्य पदक जितेर । त्यसबेला विश्वकप मात्र होइन एसियन कपमा छनोट हुने विषय पनि जापानका लागि सपनामै सीमित थियो ।
क्रेमारकै डिजाइनमा जापानमा घरेलु लिग जापान सकर लिग (जेएसएल) सुरु भयो । यो सन् १९६५ को कुरा हो । पहिलो श्रेणीको लिगको पहिलो सिजन आठ क्लब सहभागी भए । पछि संख्या बढ्दै गयो । दोस्रो श्रेणीको लिग मूलतः राज्यहरुमा सीमित थियो ।
लिग सुरु भएको तीन वर्षपछि नै जापानले कमाल गर्यो, मेक्सिको सिटी ओलिम्पिक्समा पुरुष फुटबलतर्फ कांस्य पदक जितेर । त्यसबेला विश्वकप मात्र होइन एसियन कपमा छनोट हुने विषय पनि जापानका लागि सपनामै सीमित थियो ।
जे लिग खेल्ने खेलाडीकै बलमा जापान फ्रान्स विश्वकप १९९८ लाई छनोट भयो । त्यसबेला प्रशिक्षक थिए, ताकेशी ओकादा ।
सन् १९८० को दशकमा हो, जापानी लिग हलक्कै बढेको, बलियो बनेको । यसका प्रमाण हुन्, दुई जापानी क्लबले जितेको एसियाली क्लब च्याम्पियनसिपका उपाधि । सन् १९९२ मा भने जेएसएल जे लिगमा परिणत भयो । नाम फेरिएको शीर्ष श्रेणीको लिग झनै बलियोे बन्यो । यसको फाइदा जापानलाई नहुने कुरै भएन । जे लिग खेल्ने खेलाडीकै बलमा जापान फ्रान्स विश्वकप १९९८ लाई छनोट भयो । त्यसबेला प्रशिक्षक थिए, ताकेशी ओकादा ।
सन् २००२ को विश्वकपमा त जापान आन्तिम १६ सम्मै पुग्यो । फ्रान्स विश्वकपमा दक्षिण अफ्रिकी प्रशिक्षक फिलिप ट्रोउसरले जापानी टिमलाई घरमा भएको विश्वकपको प्रिक्वार्टरफाइन पुर्याए । ठ्याक्कै त्यहीबेला देखि हो, जापानी फुटबलको चर्चा सुरु भएको । जुन हालसम्म पनि जारी छ ।
सन् १९९२ सम्म जेएसएल चल्यो । त्यसपछि जे लिग लामो समयसम्म अहिलेको भन्दा फरक संरचनामा सञ्चालन भइरह्यो । सन् २००४ सम्म जे लिगका टिमहरुलाई दुई समूहमा विभाजन गरिन्थ्यो । त्यसपछि दुई समूह विजेताबीचको खेलले लिग च्याम्पियनको निर्क्योल गर्थ्यो । सन् २००५ बाट भने जे लिग अहिलेको संरचनामा छ । जहाँ १८ क्लब प्रतिस्पर्धा गर्छन् । सर्वाधिक अंक बटुल्ने टिम च्याम्पियन बन्छ ।
जापानी फुटबल यत्तिको बलियो बन्नुमा लिग संरचनाको योगदान महत्त्वपूर्ण छ । जापानी लिगको सञ्जाल देशभर फैलिएको छ । त्यहाँ रहेका ४७ क्षेत्रमध्ये ४१ क्षेत्रको प्रतिनिधित्व लिग संरचनामा छ ।
जापानी फुटबल यत्तिको बलियो बन्नुमा लिग संरचनाको योगदान महत्त्वपूर्ण छ । जापानी लिगको सञ्जाल देशभर फैलिएको छ । त्यहाँ रहेका ४७ क्षेत्रमध्ये ४१ क्षेत्रको प्रतिनिधित्व लिग संरचनामा छ ।
‘जापानको लगभग पूरै भूभागलाई लिग संरचनाले छोएको छ । टोकियो वा शिजुओका जस्ता सहरमा मात्र होइन, इवाकी जस्तो दूरको क्षेत्रमा रहेको सानो क्लब पनि बलियो छ,’ जापानी लिग संरचना र फुटबलबारे इङ्ल्यान्डका फुटबल लेखक सिन क्यारोलले लेखेका छन् ।
जे लिगमा रहेका धेरै क्लब युवा खेलाडी उत्पादनमा पनि गम्भीर छन् । तीमध्ये कावासाकी फ्रन्टलाइन सबैभन्दा अगाडि छ । विश्वकप २०२२ खेल्ने जापानी टिमका ११ खेलाडी कावासाकीको एकेडेमीका उत्पादन हुन् ।
