असार १७, २०८२ मंगलबार | ०८:५६:०६
फ्लुमिनेन्स क्वार्टफाइलमा, बाहिरियो इन्टर मिलान भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल दक्षिण एसियाली कराते च्याम्पियनसिपका लागि नेपाली टोली श्रीलंका प्रस्थान थ्री स्टारले एन्फा यु-१६ युथ लिग नखेल्ने फुटबलर दीपा शाहीसहित १९ जना खेलकर्मी सम्मानित सोमपाल कामी कर्णाली याक्सकै जर्सीमा देखिने विम्बल्डनको पहिलो चरणबाटै बाहिरिइन् ओन्स जाबेउर बेलायतमा भुपेन्द्र र सुदेनलाई पदक अजहर महमुदलाई पाकिस्तानी टेस्ट टोलीको अन्तरिम प्रशिक्षकको जिम्मेवारी किरण चेम्जोङ आइटी सुत्र इन्कको ब्रान्ड एम्बासडमा नियुक्त फ्लुमिनेन्स क्वार्टफाइलमा, बाहिरियो इन्टर मिलान भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल दक्षिण एसियाली कराते च्याम्पियनसिपका लागि नेपाली टोली श्रीलंका प्रस्थान थ्री स्टारले एन्फा यु-१६ युथ लिग नखेल्ने फुटबलर दीपा शाहीसहित १९ जना खेलकर्मी सम्मानित सोमपाल कामी कर्णाली याक्सकै जर्सीमा देखिने विम्बल्डनको पहिलो चरणबाटै बाहिरिइन् ओन्स जाबेउर बेलायतमा भुपेन्द्र र सुदेनलाई पदक अजहर महमुदलाई पाकिस्तानी टेस्ट टोलीको अन्तरिम प्रशिक्षकको जिम्मेवारी किरण चेम्जोङ आइटी सुत्र इन्कको ब्रान्ड एम्बासडमा नियुक्त
शनिबारको दिन नेपाली फुटबल

शीर्ष डिभिजन लिगः यस्ता छन् दाबेदारहरू ?

काठमाडौं । ‘ए’ डिभिजन लिग नभएका कारण खेलाडी विदेसिँदा क्लबले भोग्नुपरेको पीडा र मुख्य प्रायोजकविना आयोजना गर्नुपर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) को बाध्यताबीच घरेलु फुटबलको मेरुदण्ड सहिद स्मारक लिग शुक्रबार सुरु हुँदै छ ।

नेपाली क्लबहरूले खेल्ने सबैभन्दा ठूलो प्रतियोगिताको प्रतिष्ठासँग जोडिए पनि जिम्मेवार निकाय एन्फाले प्रत्येक वर्ष विभिन्न वहानामा लिगलाई कर्मकाण्डी रूपमा मात्र सञ्चालन गर्दा लिगले जुन उपलब्धि हासिल गर्नुपर्ने हो, त्यो सकिरहेको छैन । खेलाडी र प्रायोजक अभावका साथै लिग अनिश्चित हुँदाका कारण क्लबहरूको राम्रो तयारी गर्न सकिराखेका छैनन् ।

लिगमा गर्ने प्रदर्शनकै आधारमा क्लबहरूको हैसियत मापन गरिन्छ । तर, नेपालमा त्यसले काम गर्दैन । सबै विपक्षीसँग दुई/दुई गरी कुल २६ खेल खेलिसक्दा अंकतालिकाको सबैभन्दा माथि रहने टोली च्याम्पियन बन्दा पुछारमा रहने दुई क्लबले शीर्ष डिभिजनको हैसियत गुमाउँछन् । जसका कारण लामो इतिहास बोकेका क्लबहरूका लागि यो महत्त्वपूर्ण छ ।

एन्फाले नियमित प्रतियोगिता नगर्दा अनि खेलेरै सम्मानजनक जीवनयापन गर्ने बाटोमा नेपाली फुटबललाई पुर्याएका कारण राष्ट्रिय टोलीका वर्तमान तथा पूर्व गरी शीर्षस्तरका चार दर्जनभन्दा बढी खेलाडी पछिल्लो केही महिनाबीच विदेश पुगिसकेका छन् । कतिपय अझै विदेसिने प्रक्रियामा छन् । ठूलो संख्यामा स्तरीय नेपाली खेलाडी विदेसिँदा सबै क्लबहरू प्रभावित भएका छन् । यही कारण एन्फाले विदेशी खेलाडी कोटा चारबाट पाँच पुर्याएको छ ।

१४ क्लबको सहभागिता रहेकोे लिगमा सबै क्लबले सबै टोलीविरुद्ध समान २ खेल खेल्नेछन् । लिगमा कुल १ सय ८२ खेल हुने लिग विजेताले यसअघिझै ७५ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ३५ र तेस्रो हुनेले २५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी, उच्च गोलकर्ता, उत्कृष्ट गोलकिपर, उदीयमान खेलाडी र उत्कृष्ट प्रशिक्षक पुरस्कृत हुने बताइएको छ ।

साबिक विजेता मछिन्द्र फुटबल क्लब यसअघिको सिजनमा झै यसपालि पनि उपाधि दाबेदार टोली हो । लगातार दुई सिजन च्याम्पियन मछिन्द्र लिग उपाधि ह्याट्रिक गर्ने लक्ष्यमा छ । पछिल्लो दुई सिजन राष्ट्रिय टोलीका शीर्ष खेलाडीका लागि आकर्षक गन्तव्य बनेको मछिन्द्र यसपालि पनि सोही छवि कायम राख्ने दाउमा छ ।

