फाल्गुन १२, २०८२ मंगलबार | १८:११:२५
पुलिसले एपिएफलाई हरायो उदीयमान गोलकिपर कृशलसहित तीन खेलाडी अस्ट्रेलिया पलायन सावित्राको उपचारका लागि खर्च जुट्यो, नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी सहयोग च्याम्पियन्स लिगः इन्टर मिलानलाई बाहिरिने खतरा चर्च ब्वाइजले आर्मीलाई हरायो महिला विश्वकपको खेल तालिका सार्वजनिक नेपालले थाइल्यान्डमा मैत्रीपूर्ण फुटबल खेल्ने करणले कसे लगनगाँठो पाकिस्तानलाई हराउँदै सेमिफाइनल पुग्ने लक्ष्यमा इङ्ल्याण्ड एभर्टनविरुद्ध युनाइटेडको संघर्षपूर्ण जित पुलिसले एपिएफलाई हरायो उदीयमान गोलकिपर कृशलसहित तीन खेलाडी अस्ट्रेलिया पलायन सावित्राको उपचारका लागि खर्च जुट्यो, नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी सहयोग च्याम्पियन्स लिगः इन्टर मिलानलाई बाहिरिने खतरा चर्च ब्वाइजले आर्मीलाई हरायो महिला विश्वकपको खेल तालिका सार्वजनिक नेपालले थाइल्यान्डमा मैत्रीपूर्ण फुटबल खेल्ने करणले कसे लगनगाँठो पाकिस्तानलाई हराउँदै सेमिफाइनल पुग्ने लक्ष्यमा इङ्ल्याण्ड एभर्टनविरुद्ध युनाइटेडको संघर्षपूर्ण जित
शनिबारको दिन फिफा महिला विश्वकप २०२३

बेजोड रोमाञ्च दिँदै महिला विश्वकप फुटबल

काठमाडाैं । महिला विश्वकप फुटबलमा जे भइरहेको छ, बेजोड भइरहेको छ । किन त ? किनभने यत्तिको खुला विश्वकप महिला फुटबलको इतिहासमा अहिलेसम्म भएकै थिएन । महिला फुटबल भनेपछि यस्तो हुन्थ्यो, केही बलिया टिम अनि तिनै टिमहरूले साना अरू टिमलाई ठूलो अन्तरले हराउने । अन्त्यमा खास केही टिम च्याम्पियन हुने । जस्तो अमेरिका ।

एक प्रकारले भन्दा यसपल्ट महिला विश्वकप अप्रत्यासित नतिजाले भरिएको प्रतियोगिता रह्यो । कुन खेलमा कस्तो नतिजा आउने थाहै नहुने ।

तर, अस्ट्रेलिया र न्युजिल्यान्डमा भइरहेको यसपालिको विश्वकपमा यस्तो भएन । बरू साना मानिएका टिमले ठूला कहलिएका टिमलाई माथ दिइरहेका छन् । एक प्रकारले भन्दा यसपल्ट महिला विश्वकप अप्रत्यासित नतिजाले भरिएको प्रतियोगिता रह्यो । कुन खेलमा कस्तो नतिजा आउने थाहै नहुने । यो त फेरि महिला फुटबलकै लागि राम्रो पनि हो । महिला फुटबलको राम्रो विज्ञापन भनौं ।

प्रतियोगितामा लिग चरणका खेल सकिएका छन् । लिग चरणमा त्यस्ता खासै केही पनि भएन, जुन पुरातन सोचले भन्थ्यो । जर्मनी महिला फुटबलको सबैभन्दा बलियो टिममध्ये एक हो । अझ दुईपल्टको च्याम्पियन । यसपल्ट पनि उपाधिको प्रत्याशी । यही टिम लिग चरणमै रोकियो । समूह ‘एच’ मा कोलम्बिया र मोरक्कोपछि जर्मनी तेस्रो स्थानमा रह्यो ।

दुईपल्टको डिफेन्डिङ च्याम्पियन अमेरिकाको प्रदर्शन पनि यसपालि कमजोर नै रहेको छ । अझ भनौं, अमेरिकाले आफ्नो प्रतिष्ठाअनुसार खेल्न सकेकै छैन ।

ब्राजिलको नियति पनि समूह ‘एफ’ मा त्यस्तै भयो । महिला फुटबलकै सर्वकालीन महान खेलाडी मार्टाको ब्राजिल अन्तिम १६ पुग्न सकेन । फ्रान्स र जमैकाले ब्राजिललाई तेस्रो स्थानमै चित्त बुझाउन बाध्य र्पायो । दुईपल्टको डिफेन्डिङ च्याम्पियन अमेरिकाको प्रदर्शन पनि यसपालि कमजोर नै रहेको छ । अझ भनौं, अमेरिकाले आफ्नो प्रतिष्ठाअनुसार खेल्न सकेकै छैन ।

धन्न, अमेरिका अन्तिम १६ भने पुग्यो । नेदरल्यान्ड्स, पोर्चुगल र भियतनामसम्मिलित समूहमा अमेरिकालाई खासमा गाह्रै भयो । ओलम्पिकको स्वर्ण पदक विजेता क्यानडा पनि समूह ‘बी’ मै रोकियो । अनि सहआयोजक न्युजिल्यान्ड आफैं पनि नकआउट चरण पुग्न सकेन । अस्ट्रेलियालाई पनि हुनसम्म गाह्रै भयो । बरू नाइजेरिया, जमैका, दक्षिण अफ्रिका र मोरक्कोले राम्रो गरेका छन् । कसैले डेब्यूमै लिग चरण पार गरेका छन् ।

अब नकआउट चरणको पालो । अब प्रतियोगिता अझ मज्जाले भरिनेछ । महिला विश्वकप फुटबलको अन्तिम १६ को समीकरण यस्तो छ:स्विटजरल्यान्डविरुद्ध स्पेनजापानविरुद्ध नर्वेनेदरल्यान्ड्सविरुद्ध दक्षिण अफ्रिकास्विडेनविरुद्ध अमेरिका इङ्ल्यान्डविरुद्ध नाइजेरिया अस्ट्रेलियाविरुद्ध डेनमार्क कोलम्बियाविरुद्ध जमैका फ्रान्सविरुद्ध मोरक्को