चैत्र १७, २०८२ मंगलबार | १४:५८:१०
आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित
शनिबारको दिन साफ च्याम्पियनसिप

नियमित कप्तानविनाको माल्दिभ्स

काठमाडौं । दुईपटकको साफ च्याम्पियनसिप विजेता माल्दिभ्सले पछिल्लो पटक २०१८ मा यो उपलब्धि हासिल गरेको थियो । यसपाली पनि माल्दिभ्स उपाधिको लक्ष्यका साथ बेङ्लुरु आइपुगेको छ ।

२०१८ मा माल्दिभ्सका प्रमुख खेलाडी थिए, गोलकिपर मोहम्मद फैजल । प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका फैजलकै प्रेरणादायी प्रदर्शनप्रेरित माल्दिभ्सले बंगलादेशमा सम्पन्न उक्त प्रतियोगिता जितेको थियो । तर, यसपाली भने माल्दिभ्सलाई उनको अभाव खड्कनेछ । यही प्रतियोगिताको तयारी गरिरहँदा उनी घाइते भएको र उनले बेङ्लुरु भ्रमण गुमाउने माल्दिभियन सञ्चार माध्यमले जनाएका छन् ।

फैजलको अनुपस्थितिमा टोलीका कप्तान तथा रक्षक अक्रब अब्दुल घनेलाई थप जिम्मेवारी बढेको छ ।

टोलीको जम्मेवारीमा छन् इटालियन प्रशिक्षक फ्रान्सेस्को मोरियरो । माल्दिभ्स फुटबल संघले गत संस्करण घरेलु भूमिमा उपाधि रक्षा गर्न नसकेपछि अलि सजेनलाई प्रतिस्थापन गर्दै प्रशिक्षक मोरियरोलाई जिम्मेवारी सुम्पेको थियो ।

बेङलोरमा माल्दिभ्सको १२ औं साफ च्याम्पियनसिप अनुभव हुनेछ । बिहीबार जुन २२(असार ७) गते भुटानसँग खेल्दै फिफा विश्व वरियताको १५४औं स्थानमा रहेको माल्दिभ्सले प्रतियोगिताको सुुरुआत गर्नेछ । टोलीले असार १० गते बंगलादेश तथा असार १३ गते लेबनानसँग समूहका बाँकी दुई खेलमा प्रतिस्पर्धा गर्नेछ ।