यद्यपि गत सिजन टोलीको उपाधि यात्रामा महत्त्वपूर्ण भूमिका खेलेका सुनिल बल, मिडफिल्डर विशाल राई र मनीष डाँगीको बर्हिगमनले भने टोलीको प्रदर्शनमाथि असर पार्न सक्छ ।

लिगअघि मछिन्द्रले मोफसलका प्रतियोगितामा औसत प्रदर्शन गर्नाले यसअघिझै उपाधि जित्न सकेको छैन । कप्तान सुजल श्रेष्ठको लय मछिन्द्रको उपाधि यात्रामा सबैभन्दा महत्त्वपूर्ण बन्न सक्छ । मोसफलका प्रतियोगितामा सुजलले लगातार गोल लय भेट्टाइरहेका छन् ।

लगातार दुई सिजन उपविजेतामा चित्त बुझाएको त्रिभुवन आर्मी फुटबल क्लब विगतजस्तै यसपालि पनि लिग उपाधिको दाबेदार टोली हो ।

नियमित प्रशिक्षण र अधिकांश पुरानै खेलाडी टोलीमा रहेकाले आर्मी यसपालि पनि उपाधिकै मुख्य दाबेदारमा देखापरेको छ । पछिल्लो दुई सिजन आर्मी निकै उत्कृष्ट लयमा थियो ।  

विभागीय टोली भएकाले आर्मी यसपालि पनि नेपाली खेलाडीकै भरमा हुनेछ । आर्मीले मोफसलका प्रतियोगितामा टिम ‘बी’ उतारेको थियो भने काठमाडौंमा सम्पन्न केपी ओली कपमा भने ‘ए’ टिम उतारेको थियो । जसले आर्मीलाई लिगका लागि खेलाडीको अभाव नहुने स्पष्ट संकेत गर्छ ।

नेपाली फुटबलमा लामो इतिहास बोकेको संकटा क्लब पनि यसपालि लिगको दाबेदार टोलीको रूपमा देखिएको छ ।

गत सिजन सातौं स्थानमा रहेर लिग अन्त्य गरेको संकटा क्लब यसपालि सरुवा बजारमा निकै आक्रामक तरिकाले प्रस्तुत भयो । संकटाले लिगका लागि सुनील बल, मनीष डाँगी, आयुश घलान, सुरजज्यू ठकुरी, निरान खड्का र टिकेन्द्र थापालाई भित्र्याइसकेको छ ।

पोखरामा सम्पन्न आहा-रारा गोल्डकप जितेको संकटा बागमती गोल्डकप उपविजेता हो । जसले संकटाको तयारी राम्रो रहेको र लिगको दाबेदार टोलीमा आफूलाई उभ्याउने संकेत गर्छ ।

गत वर्ष फ्रेन्ड्स क्लब, जावलाखेल युथ र एपिएफ क्लब मुस्किलले रेलिगेसनबाट जोगिएका थिए ।

यसपालि पनि फ्रेन्ड्स र जावलाखेलको तयारी र टोली हेर्दा उनीहरूको संघर्ष रेलिगेसन संकट टार्नेमै केन्द्रित हुनेछ । रेलिगेसनको संकट टार्ने दौडमा अर्को विभागीय क्लब नेपाल पुलिस क्लब पनि पुग्न सक्छ ।

मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठ भित्रिएसँगै फ्रेन्ड्सले पनि टोली पुनर्निर्माणको काम सुरु गरेको छ । गत सिजन मृगेन्द्र मिश्रको प्रशिक्षणमा मैदान उत्रिएको फ्रेन्ड्सले पछिल्ला केही खेलमा निकालेको जादुमयी नजितापछि मात्र ‘ए’ डिभिजन हैसियत जोगाउन सफल भएको थियो । केही नयाँ खेलाडी अनुबन्ध गरे पनि फ्रेन्ड्सको योजना रेलिगेसन टार्नमै हो ।

गत सिजनको लिगमा जावलाखेलका लागि सुरुवात सुखद बन्न सकेको थिएन । पछिल्ला चरणमा मात्र जावलाखेलले विजय लय भेट्टाएको थियो । पछिल्ला केही खेलमा जित पाएपछि मात्र टोली मुस्किलले रेलिगेसन खतरा टार्न सफल भएको हो ।

पछिल्ला वर्षहरूमा निरन्तर रेलिगेसनबाट जोगिन संघर्ष गर्दै आएको जावलाखेल युथले यसपालि पनि खासै ठूलो अपेक्षा राखेको छैन । टोलीले लिगअघि मोसफलका प्रतियोगितामा उल्लेख्य प्रदर्शन गर्न सकेको देखिँदैन । सर्लाहीमा भएको राजर्षि जनक कपमा जावलाखेल फाइनलसम्म पुगेको थियो ।

विभागीय क्लबमध्ये गत सिजन सबैभन्दा कमजोर प्रदर्शन गरेको नेपाल पुलिस क्लब पनि यसपालि टोली पुनर्निर्माणको लक्ष्यमा जुटेको छ । उसको लक्ष्य ‘ए’ डिभिजन हैसियत जोगाउने छ ।

गत सिजन लगातारको खराब प्रदर्शनपछि तत्कालिन प्रशिक्षक अनन्त थापाले एएफसी लाइसेन्सप्राप्त भइसकेकाले विदेशी खेलाडी भित्र्याउनुपर्नेमा जोड दिएका थिए । यसपालि भने चेतन घिमिरेलाई प्रशिक्षण जिम्मेवारी दिएको पुलिसले विदेशी खेलाडी अनुबन्ध गर्ने संकेत गरेको छ ।