आश्विन १, २०८१ मंगलबार | ०१:१६:३९
सहारा क्लब पोखराको २६औं वार्षीकोत्सव सम्पन्न टोखा मेयर कप वादोरियो करातेः सुजन र अप्सनालाई स्वर्ण अशोक तेक्वान्दो प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्न अस्ट्रेलिया जाँदै चीन जाने कराते टोलीको बिदाइ क्यानाडाविरुद्ध फिल्डिङ गर्दै नेपाल पोखरामा पर्वतीय दौड हुने ओल्मो कम्तीमा पनि पाँच साता मैदान बाहिर रहने सुदूरपश्चिम अझै जितविहिन टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको नयाँ मिति तय काभा महिला क्लब च्याम्पियनसिपः पुलिसको लगातार दोस्रो जित सहारा क्लब पोखराको २६औं वार्षीकोत्सव सम्पन्न टोखा मेयर कप वादोरियो करातेः सुजन र अप्सनालाई स्वर्ण अशोक तेक्वान्दो प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्न अस्ट्रेलिया जाँदै चीन जाने कराते टोलीको बिदाइ क्यानाडाविरुद्ध फिल्डिङ गर्दै नेपाल पोखरामा पर्वतीय दौड हुने ओल्मो कम्तीमा पनि पाँच साता मैदान बाहिर रहने सुदूरपश्चिम अझै जितविहिन टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको नयाँ मिति तय काभा महिला क्लब च्याम्पियनसिपः पुलिसको लगातार दोस्रो जित
शनिबारको दिन फिफा महिला विश्वकप २०२३

पतनको बाटोबाट जर्मन फुटबल फर्केला ?

काठमाडौं । विश्व फुटबलको पावरहाउस राष्ट्रमध्ये एक हो जर्मनी । विश्वकप होस् वा महादेशीय कप, प्रतियोगिता सुरु हुनुभन्दा अगाडि जर्मनीलाई सधैं उपाधि दाबेदारको रूपमा लिइन्छ । चाहे त्यो पुरुष फुटबलमा होस् वा महिला । जर्मनीलाई कसरी अन्तर्राष्ट्रिय प्रतियोगिता जित्नुपर्छ भन्ने राम्ररी थाहा छ । 

पुरुष विश्वकपमा चारपल्ट च्याम्पियन जर्मनीले महिलामा पनि दुई पटक उपाधि उचालेको छ । युइएफए युुरोपियन च्याम्पियनसिपको कुरा गर्ने हो भने पुरुष टोलीले तीन पटक यो उपाधि जितेको छ भने महिलाले आठपल्ट ।

धेरै वर्ष भएको छैन, जर्मन पुरुष टोलीलाई हार्न नजान्ने टोलीको रूपमा लिइन्थ्यो । सहभागी सबै प्रतियोगितामा जर्मनीले कम्तीमा पनि सेमिफाइनलसम्म यात्रा तय गर्दथ्यो । तर, अहिले स्थिति फेरिएको छ । जर्मनीका ती सुनौला दिनहरू अब इतिहास बनिसकेका छन् । 

धेरै वर्ष भएको छैन, जर्मन पुरुष टोलीलाई हार्न नजान्ने टोलीको रूपमा लिइन्थ्यो । सहभागी सबै प्रतियोगितामा जर्मनीले कम्तीमा पनि सेमिफाइनलसम्म यात्रा तय गर्दथ्यो । तर, अहिले स्थिति फेरिएको छ । जर्मनीका ती सुनौला दिनहरू अब इतिहास बनिसकेका छन् । गत डिसेम्बरमा सम्पन्न कतार विश्वकपमा जर्मनी लगातार दोस्रो संस्करण समूह चरणबाटै बाहिरिन पुग्यो । त्यसअघि २०१८ को रूस विश्वकपमा पनि टोली समूह चरणबाटै बाहिरिएको थियो । यसबीच जर्मनी २०२१ को युरोपियन च्याम्पियनसिपमा भने अन्तिम १६ भन्दा अगाडि बढ्न सकेन ।

महिलाको सन्दर्भमा जर्मनीले गत वर्ष युरोपियन च्याम्पियनसिपको फाइनल खेलेको थियो । फाइनलमा भर्खरै सम्पन्न विश्वकपको उपविजेता इङ्ल्यान्डसँग २–१ को हार बेहोरेको थियो । यसपालिको विश्वकपमा जर्मनीलाई सधैंजसो उपाधि दाबेदारकै रूपमा हेरिएको थियो ।

