पुस १६, २०८२ बिहीबार | १५:३६:३५
एनभिए च्याम्पियनसिपः सेमिफाइनलमा पुलिस र हेल्प नेपाल भिड्ने रुपेशले फ्रेन्ड्सबाटै खेल्ने अफ्रिका कप अफ नेसन्सः प्रिक्वार्टरफाइनल पुग्ने १६ राष्ट्रको लाग्यो टुंगो विश्वकपको लागि अस्ट्रेलियन टोली घोषणा एनभिए च्याम्पियनसिपः कोशी क्वार्टरफाइनलमा, र्कीतिपुर बाहिरियो एनभिए च्याम्पियनसिपः बुढानिलकण्ठ क्वार्टरफाइनलमा, जावलाखेल बाहिरियो पल्सर स्पोर्टस अवार्डलाई रारा चाउचाउको साथ विरोधका बाबजुद एन्फाको चुनावी साधारणसभा २८ माघमा गर्ने निर्णय एनभिए च्याम्पियनसिपः एभरेष्टको सान्त्वना जित अर्को साता नेपालमा ट्वान्टी-२० विश्वकपको ‘ट्रफी टुर’ एनभिए च्याम्पियनसिपः सेमिफाइनलमा पुलिस र हेल्प नेपाल भिड्ने रुपेशले फ्रेन्ड्सबाटै खेल्ने अफ्रिका कप अफ नेसन्सः प्रिक्वार्टरफाइनल पुग्ने १६ राष्ट्रको लाग्यो टुंगो विश्वकपको लागि अस्ट्रेलियन टोली घोषणा एनभिए च्याम्पियनसिपः कोशी क्वार्टरफाइनलमा, र्कीतिपुर बाहिरियो एनभिए च्याम्पियनसिपः बुढानिलकण्ठ क्वार्टरफाइनलमा, जावलाखेल बाहिरियो पल्सर स्पोर्टस अवार्डलाई रारा चाउचाउको साथ विरोधका बाबजुद एन्फाको चुनावी साधारणसभा २८ माघमा गर्ने निर्णय एनभिए च्याम्पियनसिपः एभरेष्टको सान्त्वना जित अर्को साता नेपालमा ट्वान्टी-२० विश्वकपको ‘ट्रफी टुर’
शनिबारको दिन फिफा महिला विश्वकप २०२३

महिला फुटबलमा अमेरिकी वर्चस्व सकिएकै हो ?

काठमाडाैं । महिला विश्वकप फुटबलको यसपालिको संस्करण टुंगिने क्रममा छ । अहिलेसम्म जति पनि खेल भएका छन्, त्यसको निचोड हो यत्तिको खुला महिला विश्वकप भएको छैन । यही विशेषताको सबैभन्दा ठूलो सिकार बन्यो अमेरिका । 

यो टिम अस्ट्रेलिया र न्युजिल्यान्ड दुईपल्टको डिफेन्डिङ च्याम्पियनका रूपमा पुगेको थियो । जतिबेला अमेरिका अन्तिम १६ बाटै घर फर्किन बाध्य रह्यो, यसको भविष्यमा एकाएक अनिश्चितता छाएको छ ।

सबैभन्दा ठूलो कुरा के भने कुनै समय महिला फुटबलमा अमेरिकालाई छुने सक्ने अरू कुनै टिम नै थिएन जस्तो थियो । तर, अहिले धेरैभन्दा धेरै टिम अमेरिका बराबरका भएका छन् । 

अब अमेरिकी महिला फुटबल कहाँ जान्छ ? टोलीको गन्तव्य के हो ? टिमलाई पहिले जत्तिकै बलियो बनाउन के के गर्नुपर्छ त ? प्रश्न धेरै उब्जेका छन् । सबैभन्दा ठूलो कुरा के भने कुनै समय महिला फुटबलमा अमेरिकालाई छुने सक्ने अरू कुनै टिम नै थिएन जस्तो थियो । तर, अहिले धेरैभन्दा धेरै टिम अमेरिका बराबरका भएका छन् । अमेरिकाभन्दा माथि पुगिसकेका छन् ।

