चैत्र १७, २०८२ मंगलबार | ००:१८:४५
चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट
शनिबारको दिन इतिहासको पानाबाट

नरेशलाई सम्झाउने साफ च्याम्पियनसिप

काठमाडौं । सन् १९९९ मा भारतको गोवामा साफ च्याम्पियनसिप फुटबल आयोजना भएको थियो । यो यस्तो प्रतियोगिता थियो, जसले नेपाली फुटबलमा पुस्ता हस्तान्तरण देख्न पायो । यस प्रतियोगितासँगै राजुकाजी शाक्य र उनको पुस्ताका खेलाडी हराए । तिनको स्थानमा नयाँ-नयाँ खेलाडी भित्रिए । बैंकक एसियाली खेलकुदपछि दीपक अमात्य फेरि एकपल्ट नेपाली फुटबल टोलीका कप्तान बने ।

प्रशिक्षक थिए, फ्रान्क स्टिपलर । उनी जर्मनीका थिए । उनीबारे निकै थोरै जानकारीमात्र राख्न सक्छौं । यो यस्तो प्रतियोगिता पनि हो, जुन नेपालका लागि धेरै सुखद त रहेन । तर, एउटा सम्झिने मीठो बहाना भने अझै बाँकी छ । त्यो हो, नरेश जोशीको ह्याट्रिक । उनी गणेश थापापछि नेपाली राष्ट्रिय टोलीका लागि ह्याट्रिक गर्ने दोस्रो खेलाडी बने ।

प्रतियोगितामा कुल ६ टिमको सहभागिता रहेको थियो । त्यसमा नेपाल समूह ‘बी’ मा परेको थियो । नेपालका प्रतिद्वन्द्वी थिए माल्दिभ्स र श्रीलंका । नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकालाई ३-२ ले हरायो । यसै खेलमा त हो नरेशले ह्याट्रिक गरेकोे । उनले ४, ४१ र ८१ औं मिनेटमा गोल गरेका थिए ।

नेपालले एक गोलले अग्रता लिएयता २-१ ले पछाडि परेको थियो । ठीक यही बेला नरेशले आफ्नो ह्याट्रिक पूरा गरेका थिए । त्यसपछि माल्दिभ्सविरुद्धको खेलमा भने नेपाल ३-२ ले पराजित भयो । नेपाल समूह उपविजेताका रूपमा सेमिफाइनल पुग्यो । हरि खड्काले माल्दिभ्सविरुद्ध दुई गोल गरेका थिए । सेमिफाइनलमा नेपालले बंगलादेशको चुनौती पार गर्न सकेन र खेलमा २-१ को हार सामना गर्नुपर्यो ।  

नेपालका लागि गोल गर्ने खेलाडी थिए, बालगोपाल महर्जन । तेस्रो स्थानका लागि भएको खेलमा माल्दिभ्ससँग नेपालले २-० ले हार बेहोरेको थियो । प्रतियोगिताको फाइनलमा भने भारतले बंगलादेशलाई २-० ले हरायो । अर्को सेमिफाइनलमा भारतले माल्दिभ्सको चुनौती २-१ ले समाप्त पार्दै फाइनल यात्रा तय गरेको थियो ।

यो यस्तो प्रतियोगिता रह्यो, जसको चर्चा निकै कममात्र हुन्छ । विशेषतः नेपाली मिडियामा । त्यतिबेलाका पुराना पत्रिका पल्टाउने हो भने त्यसकै मद्दतमा हामीले प्रतियोगिताबारे धेरै कममात्र जानकारी लिन सक्छौं । नरेशको ह्याट्रिकको जति चर्चा हुनुपर्ने हो, त्यो कहिल्यै पाइएन । खेलजीवनपछि उनी जापानतिर गए । जसले गर्दा उनी नेपाली मिडियाका लागि अपरिचित जस्तै रहे ।