फिफा वरीयताकै कुरा गर्ने हो भने प्रतियोगिताअघि जर्मनी दोस्रो स्थानमा थियो । तर, विडम्बना जर्मनीले समूह चरण पनि पार गर्न सकेन । मोरक्को, कोलम्बिया र दक्षिण कोरियासम्मिलित समूहमा जर्मनी तेस्रो स्थानमा रहन पुग्यो । जर्मनीले यसरी नकआउट चरणमा स्थान बनाउन नसकेको यो नै पहिलोपल्ट हो ।

महिला टोलीको लज्जास्पद प्रतियोगितापछि जर्मन फुटबलको भविष्यमाथि प्रश्न उठेको छ । के साँच्चै जर्मन फुटबल पतनको बाटोतर्फ हिँडिरहेको त छैन भन्ने प्रश्न विश्व फुटबलमा तेर्सिन थालेको छ । 

महिला टोलीको लज्जास्पद प्रतियोगितापछि जर्मन फुटबलको भविष्यमाथि प्रश्न उठेको छ । के साँच्चै जर्मन फुटबल पतनको बाटोतर्फ हिँडिरहेको त छैन भन्ने प्रश्न विश्व फुटबलमा तेर्सिन थालेको छ । जर्मनी पुरुष र महिला दुवैमा विश्वकप जित्ने पहिलो राष्ट्र हो । तर, आकस्मिक यो पतनले राष्ट्रको खेलकुद जगमाथि प्रश्न उठेको छ । जर्मनीका खेलकुद निर्देशक जोटी च्याटजियालेक्सियो त कयौं मुद्दाको निवारण नगरेसम्म टोली पुरानो लयमा फर्कन नसक्ने दाबी गर्छन् ।

‘हामीले यसबारे नसोचेका होइनौं,’ ४७ वर्षीय च्याटजियालेक्सियोले भने, ‘जर्मन फुटबल महासंघले पाँच वर्षयता पुरुष र महिला फुटबलको भविष्यका लागि सचेत रूपमा परियोजना विकास गरेको थियो ।’ ‘एक–एक तथ्यांक हेर्ने हो भने हामीले जति सक्थ्यौं, त्यति प्रतियोगितामा ध्यान दिएनौं । हामीमा जित्ने मानसिकता नै हराउँदै गइरहेको छ,’ खेलाडीको सीप र लड्ने इच्छामाथि प्रश्न उठाउँदै च्याटजियालेक्सियोले भनेका छन् ।

कतार विश्वकपयता जर्मनी २००६ देखि २०१४ सम्म सहायक प्रशिक्षकका रूपमा काम गरेका हान्सी फ्लिकको नेतृत्वमा छ । जर्मनीको जिम्मेवारी सम्हाल्नुअघि फ्लिकले घरेलु क्लब बायर्न म्युनिख सम्हालेका थिए । २०१९-२० को सिजनमा फ्लिकको नेतृत्वमा बायर्नले युरोपियन ट्रेबल नै जितेको थियो । जर्मन टिममा अधिकांश खेलाडी बायर्नकै हुन्छन्, त्यसमाथि पनि आठ वर्ष राष्ट्रिय टोलीमै रहेर काम गरेका फ्लिकमाथि सबैको आस थियो । तर जापान, कोस्टारिका र स्पेनसम्मिलित समूहबाट जर्मनी अगाडि बढ्न सकेन ।

प्रतियोगिताबाट बाहिरिएपछि फ्लिकले महासंघको कडा आलोचना गरेका थिए । एकेडेमी सञ्चालनमा जर्मनी अन्य युरोपेली देशहरूभन्दा पछि रहेको आरोप उनले लगाएका थिए । ‘हामी अन्य युरोपेली देशभन्दा निकै पछाडि धकेलिएका छौं । हामीले हामीसँग युवा खेलाडी छन् भनेर भन्छौं । तर, सत्य कुरा के हो भने जमल मुसियाला जर्मनीमा होइन इङ्ल्यान्डमा प्रशिक्षण गरेर आएका खेलाडी हुन् । हामीले अब एकेडेमी सञ्चालन र कडा प्रशिक्षणमा ध्यान दिनुपर्छ,’ विश्वकपबाट बाहिरिएपछि फ्लिकले मुख फोरेका थिए ।