महिला फुटबलमा लगभग एक्लो महाशक्ति रहेको अमेरिका क्वाटरफाइनलभन्दा अगाडि नै बाहिरियो । चारपल्टको विश्वकप विजेता अमेरिका स्विडेनसँग टाइब्रेकरमा पराजित भएको थियो । खासमा अमेरिकाको प्रदर्शन समूह चरणमा पनि राम्रो रहेन । भियतनामलाई मात्र हराउन सकेको अमेरिकाले नेदरल्यान्ड्स र पोर्चुगलसँग बराबरी खेलेको थियो ।

महिला फुटबलको विश्व वास्तवमै खुला भएको छ । जसले जसलाई पनि हराउन सक्ने भएका छन् । यसअघिका विश्वकपका खेलमा मात्र नभएर अन्य प्रतिस्पर्धामा पनि अमेरिका फराकिलो अन्तरले विजयी हुन्थ्यो ।

अमेरिकामात्र होइन, दुईपल्टको विजेता जर्मनी, ब्राजिल र क्यानडा जस्ता टिमको प्रदर्शन यसपल्ट वास्तवमै कमजोर रह्यो । यसको सिधा सिधा अर्थ यही त हो, महिला फुटबलको विश्व वास्तवमै खुला भएको छ । जसले जसलाई पनि हराउन सक्ने भएका छन् । यसअघिका विश्वकपका खेलमा मात्र नभएर अन्य प्रतिस्पर्धामा पनि अमेरिका फराकिलो अन्तरले विजयी हुन्थ्यो ।

कमजोर मानिएका टिममाथि आधा दर्जन गोल गर्नु त सामान्यजस्तै थियो । तर, अमेरिकाले एउटा तथ्य भने चालै पाएन । त्यो हो अरू टिमले पनि राम्रै फुटबल खेल्न थालेको । त्यसैले त हो, यसपल्टको विश्वकपमा अमेरिकाको प्रदर्शन आलोचना योग्य बनेको । फेरि यसको स्पष्ट छनक टोकियो ओलम्पिककै बेला देखापरेको थियो ।

अमेरिकाले जापानमा भएको ओलम्पिकमा स्वर्ण पदक जित्न सकेन । कांस्य पदकमै चित्त बुझाउनुपरेको थियो । अब अमेरिकाले खेल्ने सबैभन्दा ठूलो प्रतियोगिता भनेको अर्को वर्षको पेरिस ओलम्पिक हो । त्यसअगाडि टिमका वर्तमान प्रशिक्षक भ्लाट्को एन्डानोभ्स्कीको भविष्य पनि अनिश्चित भएको छ । उनी टिमसँगै रहनेछन् वा बाहिरिने छन्, त्यो मूल प्रश्न बनेको छ ।

महिला फुटबलको विश्व वास्तवमै खुला भएको छ । जसले जसलाई पनि हराउन सक्ने भएका छन् । यसअघिका विश्वकपका खेलमा मात्र नभएर अन्य प्रतिस्पर्धामा पनि अमेरिका फराकिलो अन्तरले विजयी हुन्थ्यो ।

उनले यसपल्टको विश्वकपकै क्रममा बारम्बार भनेका थिए, ‘अमेरिकाको टिम अब त्यस्तो छैन, जस्तो पहिलो थियो । धेरै पुराना खेलाडीले सक्रिय खेलजीवनबाट बिदा लिइसके । टिममा धेरै नयाँ खेलाडी छन् र तिनमा अन्तर्राष्ट्रिय फुटबलको अनुभव वास्तवकै कमी छ ।’ फुटबलमा कुनै पनि टिमको प्रदर्शन सधैं कहाँ स्थिर हुन्छ र ? फेरि लगातार सधैं राम्रो पनि खेलिरहन त सकिन्न नि ।