चैत्र १२, २०८२ बिहीबार | ०४:३५:१६
माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा
शनिबारको दिन साफ च्याम्पियनसिप

भुटानको नजरमा सेमिफाइनल

काठमाडौं । दक्षिण एसियामा भुटानलाई तुलनात्मक रुपमा सबैभन्दा कमजोर टिम मानिन्छ । तर, यसो भनिरहँदा यसपाली भुटानलाई कम आकलन गर्न भने मिल्दैन । तिन महिना अगाडि सम्पन्न त्रिदेशीय फुटबल प्रतियोगितामा भुटानले पहिलो पटक नेपालसँग ऐतिहासिक बराबरी खेलेको थियो । नेपाल च्याम्पियन रहेको उक्त प्रतियोगितामा भुटानले आयेजक नेपाल र लाओसविरुद्ध विगतका दिनभन्दा सुधारिएको प्रदर्शन गरेको थियो ।

बेङलोरमा भुटानको लध्य सेमिफाइनल पुग्ने हुनेछ । टोली २०१९ यता प्रशिक्षक पेमा दोर्जेको नेतृत्वमा छ । कप्तानको जिम्मेवारीमा हुनेछन् कर्मा सेड्रुप छिरिङ । टोलीका मुख्य हतियार रहनेछन् दक्षिण एसियाका रोनाल्डो मानिएका चेन्जो ग्याल्सेन । चेन्जोले भर्खरै सम्पन्न सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मछिन्द्र फुटबल क्लबबाट खेलेका थिए । मछिन्द्रबाट खेल्दा उनले खुट्टामा चोट बोकेका थिए । जसका कारण उनी भुटान फर्किएका थिए । तर, साफ च्याम्पियनसिपका लागि भने उनी फिट भइसकेको बताइएको छ ।

यसपालीको साफ च्याम्पियनसिप भुटानका लागि नवौं सहभागिता हो । साफ च्याम्पियनसिपमा भुटानले एकपटक बाहेक दोस्रो चरण प्रवेश गर्न सकेको छैन । माल्दिभ्स र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेको सन् २००८ को साफ च्याम्पियनसिपमा भुटानले सेमिफाइनलसम्मको यात्रा गरेको थियो । अन्तर्राष्ट्रिय फुटबलमा भुटानको त्यो सबभन्दा ठूलो सफलता हो ।

फिफा वरियताको १८५औं स्थानमा रहेको भुटानले बेङ्लुरुमा जुन २२ (असार ७) मा माल्दिभ्ससँग खेल्दै साफ च्याम्पियनसिप यात्राको थालनी गर्नेछ । टोलीले समूहको दोस्रो खेल तीन दिनपछि असार १० मा लेबनानसँग खेल्नेछ भने असार १३ गते बंगलादेशसँग समूहको अन्तिम खेलमा प्रतिस्पर्धा गर्नेछ ।