पुस ७, २०८२ मंगलबार | ०५:०१:२४
एन्फा यु-१६ युथ लिगः संकटाले भगवतीलाई हरायो तीन पाकिस्तानका खेलाडीले रुकुम पश्चिमबाट खेल्ने शेर्पाविरुद्ध मछिन्द्रको आधा दर्जन गोल, जावलाखेलको सहज जित एनभिए लिगमा २० टिम, विवादपछि गण्डकीले नखेल्ने म्यानचेस्टर युनाइटेडका कप्तान फर्नान्डेज घाइते अफ्रिका कप अफ नेशन्समा मोरक्कोको विजयी सुरुआत रोजर्सको दुई गोलमा युनाइटेडमाथि भिल्लाको जित १० खेलाडीमा सीमित भियारियालमाथि शीर्ष टोली बार्सिलोनाको जित अपराजित बायर्नमा केनको प्रभाव कायम इटालियन सिरी ‘ए’मा फियोरेन्टिनाको पहिलो जित एन्फा यु-१६ युथ लिगः संकटाले भगवतीलाई हरायो तीन पाकिस्तानका खेलाडीले रुकुम पश्चिमबाट खेल्ने शेर्पाविरुद्ध मछिन्द्रको आधा दर्जन गोल, जावलाखेलको सहज जित एनभिए लिगमा २० टिम, विवादपछि गण्डकीले नखेल्ने म्यानचेस्टर युनाइटेडका कप्तान फर्नान्डेज घाइते अफ्रिका कप अफ नेशन्समा मोरक्कोको विजयी सुरुआत रोजर्सको दुई गोलमा युनाइटेडमाथि भिल्लाको जित १० खेलाडीमा सीमित भियारियालमाथि शीर्ष टोली बार्सिलोनाको जित अपराजित बायर्नमा केनको प्रभाव कायम इटालियन सिरी ‘ए’मा फियोरेन्टिनाको पहिलो जित
शनिबारको दिन साफ च्याप्पियनसिप

वरियतामा सबभन्दा माथि लेबनान

काठमाडौं । आगन्तुक टोलीका रूपमा पहिलो पटक साफ च्याम्पियनसिपमा सहभागिता जनाउन लागेको मध्यपूर्वको लेबनानलाई उपाधि दावेदारमध्ये मानिएको छ । हाल फिफा वरीयताको ९९ औं स्थानमा रहेको लेबनान प्रतियोगितामा सहभागी हुनेमध्ये सबैभन्दा माथिल्लो वरीयताको टोली हो ।

१९३३ मा स्थापना भएको लेबनान फुटबल संघ मध्यपूर्वी एसियाको सबैभन्दा पुरानो फुटबल संघ हो ।  संघले सन् १९३६ मा फिफाको सदस्यता प्राप्त गरेको थियो । सन् १९६३ मा घरेलु भुमीमै भएको अरब कपमा तेस्रो स्थान हासिल गर्नु लेबनानको हालसम्मको सबैभन्दा उच्च प्रदर्शन हो ।

पूर्व कप्तान जमाल ताहाको नेतृत्वमा रहेको लेबनान सन् २०२३ को एसिया कपका लागि छनोट भएको छ । यो लेबनानको तेस्रो एसिया कप हुनेछ । यसैगरी लेबनानले सन् २०२६ को फिफा विश्वकप एसिया छनोटको अन्तिम चरणमा पनि स्थान सुरक्षित गरेको छ । लेबनानले दोस्रो पटक विश्वकप छनोटको अन्तिम चरणमा स्थान बनाएको हो ।

लेबनान गत आइतबार घरेलु टोली भारतसँग २-० ले पराजित हुँदै चार देश सम्मिलित इन्टरकन्टिनेन्टल कपको उपविजेता बनेको थियो ।  

साफ च्याप्पियनसिपको समूह ‘बी’ मा लेबनान, बंगलादेश, भुटान र माल्दिभ्स छन् । तुलनात्मक रूपमा कमजोर मानिएका टोलीविरुद्ध खेल्न लेबनानलाई केही सहज हुने अनुमान लगाउन सकिन्छ ।

लेबनानले जुन २२ (असार ७) मा बंगलादेशसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । लेबनानले असार १० मा भुटानसँग दोस्रो तथा त्यसको तीन दिनपछि माल्दिभ्ससँग समूहको अन्तिम खेल खेल्नेछ ।