चैत्र ३, २०८२ मंगलबार | ०८:१०:१९
विश्वकप विजेता हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी हर्षित राना आइपिएलबाट बाहिर जय ट्रफीको फाइनल आजबाट लालिगुँरास र आर्मीको जित, मछिन्द्रले अंक दूरी बढाउने मौका गुमायो फाइनल खेल चिन्नास्वामीमा गर्न स्विकृती एन्फासँग ए डिभिजन क्लबका सात माग पुलिसविरुद्ध दुई गोलको अग्रता जोगाउन नसक्दा सातदोबाटो आठौं खेलसम्म पनि जितविहीन देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि रहने ज्ञानेन्दको भनाइ राष्ट्रिय लिगः मछिन्द्रलाई अंक दूरी बढाउने अवसर विश्वकप विजेता हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी हर्षित राना आइपिएलबाट बाहिर जय ट्रफीको फाइनल आजबाट लालिगुँरास र आर्मीको जित, मछिन्द्रले अंक दूरी बढाउने मौका गुमायो फाइनल खेल चिन्नास्वामीमा गर्न स्विकृती एन्फासँग ए डिभिजन क्लबका सात माग पुलिसविरुद्ध दुई गोलको अग्रता जोगाउन नसक्दा सातदोबाटो आठौं खेलसम्म पनि जितविहीन देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि रहने ज्ञानेन्दको भनाइ राष्ट्रिय लिगः मछिन्द्रलाई अंक दूरी बढाउने अवसर
शनिबारको दिन साउदी प्रो लिग

शक्तिशाली बन्दै साउदी प्रो लिग

काठमाडाैं । विश्व फुटबल बजारमा खुबै हल्लाखल्लाबीच साउदी प्रो लिगको खेलाडी स्थानान्तरण समय हालै सकिएको छ । यसबीच साउदी प्रोले धेरै हदसम्म विश्व फुटबलका खेलाडी स्थानान्तरणको शक्ति समीकरण नै परिवर्तन गरेको छ । यस्तै स्थिति कायम रहने हो भने अबको केही वर्ष साउदी प्रो लिगले युरोपकै ठूला क्लबलाई चुनौती दिने देखिन्छ ।

डर छ, यो शक्ति अझ बढ्ने त होइन ? यो कुरा तय छ, साउदी क्लबसँग युरोपकै समकक्षी बराबर खर्च गर्न सक्ने क्षमता छ ।

खेलाडी किनबेच बजारको ठूलै व्यापारी म्यानचेस्टर सिटीका व्यवस्थापक पेप ग्वार्डिओलाले भनेका छन्, ‘हामीले चाहेर वा नचाहेर पनि साउदी प्रो लिग विश्व फुटबलमा एउटा शक्ति बनेर आएको छ । डर छ, यो शक्ति अझ बढ्ने त होइन ?’ यो कुरा तय छ, साउदी क्लबसँग युरोपकै समकक्षी बराबर खर्च गर्न सक्ने क्षमता छ ।

भर्खर सकिएको खेलाडी स्थानान्तरणको समयमा पनि साउदी क्लबले मन खुलेर खर्च गरेका छन् । अझ अल इतिहादले त झन्डै झन्डै लिभरपुलका स्टार खेलाडी मोहम्मद सालाहलाई नै किन्न खोजेको थियो तर सकेन । लिभरपुलले आफ्नो टिमका सबैभन्दा ठूलो नामलाई कुनै पनि सर्तमा बेच्नै चाहेन, जतिसुकै मूल्य प्रस्ताव पनि ।

सबैभन्दा ठूलो इङ्लिस प्रिमियर लिगका खास खास ठूलै नाम पनि साउदी अरेबिया गएका छन् । यसको समग्र रकम नै २५ करोड पाउन्ड पुग्छ ।

नत्र इतिहादले कीर्तिमान २१ करोड ५० लाख पाउन्ड तिर्छु भनेकै थियो । यसको अर्थ के हो भने साउदी क्लबहरू जसरी भए पनि यति धेरै रकम खर्चन तयार छन् । सक्षम पनि छन् । यसका लागि एउटा तथ्यांक पर्याप्त छ । बन्द भइसकेको खेलाडी स्थानान्तरणको पछिल्लो समय साउदी क्लबले समग्रमा ७० करोड डलर खर्चेका थिए ।

यो रकम कति धेरै हो भने उनीहरूभन्दा माथि इङ्लिस प्रिमियर लिग, फ्रान्सेली लिग वान र स्पेनिस ला लिगामात्रै रहे । सबैभन्दा ठूलो इङ्लिस प्रिमियर लिगका खास खास ठूलै नाम पनि साउदी अरेबिया गएका छन् । यसको समग्र रकम नै २५ करोड पाउन्ड पुग्छ । त्यस अर्थमा सशंकित हुनुपर्ने स्थिति त त्यही प्रिमियर लिगलाई आएको छ ।

अल–अहलीले सिटीबाट रियाद महारेज नै किन्यो अनि अल–इत्तिफाकले लिभरपुलका जोर्डन हेन्डरसनलाई नै आफ्नो बनायो । त्यस्तै अल– इत्तिहादले चेल्सीबाट एनगोलो कान्टे अनि अल–नासरले सिटकै आयमेरिक लापोर्टो किन्यो ।

अहिलेका लागि सानो सूचीमात्रै बनाऔं, प्रिमियर लिगबाट को–को ठूला स्टार साउदी प्रो लिगमा गए त ? अल–अहलीले सिटीबाट रियाद महारेज नै किन्यो अनि अल–इत्तिफाकले लिभरपुलका जोर्डन हेन्डरसनलाई नै आफ्नो बनायो । त्यस्तै अल– इत्तिहादले चेल्सीबाट एनगोलो कान्टे अनि अल–नासरले सिटकै आयमेरिक लापोर्टो किन्यो ।

निचोड के हो भने साउदी प्रो लिगका क्लब जसरी धेरै महत्त्वाकांक्षी भएर अगाडि आइरहेका छन्, त्यसले विश्व फुटबलको शक्ति समीकरणलाई पक्कै ठूलो धक्का दिएको छ । अब युरोपका क्लबहरूले हामी नै ठूलो हौं भनेर बस्न सक्ने स्थिति रहेन । ग्वार्डिओलाले त्यसै भनेका होइनन्, ‘अबको सिजनमा अझ कति धेरै खेलाडी साउदी जाने हो, त्यो हेर्नलायक हुनेछ ।’