चैत्र ८, २०८२ आइतबार | २०:१४:३५
राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै
शनिबारको दिन कतार विश्वकप २०२२

अर्जेन्टिनाको फाइनल यात्रा

काठमाडौं । अर्जेन्टिनाले कतार विश्वकप २०२२ को फाइनलमा साबिक विजेता फ्रान्सको सामना गर्नेछ ।

लुसेल रंगशाला दोहामा नेपाली समयअनुसार राति ८ः४५ बजे फ्रान्सविरुद्ध मैदान उत्रँदै गर्दा अर्जेन्टिनाको लक्ष्य सन् १९८६ पछि पहिलो विश्वकप उपाधि उचाल्ने हुनेछ ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेको अर्जेन्टिना केही हदसम्म कप्तान लियोनल मेसीमै निर्भर रहनेछ ।

अर्जेन्टिनालाई फाइनलसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका मेसीलाई जुलियन अल्भारेज, इन्जो हर्नान्डेजलगायतका खेलाडीले साथ दिनेछन्  ।

तेस्रोपल्ट विश्वकप उपाधि जित्ने लक्ष्यमा रहेको अर्जेन्टिनालाई फ्रान्सका केलियन एमबाप्पे, ओलिभर जिरोड, एन्टोनी ग्रिजमनजस्ता खेलाडीलाई रोक्न सहज भने छैन ।

यसपालि फाइनलसम्मको यात्रामा अर्जेन्टिनाले १२ गोल गर्दा ५ गोल (एक आत्मघातीसहित) बेहोरेको छ ।

अर्जेन्टिनाबाट कप्तान लियोनल मेसीले ५, जुलियन अल्भारेजले ४ तथा इन्जो फर्नान्डेज, एलेक्सिस म्याक एलिस्टर र नाहुएल मोलिनाले समान एक गोल गरेका छन् ।

हालसम्म अर्जेन्टिना ३ खेलमा क्लिन सिट राख्न सफल भएको छ । हालसम्म ६ खेल खेल्दा अर्जेन्टिनाले १२ पहेँलो कार्ड सामना गरेको छ ।  

यस्तो छ अर्जेन्टिनाको प्रदर्शन

समूह चरणको पहिलो खेलमै अर्जेन्टिनाले अप्रत्यासित रूपमा साउदी अरेबियाबाट २–१ को हार बेहोर्नुपरेको थियो ।

कप्तान मेसीको पेनाल्टी गोलमार्फत अग्रता लिए पनि दोस्रो हाफमा ५ मिनेटभित्र सलेह अल सेहरी र सलिम अल–दावसरीले गोल गर्दै साउदीलाई ऐतिहासिक जित दिलाएका थिए ।

हारबाट प्रतियोगिताको सुरुआत गरे पनि फाइनलमा स्थान बनाएको अर्जेन्टिना त्यसयताका ५ खेलमा अपराजित छ ।

अर्जेन्टिना समूहको दोस्रो खेलमा मेक्सिको र अन्तिम खेलमा पोल्यान्डविरुद्ध समान २–० को नतिजा निकाल्न सफल भयो ।

मेक्सिकोविरुद्ध मेसी र इन्जो तथा पोल्यान्डविरुद्ध एलेक्सिस म्याक एलिस्टर र जुलियन अल्भारेजले गोल गरेका थिए ।

अन्तिम १६ मा मेसी र अल्भारेजले गोल गरेपछि अर्जेन्टिनाले अस्ट्रेलियाविरुद्ध २–१ को जित निकालेको थियो । उक्त खेलमा अस्ट्रेलियाका लागि इन्जो हर्नान्डेजले आत्मघाती गोल गरेका थिए ।

नेदरल्यान्ड्ससँगको क्वाटरफाइनलमा दुई गोलको अग्रता जोगाउन नसक्दा जितका लागि अर्जेन्टिनाले पेनाल्टी सुटआउटको सहारा लिनुपरेको थियो ।

अर्जेन्टिनाका मोलिना र मेसीले गोल गर्दा नेदरल्यान्ड्सका लागि वाउट वेगहस्र्टले दुई गोल फर्काएका थिए । पेनाल्टी सुटआउटमा अर्जेन्टिना ४–३ ले विजयी भएको थियो ।

सेमिफाइनलमा भने अर्जेन्टिनाले साबिक उपविजेता क्रोएसियासँग ३–० को सहज जित निकाल्यो । अर्जेन्टिनाबाट जुलियन अल्भारेजले दुई तथा मेसीले एक गोल गरेका थिए ।