हाल जापानी टिमका रहेका कयौं मुख्य खेलाडी दोस्रो वा तेस्रो श्रेणीका लिगबाट उदाएका हुन् । इटो (जुबिलो इवाटा), कप्तान वाटारु इन्डो (शोनान बेलमार) र डाइजेज माइडा (माट्सुमो यामागा) को करियर साना क्लबहरुमै विकास भएको हो ।
जे लिगमा रहेका धेरै क्लब युवा खेलाडी उत्पादनमा पनि गम्भीर छन् । तीमध्ये कावासाकी फ्रन्टलाइन सबैभन्दा अगाडि छ । विश्वकप २०२२ खेल्ने जापानी टिमका ११ खेलाडी कावासाकीको एकेडेमीका उत्पादन हुन् ।
युरोपमा जापानी खेलाडी
याशुहिको ओकुडेरा विदेशमा खेल्ने पहिलो जापानी खेलाडी हुन् । सन् १९७७ मा उनी फुरुकावा इलेक्ट्रिकबाट जर्मनीको एफसी कोलोनमा सरेका थिए ।
यो यस्तो बेला थियो, जब विश्वमा लामो दूरीका हवाइजहाज चल्न थालिसकेका थिएनन् । एसियाबाट युरोप खेल्न जाने चलन बलियो भइसकेको थिएन । त्यसमाथि घरबाट टाढाको लिग खेल्ने खेलाडी राष्ट्रिय टिमका प्रशिक्षकको नजरमा पर्दैनथे । ओकुडेरा पनि लामो समय राष्ट्रिय टिममा परेनन् ।
आजको दिनमा विदेशमा खेल्ने खेलाडीबिना जापानी टिम नै बन्दैन । कतार विश्वकपका लागि छानिएका २६ खेलाडीमध्ये १९ युरोपेली क्लबसँग आबद्ध खेलाडी थिए । विश्वकप खेल्ने जापानी टिममा विदेशी लिग खेल्ने खेलाडी समावेश गर्न थालिएको सन् २००२ बाट हो ।
आजको दिनमा विदेशमा खेल्ने खेलाडीबिना जापानी टिम नै बन्दैन । कतार विश्वकपका लागि छानिएका २६ खेलाडीमध्ये १९ युरोपेली क्लबसँग आबद्ध खेलाडी थिए । विश्वकप खेल्ने जापानी टिममा विदेशी लिग खेल्ने खेलाडी समावेश गर्न थालिएको सन् २००२ बाट हो । त्यस टिममा पोर्टस्माउथका गोलरक्षक योशिकाट्सु कावागुची, आर्सनलका मिडफिल्डर जुनिची इनामोटो, एएस रोमा र पार्माबाट सिरी ‘ए’ खेल्ने मिडफिल्डर हिदेतोशी नाकाता र शानोन बेलमार तथा फियोनार्डका शिन्जी ओनो थिए ।
सन् २००० को दशकमा शुनसुके नाकामुरा र माकोटो हासेबे जस्ता खेलाडी युरोपेली क्लब फुटबलका स्टारमा परिणत भए । नाकामुराले सेल्टिकबाट स्कटिस प्रिमियर लिग र हासेबेले उल्फ्सबर्गबाट जर्मन बुन्डेसलिगा जितेका थिए ।
सन् २०१० को विश्वकपले थप जापानी खेलाडीलाई युरोप पुर्यायो । त्यसबेला टिममा रहेका १९ खेलाडी जे लिग खेल्थे । विश्वकपपछि ६ खेलाडीलाई युरोपेली क्लबले अनुबन्ध गरे । सन् २०११ को एसियन कपका लागि घोषित जापानी टिममा ९ खेलाडी यस्ता थिए, जो युरोपेली लिग खेल्थे । यो संख्या विश्वकप २०१४ मा १२ र रुस विश्वकपमा १४ पुगेको थियो ।
सन् २०१० देखि २०१४ सम्म जापानका प्रशिक्षक रहेका अल्बर्टो ज्याकेरोनी सधैंभरि आफ्ना खेलाडीलाई युरोप जान सुझाव दिइरहन्थे । ज्याकेरोनी इटालियन भए पनि जापानी खेलाडी बुन्डेसलिगा जाउन् भन्ने उनको चाहना हुन्थ्यो । उसै पनि हासेबे र टाकाहारा बुन्डेसलिगामा स्थापित खेलाडी थिए ।
त्यसपछि बुन्डेलिगामा स्टार बन्ने पालो आयो, सिन्जी कागावाको । योर्गन क्लोपको प्रशिक्षणमा रहेको बोरुसिया डर्टमन्डमा कागावा मुख्य खेलाडी थिए । पछि उनी र अर्का बुन्डेसलिगा स्टार सिन्जी ओकाजाकी प्रिमियर लिगमा सरेका थिए । जहाँ कागावा म्यानचेस्टर युनाइटेडसँग र ओकाजाकी लेस्टर सिटीसँग च्याम्पियन बने ।