तीन साताअघि महिला विश्वकपबाट बाहिरिएलगत्तै ब्रिसबेन होटलमा कप्तान एलेक्जेन्द्रा पोपलाई हारका कारणहरू सोधिएको थियो । प्रशिक्षक मार्टिना टेक्लेनवर्गकै रणनीतिमै केही कमजोरी भएको हो कि भन्ने प्रश्नहरू पनि नउठेका होइनन् ।

लगातार दुई संस्करण नकआउट चरण पुग्न असफल रहनुको कारण टोलीमा अहङ्कार रहेको भन्दै जर्मन मिडियाले खेलाडीलमाथि ठूलो आरोप थोपरेका थिए । केही जर्मन पत्रिकाले खुलाएअनुसार टोलीमा समूहको शीर्षस्थानमा रहेर नकआउट चरण पुग्ने अधिक आत्मविश्वास थियो । खेलाडीहरू समूह विजेता हुनेमा विश्वस्त थिए । दोस्रो स्थानमा रहे प्रतियोगितामा कसरी अगाडि जाने भन्ने योजनाहरू बनाइएको थिएन । समूह चरणबाट बाहिर जाने त कल्पना पनि गरेका थिएनन् ।

सन २०१८ मा जर्मनी डिफेन्डिङ च्याम्पियनको हैसियतले रुस पुगेको थियो । जर्मन फुटबल महासंघ (जिएफए) का अध्यक्ष बनर्ड निउनडर्फ त्यतिबेला टोली अघिल्लो चरणसम्म पुग्नेमा सबैभन्दा बढी विश्वस्त थिए । त्यसैले टोली नकआउट चरण पुगेमात्र खेल हेर्न जाने सोचमा थिए ।

उनले नकआउट खेल हेर्न प्रि–बुकिङसमेत गरेका थिए । तर, उनले सोचेजस्तो भएन । कतारमा भने निउनडर्फले समूह चरणका सबै खेलहरू हेरे । यसपालि चार वर्षअगाडि जस्तो नहोस् भनेर सबै खेलमा खेलाडीको हौसला बढाउन उनी रंगशाला पुगेका थिए । नतिजा भने उस्तै रह्यो ।

तीन साताअघि महिला विश्वकपबाट बाहिरिएलगत्तै ब्रिसबेन होटलमा कप्तान एलेक्जेन्द्रा पोपलाई हारका कारणहरू सोधिएको थियो । प्रशिक्षक मार्टिना टेक्लेनवर्गकै रणनीतिमै केही कमजोरी भएको हो कि भन्ने प्रश्नहरू पनि नउठेका होइनन् । तर, ३२ वर्षीया पोपले प्रशिक्षक टेक्लेनवर्गको बचाउ गर्दै भनेकी थिइन्, ‘हामीले पहिले आफूलाई हेरौं, आफ्नो कमजोरी हेरौं । अवश्य पनि हामीलाई आफ्ना कमजोरीहरू समीक्षा गर्न समय चाहिन्छ । हामीले आफैंलाई प्रश्न गर्नुपर्छ, के हामीले सक्दो दियौं त ?’

जे जस्तो परिस्थिति भए पनि जर्मनीलाई अन्तर्राष्ट्रिय फुटबलमा कम आँकलन गर्न मिल्दैन । आगामी जुनमा जर्मनी आफैंले महादेशीय कप आयोजना गर्दै छ । 

‘हामीले गत वर्ष युरोपियन च्याम्पियनसिपमा फाइनल खेलेका थियौं । त्यसले के देखाउँछ भने राम्रो खेल्यौं भने हामीले सक्छौं,’ अस्ट्रेलियामा चार गोल गरेकी कप्तान पोपले भनेकी थिइन् ।

जे जस्तो परिस्थिति भए पनि जर्मनीलाई अन्तर्राष्ट्रिय फुटबलमा कम आँकलन गर्न मिल्दैन । आगामी जुनमा जर्मनी आफैंले महादेशीय कप आयोजना गर्दै छ । घरेलु मैदानमा जर्मनीको एउटै लक्ष्य हुनेछ । त्यो हो उपाधि जितेर आफूलाई फेरि विश्व फुटबलको पावरहाउस भनेर साबित गर्ने । युरोपियन च्याम्पियनसिप २०२४ बाटै थाहा हुनेछ, पतनको बाटोमा हिँडिरहेको जर्मन फुटबल पुरानो लयमा फर्कन्छ कि फर्कंदैन ।