चैत्र १०, २०८२ मंगलबार | १४:०४:३९
एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी
शनिबारको दिन फिफा विश्वकप

‘बहादुर’ प्रशिक्षक भान हाल

यसपालिको विश्वकपमा प्रशिक्षकमध्ये कोही सबैभन्दा चिनिएको अनुहार छ भने त्यो लुइस भान हाल नै हुन् । यसमा कसैको विमति नहोला । तर एउटा तथ्य कसैले अस्वीकार गर्न सक्दैनन्, कतार विश्वकपमा जति प्रशिक्षक उत्रिए, त्यसमध्ये उनी सबैभन्दा अनुभवी हुन् । सबैभन्दा पाका हुन् उमेरका आधारमा । त्यतिमात्र होइन, यस विश्वकपमा कोही एक प्रशिक्षकले आफूलाई साँच्चै प्रमाणित गरेका छन् भने ती यिनै भान हाल हुन् ।

सबैभन्दा पहिले पृष्ठभूमिकै कुरा गरौं । नेदरल्यान्ड्स विश्व फुटबलको एक महाशक्ति थियो र हो पनि । तर पछिल्ला केही वर्ष उसका लागि सुखद रहेन । एकपल्ट होइन, दुईपल्ट होइन, तीनपल्ट विश्वकपको फाइनल खेलेको नेदरल्यान्ड्स चार वर्षअगाडि रुसमा भएको प्रतियोगितामा छनोट हुन सकेन । त्यसैले केहीले त भन्न थालिसकेका थिए, अब डच फुटबल त्यस्तो रहेन जस्तो पहिले थियो, यो ओरालो लागेको छ । भान गाल जत्तिको प्रशिक्षकलाई त यो सह्य हुने नै कुरा भएन ।

अनि फर्के डच टिमको नेतृत्व सम्हाल्न । त्यो पनि व्यक्तिगत रूपमा कठिन परिस्थितिबीच । उनी अहिले ७१ वर्षका भए । स्वास्थ्यको दृष्टिकोणले उनी केही कमजोर भए । उनलाई क्यान्सरले छोएको थियो अनि त्यसका लागि गहन उपचार आवश्यक परेको थियो । त्यसैले उनले व्यावसायिक प्रशिक्षक जीवनबाट संन्यास पनि लिइसकेका थिए । उनको आफ्नै परिवारमात्र होइन, साथीभाइले पनि आराम गर्न नै सल्लाह दिइरहेका थिए ।

तर, उनलाई चुपचाप रहन मन लागेन । डच फुटबलको धेरै आलोचना गरेको उनलाई चित्त बुझेकै थिएन । उनलाई लागेको थियो, विश्वकपमा छनोट हुनु नहुनु आफैंमा फरक विषय होला, तर नेदरल्यान्ड्सको फुटबल आफैंमा मरेको थिएन । त्यसैले नेदरल्यान्ड्सको टिम सम्हाल्न मैदानमा फर्किहाले । उनको नेतृत्वमा डच टिम विश्वकपका लागि छनोट मात्र भएको छैन, टिम आफैंले पनि राम्रो खेलेको छ । अबदेखि डच टिम कहाँ पुग्छ, के कस्तो खेल्छ, त्यो भविष्यलाई छोड्ने पर्ने प्रश्न भए ।

उनले जसरी डच टिमलाई विश्व फुटबलको मञ्चमा फर्काएका छन् । त्यसका लागि उनको प्रशंसा गर्नु नै पर्छ । र, भन्न कर लाग्छ, यी भान हाल बहादुर छन् । अदम्य साहस छ उनमा । उनको व्यक्तिगत विवरण हेर्ने हो भने त्यो पनि गजब नै छ । त्यो त उनी आफैंमा उम्दा खेलाडी थिएनन् । खेलाडी छँदा उनको खासै चर्चा भएन । सायद औसत खेलाडीमै सीमित रहे । तर एकपल्ट उनले के प्रशिक्षक हुने निर्णय गरे, त्यसपछि फर्केर हेर्नुपरेन ।

उनले यसअघि पनि डच टिम सम्हालिसकेका छन् । त्यो पनि दुई अवसरमा । उनले सम्हालेका क्लबको सूची हेरे पुग्छ, उनी कत्तिका प्रभावशाली प्रशिक्षक हुन् भनेर । ती सबै आफैंमा युरोपका शक्ति हुन् । जस्तो कि आयाक्स, बार्सिलोना, बायर्न म्युनिख अनि म्यानचेस्टर युनाइटेड । नेदरल्यान्ड्स टिमलाई भान हालले जसरी बाटो देखाएका छन्, कम्तीमा त्यसको प्रशंसा गर्न कन्ज्युस्याइँ नगरौं । भान गालको उदाहरण सबैका लागि प्रेरणा हुनसक्छ ।