मंसिर २, २०८२ मंगलबार | ०५:३२:२१
एनपिएलः सुविधाजनक पूर्वाधारको सपना पूरा भएको दिन काठमाडौंको शानदार जित एनपिएल सिजन दुईः काठमाडौंको विजयी सुरुआत आसिफको अर्धसतकमा जनकपुरले काठमाडौंलाई दियो १३१ रनको लक्ष्य काठमाडौंविरुद्ध आसिफको अर्धशतक जनकपुरले ब्याटिङ पावरप्लेमा जोड्यो ४० रन एएफसी छनोट खेल्न जाने यु–१७ टोलीको बिदाई नर्वे २८ वर्षपछि विश्वकपमा सानदार जित निकाल्दै पोर्चुगल विश्वकपमा छनोट एनपिएलः साबिक विजेता जनकपुर र काठमाडौं भिड्दै ‘खेल पर्यटन’ प्रवर्द्धनका पर्यटन लागि बोर्ड र क्यानबीच सम्झौता एनपिएलः सुविधाजनक पूर्वाधारको सपना पूरा भएको दिन काठमाडौंको शानदार जित एनपिएल सिजन दुईः काठमाडौंको विजयी सुरुआत आसिफको अर्धसतकमा जनकपुरले काठमाडौंलाई दियो १३१ रनको लक्ष्य काठमाडौंविरुद्ध आसिफको अर्धशतक जनकपुरले ब्याटिङ पावरप्लेमा जोड्यो ४० रन एएफसी छनोट खेल्न जाने यु–१७ टोलीको बिदाई नर्वे २८ वर्षपछि विश्वकपमा सानदार जित निकाल्दै पोर्चुगल विश्वकपमा छनोट एनपिएलः साबिक विजेता जनकपुर र काठमाडौं भिड्दै ‘खेल पर्यटन’ प्रवर्द्धनका पर्यटन लागि बोर्ड र क्यानबीच सम्झौता
शनिबारको दिन इतिहासको पानाबाट

खराव प्रदर्शन, बिर्सनलायक प्रतियोगिता

काठमाडौं । यो त्यही प्रतियोगिता हो, जसमा नेपालको प्रदर्शन अहिलेसम्मकै सबैभन्दा खराव थियो । अनि यही प्रतियोगिताबाट फेरि एकपल्ट भन्न सुरु गरियो, ‘नेपाली फुटबलले जति बेला धेरै तयारी गर्छ, त्यही बेला टिमको प्रदर्शन अझ खराव हुन्छ ।’

कुरा हो, साफ च्याम्पियसिप १९९७ को । यसमा नेपालको प्रदर्शन वास्तवमै कति खराव थियो भने यसलाई बिर्सन सके नै राम्रो हुनेछ । सन् १९९७ मा नेपालले साफ च्याम्पियसप आयोजना गरेको थियो ।

एउटा सिंगो प्रतियोगिताकै रूपमा नेपालले आयोजना गरेको यो पहिलो ठूलो प्रतिस्पर्धा थियो । यसलाई भब्य बनाउन अखिल नेपाल फुटबल संघ (एन्फा) ले सक्दो मिहिनेत पनि गरेको थियो । एन्फाको नेतृत्वमा गणेश थापा आएको केही वर्ष मात्र भएको थियो र उनी सायद केही गरेर देखाउने पक्षमा थिए । अनि ठ्याक्कै साफ च्याम्पियनसिपकै नाममा भएको यो नै पहिलो प्रतियोगिता पनि हो, यसअघिका दुई संस्करण सार्क गोल्डकपको नाममा भएका थिए ।

प्रतियोगितामा कुल ६ टिमको सहभागिता थियो । त्यसमध्ये एउटा समूहमा नेपालसँगै श्रीलंका र पाकिस्तान थिए । अर्को समूहमा भारत, माल्दिभ्स र बंगलादेश थिए । राजु शाक्यको नेतृत्वमा उत्रेको नेपाली टिम सजिलैसँग कम्तिमा पनि सेमिफाइनल पुग्नेमा आशावादी थियो । तर त्यस्तो केही पनि भएन् । नेपाल आफ्नो पहिलो खेलमै पाकिस्तानसँग नमज्जाले २-० को नतिजामा पराजित भयो । अनि श्रीलंकासँग पनि नेपाल ३-१ ले हार्यो । प्रतियोगितामा नेपालका लागि एक सान्त्वना गोल गरेका थिए, दीपक अमात्यले ।

श्रीलंकाको त्यस जितमा रोशन परेराले ह्याट्रिक गरेका थिए । नेपालको प्रदर्शन यति खराव रह्यो की यो प्रतियोगितापछि कप्तान शाक्यले दोहोर्याएर नेपालका लागि खेल्न पाएनन् र उनीसँगै उनको पुस्ताका केही खेलाडीको खेल जीवनमै पूर्णविराम लाग्यो । त्यति मात्र होइन्, प्रशिक्षक भीम थापाले पनि घोषणा गरेका थिए, ‘अबदेखि नेपाली टिमको प्रशिक्षक फेरि सम्हाल्ने छैन् ।’

नेपाल रहेको समूहबाट श्रीलंका र पाकिस्तान सेमिफाइनल पुगे । अर्को समूहबाट भारत र माल्दिभ्सले अन्तिम चारको यात्रा तय गरे ।माल्दिभ्सका लागि भने यो प्रतियोगिता निकै सुखद रह्यो । टापु नै टापुको सानो देश दक्षिण एसियामा फुटबल शक्तिका रूपमा उदय भएको यो नै पहिलो अवसर थियो । भारत आफैमा बलियो थियो, भारतीय फुटबलमा त्यतिबेला वाइचुङ भुटिया र आइएम विजयन जस्ता खेलाडी चम्किरहेका थिए । सेमिफाइनलमा माल्दिभ्सले श्रीलंकालाई हरायो भने भारतले पाकिस्तानलाई । भारतले फाइनलमा माल्दिभ्सलाई सजिलै ५-१ ले हराएको थियो ।

प्रतियोगिताको कथा यत्तिकैमा सकिन्न । माल्दिभ्स र श्रीलंकाबीचको सेमिफाइनल खेल निकै तनावपूर्ण रह्यो र खेल सकिए लगत्तै दशरथ रंगशालामा हिंसात्मक झगडा भएको थियो । दुवै टिमका खेलाडीले एकअर्का विरुद्ध आक्रमण गरेका थिए । दशरथ रंगशालाको इतिहासमा अन्तर्राष्ट्रिय फुटबलमा झगडा भएको यो नै अन्तिम पटक हो र यस्तो घटना फेरि दोहरिएको छैन ।