पुस ३०, २०८२ बुधबार | २०:२९:२७
साफ फुटसल च्याम्पियनसिपः भारत र बंगलादेशको रोमाञ्चक बराबरी एन्फा राष्ट्रिय लिगः चर्च ब्वाइज र श्री भगवतीले खेल्यो बराबरी एन्फा बैठकमा भएन चुनाव विवादको छलफल, लिग गर्न पैसा नहुने संस्थाको बजेट डेढ अर्बभन्दा बढि साफ फुटसल च्याम्पियनसिपः भुटान र श्रीलंकाले खेल्यो रोमाञ्चक बराबरी शहीद मानबहादुर स्मृति कप माघ ३ गते देखि एन्फा राष्ट्रिय लिगः काँक्रे बिहारविरुद्ध फ्रेन्ड्सको सानदार जित भारत शृंखला कब्जा गर्ने योजनामा, दबाबमा न्युजिल्यान्ड अदालत र राखेपले निर्वाचनको सबै प्रक्रिया रोकेपछि एन्फाको बैठक आज बस्दै साउदी पुगेका कन्सेलो बार्सिलोना फर्किए पहिलो लेगमा सिटीको सहज जित साफ फुटसल च्याम्पियनसिपः भारत र बंगलादेशको रोमाञ्चक बराबरी एन्फा राष्ट्रिय लिगः चर्च ब्वाइज र श्री भगवतीले खेल्यो बराबरी एन्फा बैठकमा भएन चुनाव विवादको छलफल, लिग गर्न पैसा नहुने संस्थाको बजेट डेढ अर्बभन्दा बढि साफ फुटसल च्याम्पियनसिपः भुटान र श्रीलंकाले खेल्यो रोमाञ्चक बराबरी शहीद मानबहादुर स्मृति कप माघ ३ गते देखि एन्फा राष्ट्रिय लिगः काँक्रे बिहारविरुद्ध फ्रेन्ड्सको सानदार जित भारत शृंखला कब्जा गर्ने योजनामा, दबाबमा न्युजिल्यान्ड अदालत र राखेपले निर्वाचनको सबै प्रक्रिया रोकेपछि एन्फाको बैठक आज बस्दै साउदी पुगेका कन्सेलो बार्सिलोना फर्किए पहिलो लेगमा सिटीको सहज जित
शनिबारको दिन फिफा महिला विश्वकप २०२३

‘क्लाइमेक्स’ मा पुग्दै महिला विश्वकप फुटबल

काठमाडौं । अब त एकै खेल मात्र बाँकी छ भन्दा हुन्छ यसपालिको महिला विश्वकप फुटबलमा । त्यसो त तेस्रो स्थानका लागि स्विडेन र अस्ट्रेलिया भिड्दै छन् । 

तर, यो यस्तो खेल हुने गर्छ, जसमा कमैको मात्र रूचि पर्दछ । केही आलोचकले के सम्म भन्ने गरेका छन् भने तेस्रो स्थानको खेल भनेको काम नहुनेबीच खेल मात्रै हो, यसको खासै महत्व छैन ।  

 दुवै टिम पहिलोपल्ट फाइनल खेल्दैछन् । त्यस अर्थमा च्याम्पियन टिम पनि नयाँ आउँदै छ । 

जेहोस्, सबैको नजर भने फाइनलमै केन्द्रित रहनेछ । यो हो, इङ्ल्यान्डविरुद्ध स्पेनको खेल । दुवै टिम पहिलोपल्ट फाइनल खेल्दैछन् । त्यस अर्थमा च्याम्पियन टिम पनि नयाँ आउँदै छ । 

यसअघि इङ्ल्यान्डको सबैभन्दा राम्रो प्रदर्शन भनेको तेस्रो स्थान हो । स्पेन त क्वाटरफाइनल पुगेकै पहिलोपल्ट हो । सेमिफाइनल र फाइनलको त कुरै बेग्लै भयो ।  

