आश्विन २, २०८१ बुधबार | ०५:१६:०९
मेयर कप वादोरियो करातेः मनमैजु च्याम्पियन ‘दशौंमा दश इभेन्ट’ बिहीबारदेखि सुरु हुने एसियाली ट्रायल मास्टर च्याम्पियनसिप खेलेको नेपाली टोली स्वदेश फर्कियो मेसी र रोनाल्डोको नजरमा बालन डी अर जित्न सक्ने सम्भावित तीन खेलाडी गण्डकीले भित्र्यायो भारतीय खेलाडी शिल्पा सिन्धु एएफसी यु-२० एसियन कप छनोट खेल्न जाने टोलीको बिदाइ भुटान जाने यु-१७ टोलीको बिदाइ कोशीविरुद्ध आर्मीको सहज जित स्केट बोर्ड प्रतियोगिता शुक्रबार र शनिबार हुने अन्तरवडा फुटसलः काठमाडौं महानगरको विजयी सुरुआत मेयर कप वादोरियो करातेः मनमैजु च्याम्पियन ‘दशौंमा दश इभेन्ट’ बिहीबारदेखि सुरु हुने एसियाली ट्रायल मास्टर च्याम्पियनसिप खेलेको नेपाली टोली स्वदेश फर्कियो मेसी र रोनाल्डोको नजरमा बालन डी अर जित्न सक्ने सम्भावित तीन खेलाडी गण्डकीले भित्र्यायो भारतीय खेलाडी शिल्पा सिन्धु एएफसी यु-२० एसियन कप छनोट खेल्न जाने टोलीको बिदाइ भुटान जाने यु-१७ टोलीको बिदाइ कोशीविरुद्ध आर्मीको सहज जित स्केट बोर्ड प्रतियोगिता शुक्रबार र शनिबार हुने अन्तरवडा फुटसलः काठमाडौं महानगरको विजयी सुरुआत
शनिबारको दिन कतार विश्वकप २०२२

अर्जेन्टिना र फ्रान्सको इतिहास

कतार विश्वकप २०२२ को फाइनलमा अर्जेन्टिना र साबिक विजेता फ्रान्स प्रतिस्पर्धा गर्दैछन् ।

अर्जेन्टिना साबिक उपविजेता क्रोएसिया र फ्रान्स पहिलोपल्ट सेमिफाइनल पुगेको मोरक्कोलाई पराजित गर्दै उपाधि नजिक पुगेका हुन् ।

लुसेल स्टेडियममा अर्जेन्टिनविरुद्ध मैदान उत्रँदै गर्दा फ्रान्सको लक्ष्य उपाधि रक्षा गर्ने हुनेछ । अर्जेन्टिना पनि फ्रान्सलाई स्तब्ध पार्दै सन् १९८६ पछि पहिलोपल्ट विश्वकप उपाधि जित्न चाहन्छ ।

यसअघि सन् १९७८ र १९८६ मा विश्वकप जितेको अर्जेन्टिना १९३०, १९९० र २०१४ मा उपविजेता बनेको थियो ।  त्यस्तै सन् १९९८ र २०१८ मा विश्वकप जितेको फ्रान्स २००६ मा उपविजेता भएको थियो ।

यस्तो छ अर्जेन्टिना र फ्रान्सको इतिहास

अर्जेन्टिना र फ्रान्सले हालसम्म १२ खेलमा एकअर्काविरुद्ध खेलेका छन् । जसमा अर्जेन्टिना ६ र फ्रान्सले ३ जित निकाल्दा ३ खेल बराबरीमा टुंगिएको छ ।

अर्जेन्टिना र फ्रान्सले पहिलो पटक सन् १९३० को विश्वकपमा एकअर्काविरुद्ध खेलेका थिए । उरुग्वेको मोन्टेभिडियोस्थित पक्र्यु सेन्ट्रल स्टेडियममा भएको उक्त खेलमा लुइस फिलिपे मोन्टीले निर्णायक गोल गर्दा अर्जेन्टिना १–० ले विजयी भएको थियो ।

सन् १९६५ मा फ्रान्सको घरेलु मैदान पार्क डेस प्रिसेन्समा भएको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो ।

सन् १९७१ मा अर्जेन्टिनाको ला बोम्बोनेरा स्टेडियममा भएको मैत्रीपूर्ण खेल फ्रान्सले ४–३ ले जितेको थियो । फ्रान्सका चार्ली लोयबेट, जियान डिजार्किफ, जर्ज लिच र हार्भे रिभेरीले गोल गर्दा अर्जेन्टिनाका लागि मिगेल ब्रिन्डिसी, मिगेल निकोलोउ र सिजर लराइग्नीले गोल फर्काएका थिए ।

सन् १९७१ मा नै स्टेडियो जनरल सान मर्टिनमा भएको खेल घरेलु टोली अर्जेन्टिनाले २–० जितेको थियो । अर्जेन्टिनाका लागि सिजर लराइग्नी र नोर्बेटो नडुर्गाले गोल गरेका थिए ।

सन् १९७२ मा ब्राजिलको साल्भाडोरस्थित स्टेडियो फोन्टे नोभमा भएको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो ।

सन् १९७४ मा पार्क डेस प्रिन्सेसमा भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले घरेलु टोली फ्रान्सलाई १–० ले स्तब्ध पारेको थियो । अर्जेन्टिनाका लागि मारियो केम्पसले निर्णायक गोल गरेका थिए ।

सन् १९७७ मा अर्जेन्टिनाको ला बोम्बोनेरा स्टेडियममा भएको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो ।  

सन् १९७८ को विश्वकपमा घरेलु अर्जेन्टिनाले २–१ को जित निकालेको थियो । स्टेडियो मोनुमेन्टलमा अर्जेन्टिनाका डानियल पासारेला र लियोपोल्डो लुकले गोल गर्दा फ्रान्सका मिचेल प्लाटिनीले गोल फर्काएका थिए ।

सन् १९८६ मा घरेलु मैदान पार्क डेस प्रिन्सेसमा भएको मैत्रीपूर्ण खेल फ्रान्सले २–० ले जितेको थियो । फ्रान्सका जियान मार्स फेरारी र फिलिप भेरक्रुसेले गोल गरेका थिए ।

सन् २००७ को मैत्रीपूर्ण खेल पाहुना टोली अर्जेन्टिनाले १–० ले थियो । स्टेड डी फ्रान्समा अर्जेन्टिनालाई जित दिलाउन जाभियर साभिओलाले निर्णायक गोल गरेका थिए ।

सन् २००९ को मैत्रीपूर्ण खेलमा पनि घरेलु टोली फ्रान्स २–० ले स्तब्ध भएको थियो ।  स्टेट डी भेलोड्रोममा अर्जेन्टिनालाई जित दिलाउँदा जोनस गुटिएरेज र लियोनल मेसीले गोल गरेका थिए ।

सन् २०१८ को विश्वकपमा भएको पछिल्लो भेटमा फ्रान्स ४–३ ले विजयी भएको थियो । रुसको काजान एरिनामा फ्रान्सका लागि केलियन एमबाप्पेले २, एन्टोनी ग्रिजमन र बेन्जामिन पाभार्डले समान एक गोल गरेका थिए ।

अर्जेन्टिनाका एन्जल डी मारिया, गाब्रियल मेर्साडो र सर्जियो अगुइरोले गोल फर्काएका थिए ।