जापानी टिमका स्थापित स्टारका लागि मात्र होइन उदाइरहेका युवा खेलाडीका लागि पनि बुन्डेसलिगा मुख्य गन्तब्य बनेको छ । यसका केही कारण छन् । जर्मनीमा जापानी समुदाय ठूलो छ । फेरि जर्मनहरु जापानी खेलाडीलाई स्थानीय रहनसहनमा भिज्न मद्दत गर्छन् । तब त हालको जापानी राष्ट्रिय टिममा रहेका खेलाडीमध्ये ६ बुन्डेसलिगामै छन् ।
जापानी टिमका स्थापित स्टारका लागि मात्र होइन उदाइरहेका युवा खेलाडीका लागि पनि बुन्डेसलिगा मुख्य गन्तब्य बनेको छ । यसका केही कारण छन् । जर्मनीमा जापानी समुदाय ठूलो छ । फेरि जर्मनहरु जापानी खेलाडीलाई स्थानीय रहनसहनमा भिज्न मद्दत गर्छन् । तब त हालको जापानी राष्ट्रिय टिममा रहेका खेलाडीमध्ये ६ बुन्डेसलिगामै छन् । कप्तान इन्डो र डाइची कामाडाले केही समयअघि मात्र बुन्डेसलिगा छाडेका हुन् ।
हाल जापानी टिमका दुई खेलाडी बेल्जियमको शीर्ष श्रेणीको लिग खेल्छन् । ती दुवै खेलाडी सिन्ट टुइडेनसँग आबद्ध छन् । कुनै समय कामाडा र तोमियासु जस्ता स्टार खेलाडी पनि यही क्लबमा थिए । जापानी खेलाडी जे लिगबाट सिधा टुइडेन किन पनि पुगेका हुन् भने, यो क्लबको स्वामित्वकर्ता जापानी कम्पनी हो ।
उसो त युरोपका धेरै क्लब जे लिग स्काउटिङ गरिरहेका हुन्छन् नै । ब्राइटनले मिटोमा र फ्राइबर्गले रित्सु डोआन सिधै जे लिगका क्लबबाट अनुबन्ध गरेको हो । स्टुटगार्टले त आन्री चासेलाई सिधै जापानी विद्यालयबाट आफ्नो एकेडेमीमा ल्याएको हो । उता ताकुहिरो करिब ९ वर्ष रियाल मड्रिडको एकेडेमीमा थिए ।
‘२० वर्षअघि जापानी फुटबल अर्कै थियो । त्यसबेला जे लिग र युरोपेली लिगबीच निकै फरक रहेको भान हुन्थ्यो । आजको दिनमा जो जापानी टिममा छन्, ती युरोपेली क्लबबाट खेलिरहेका छन् । कतिपय त युरोपेली खेलाडीभन्दा बढी प्रतिभावान् छन्,’ क्यारोलले भनेका छन् ।
कुनै समय लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोलाई रोल मोडल मान्ने जापानी बालकहरु अचेल कुबो र ताकुमी मिनामिनोलाई पछ्याउन थालेका छन् । प्रत्येक वर्ष युरोपमा खेल्ने खेलाडी बढ्ने भएकाले अरु थुप्रै कुबो र मिनामिनो जन्मिने सम्भावना बलियो छ ।
युरोपेली फुटबलमा आफ्ना देशका खेलाडी स्थापित हुन थालेसँगै जापानमा युवा खेलाडी उत्साहित छन् । जापानको वित्तीय योजना आयोगले सन् २०१८ मा प्राथमिक विद्यालयहरुमा गरेको सर्वेक्षणमा बहुमत बालकहरुले भविष्यमा फुटबल खेलाडी बन्न चाहेको बताएका थिए । जबकि पाँच वर्षअघिको सर्वेक्षणमा अधिकांशले बेसबल खेलाडी बन्ने इच्छा व्यक्त गरेका थिए ।
कुनै समय लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोलाई रोल मोडल मान्ने जापानी बालकहरु अचेल कुबो र ताकुमी मिनामिनोलाई पछ्याउन थालेका छन् । प्रत्येक वर्ष युरोपमा खेल्ने खेलाडी बढ्ने भएकाले अरु थुप्रै कुबो र मिनामिनो जन्मिने सम्भावना बलियो छ । हुनसक्छ, विश्वकप २०२६ का लागि बनाइने जापानी टिममा बहुमत खेलाडी ठूला युरोपेली क्लबसँग आबद्ध भएका हुनेछन् । यो परिस्थितिको परिकल्पना गर्दा, जापानी फुटबलले रोमाञ्चबाहेक अर्कोथोक दिँदैन ।