कस्तो हुनेछ त फाइनल ? अझ भनौं, ‘क्लाइमेक्स’ कस्तो हुने हो ? सायद केही हदसम्म इङ्ल्यान्ड उपाधिको बलियो दावेदार हो । त्यसमाथि इङ्ल्यान्ड युरोपेली च्याम्पियन पनि हो । 

यसपल्टको प्रतियोगितामा इङ्ल्यान्डको प्रदर्शन सुमधुर रहेको छ । जापानविरुद्धको एक हार छाड्ने हो भने स्पेनको प्रदर्शन पनि कमजोर मान्न मिल्ने ठाउँ छैन ।

यसपल्टको प्रतियोगितामा इङ्ल्यान्डको प्रदर्शन सुमधुर रहेको छ । जापानविरुद्धको एक हार छाड्ने हो भने स्पेनको प्रदर्शन पनि कमजोर मान्न मिल्ने ठाउँ छैन ।

खासमा भन्ने हो भने फाइनलमा यस्तै हुनेछ भनेर अनुमान नै गर्न सकिन्न । जे पनि हुनसक्छ । खेलमा अनुमान गरे जस्तै सबै मिल्ने हो भने प्रतिस्पर्धाको पनि अर्थ नहुँदो हो । 

प्रतियोगिता सुरु हुनुअगाडि धेरैको भनाइ थियो, यसपल्ट जित्ने अमेरिकाले नै हो । अमेरिका दुईपल्टको डिफेन्डिङ च्याम्पियन पनि थियो । 

मूल कुरा के हो भने यसपल्टको प्रतियोगिता नै जसरी अगाडि बढेको छ र अन्त्यसम्म आइपुगेको छ, त्यसमै टिकेरभन्दा फाइनल पनि पूर्णतः अनिश्चिताले छाउने छ । जस्तो प्रतियोगिता आफैंमा अनिश्चिताले छाएको छ ।

प्रतियोगिता सुरु हुनुअगाडि धेरैको भनाइ थियो, यसपल्ट जित्ने अमेरिकाले नै हो । अमेरिका दुईपल्टको डिफेन्डिङ च्याम्पियन पनि थियो । 

तर, न अमेरिकाको प्रदर्शन राम्रो रहन सक्यो, न त यो टिम क्वाटरफाइलन नै पुग्यो । बलियो मानिएका जर्मनी, ब्राजिल र क्यानडा जस्ता टिम त नकआउट चरण पनि पुग्न सकेनन्, कमजोर देखिए उनीहरू ।

 जस्तो दक्षिण अफ्रिका, मोरक्को, नाइजेरिया र जमैकाले गजब खेले । पहिला पहिला जस्तो यसपल्ट कुनै एक खास बलियो टिम भनेको पनि रहेन । 

बरू आस नै नगरिएका टिमले राम्रो गरेका छन् । जस्तो दक्षिण अफ्रिका, मोरक्को, नाइजेरिया र जमैकाले गजब खेले । पहिला पहिला जस्तो यसपल्ट कुनै एक खास बलियो टिम भनेको पनि रहेन । 

त्यसैले ठुल्ठूला जित हारका नतिजा पनि देखिएन । न त असाध्यै एकपक्षीय खेल भए । पारम्परिक रूपमा शक्ति मानिएका टिम र अरूबीचको स्तरको अन्तर घटेकै देखियो ।

त्यसैले त यसपल्टको फाइनलमा पनि यस्तै हुनेछ भनेर केही भन्न सकिन्न । फेरि यो महिला विश्वकपका लागि मात्र होइन । समग्र अन्तर्राष्ट्रिय महिला फुटबलकै लागि पनि राम्रो हो । 

यसपल्टको महिला विश्वकप फुटबललाई एउटा राम्रो सिनेमा मान्ने हो भने जतिबेला क्लाइमेक्स आइपुग्नेछ, सबैले खुसी नै महसुस गर्नेछन् ।