माघ १९, २०८२ सोमबार | ००:०४:४६
फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित
शनिबारको दिन साफ च्याम्पियनसिप

नियमित कप्तानविनाको माल्दिभ्स

काठमाडौं । दुईपटकको साफ च्याम्पियनसिप विजेता माल्दिभ्सले पछिल्लो पटक २०१८ मा यो उपलब्धि हासिल गरेको थियो । यसपाली पनि माल्दिभ्स उपाधिको लक्ष्यका साथ बेङ्लुरु आइपुगेको छ ।

२०१८ मा माल्दिभ्सका प्रमुख खेलाडी थिए, गोलकिपर मोहम्मद फैजल । प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका फैजलकै प्रेरणादायी प्रदर्शनप्रेरित माल्दिभ्सले बंगलादेशमा सम्पन्न उक्त प्रतियोगिता जितेको थियो । तर, यसपाली भने माल्दिभ्सलाई उनको अभाव खड्कनेछ । यही प्रतियोगिताको तयारी गरिरहँदा उनी घाइते भएको र उनले बेङ्लुरु भ्रमण गुमाउने माल्दिभियन सञ्चार माध्यमले जनाएका छन् ।

फैजलको अनुपस्थितिमा टोलीका कप्तान तथा रक्षक अक्रब अब्दुल घनेलाई थप जिम्मेवारी बढेको छ ।

टोलीको जम्मेवारीमा छन् इटालियन प्रशिक्षक फ्रान्सेस्को मोरियरो । माल्दिभ्स फुटबल संघले गत संस्करण घरेलु भूमिमा उपाधि रक्षा गर्न नसकेपछि अलि सजेनलाई प्रतिस्थापन गर्दै प्रशिक्षक मोरियरोलाई जिम्मेवारी सुम्पेको थियो ।

बेङलोरमा माल्दिभ्सको १२ औं साफ च्याम्पियनसिप अनुभव हुनेछ । बिहीबार जुन २२(असार ७) गते भुटानसँग खेल्दै फिफा विश्व वरियताको १५४औं स्थानमा रहेको माल्दिभ्सले प्रतियोगिताको सुुरुआत गर्नेछ । टोलीले असार १० गते बंगलादेश तथा असार १३ गते लेबनानसँग समूहका बाँकी दुई खेलमा प्रतिस्पर्धा गर्नेछ ।