पुस २९, २०८१ सोमबार | २२:०५:३७
पिएसएल अक्सनः सबै नेपाली खेलाडी ‘अनसोल्ड’ एनकेएलका लागि उत्साहित छुः घनश्याम अन्तरविद्यालय बास्केटबलः जुनियर ब्वाइजतर्फ नेरिक क्वाटरफाइनलमा सिक्किमको माउन्ट जियोन्ट च्याम्पियन राखेप उपाध्यक्ष ध्रुर्व आचार्यले गरे पदभार ग्रहण महिला फुटबलमा गोलकिपरको अभाव बागमतीविरुद्ध आर्मीको सहज जित विनाको कप्तानीमा कर्णालीको टोली घोषणा अभ्यास खेलमा नेपाल पराजित बराबरीमा रोकिए संकटा र एपिएफ पिएसएल अक्सनः सबै नेपाली खेलाडी ‘अनसोल्ड’ एनकेएलका लागि उत्साहित छुः घनश्याम अन्तरविद्यालय बास्केटबलः जुनियर ब्वाइजतर्फ नेरिक क्वाटरफाइनलमा सिक्किमको माउन्ट जियोन्ट च्याम्पियन राखेप उपाध्यक्ष ध्रुर्व आचार्यले गरे पदभार ग्रहण महिला फुटबलमा गोलकिपरको अभाव बागमतीविरुद्ध आर्मीको सहज जित विनाको कप्तानीमा कर्णालीको टोली घोषणा अभ्यास खेलमा नेपाल पराजित बराबरीमा रोकिए संकटा र एपिएफ
शनिबारको दिन कतार विश्वकप २०२२

विश्वकपका रोचक तथ्य

काठमाडौं । यती बेला फिफा विश्वकपको २२औं संस्करण कतारमा चलिरहेको छ । अहिले पूरा विश्वको ध्यान त्यही प्रतियोगितामा छ । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिताको पहिलो चरण शुक्रबार राति सम्पन्न भएका छन् ।

प्रतियोगिताका कुल ६४ खेलमध्ये तीन तिहाई अर्थात ४८ खेल सम्पन्न भइसक्दा प्रत्येक आठ समूहबाट शीर्ष दुईका दरले १६ टोली दोस्रो चरण प्रवेश गरेका छन् भने १६ टोली घर फर्किइसकेका छन् । प्रतियोगितामा सहभागी कुल ३२ देशले विभिन्न खालका रोचक तथ्यका साथ कतारको यात्रामा निस्किएका थिए । त्यसमध्ये केही विशेष चर्चा लायक छन् ।

इरानको टिममा २५ खेलाडी

एसियाली फुटबलको पुरातन महारथी मानिने इरानले यसपाली आफ्नै क्षेत्रमा विश्वकप हुँदा २५ जना खेलाडीको टोली पठाएको छ । कोभिड १९ को महामारीपछि फिफाले अन्तर्राष्ट्रिय प्रतियोगितामा २६ खेलाडीको टोली सहभागी गराउने व्यवस्था गरेको थियो । तर इरानले २५ खेलाडीलाई मात्र कतार पठाएको थियो ।

पूर्व विजेता इङ्ल्यान्ड, वेल्स र अमेरिका रहेको समूह ‘बी’मा एक जित र दुई हारको नतिजामा सीमित भएपछि इरानको यात्रा पहिलो चरणमै पूर्णविराम लागिसकेको छ । इङ्ल्यान्डसँग ६-२ को नतिजामा पराजित भएर प्रतियोगिता यात्रा सुरु गरेको टोलीले वेल्सलाई २-० को नतिजामा हराए पनि अन्तिम खेलमा अमेरिकासँग १-० ले पराजित भएको थियो ।

बायर्नका खेलाडी धेरै

जारी विश्वकपमा विश्वभरका दुई सय ९८ क्लबका खेलाडी सहभागी छन् । तीमध्ये जर्मन क्लब बायर्न म्युनिखका सबैभन्दा धेरै १७ खेलाडी कतारमा आ-आफ्नो देशको जर्सीमा मैदान उत्रिएका छन् ।

स्पेनिस क्लब बार्सिलोना तथा इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड र म्यानचेस्तर सिटीका समान १६ खेलाडी विश्वकपमा सहभागी छन ।

त्यस्तै, कतारको अल-सादका १५, स्पेनको रियाल मड्रिडका १३, इङ्ल्यान्डको चेल्सी र साउदी अरेबियाको अल-हिलालका सामन १२ तथा फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी) र स्पेनको एट्लेटिको मड्रिडका समान ११ खेलाडी यो विश्वकपमा सहभागी छन् ।

घरेलु लिगका खेलाडीको बाहुल्य

विश्वकपको मञ्चमा विश्वका सर्वोत्कृष्ट टोलीहरु उपस्थित हुँदा उपाधि जित्ने होडको सबभन्दा ठूलो प्रतिस्पर्धा हुन्छ । यसैगरी सँगै विभिन्न देशका फुटबल संरचनाबीच पनि नजानिदो प्रतिस्पर्धा हुने गर्छ ।

यस्तो प्रतिस्पर्धामा आयोजक मध्यपूर्वका दुई देश सबभन्दा अगाडि देखिएका छन् । विश्वकपको आयोजक कतार र छिमेकी साउदी अरेबियाको टोलीमा सतप्रतिसत खेलाडी घरेलु लिग खेल्ने छन् । त्यसपछि घरेलु लिगका खेलाडीको बाहुल्य रहेको दोस्रो टोली इङ्ल्यान्ड हो । इङ्ल्यान्डको टिममा २५ खेलाडी प्रिमियर लिगका छन् ।

यसैगरी जर्मनीको टोलीमा घरेलु बुन्डेसलिगाका २० खेलाडी छन् भने स्पेनिस टिममा ला लिगाका १८ खेलाडी छन् । त्यस्तै मेक्सिकोको टोलीमा घरेलु लिगका १६ खेलाडी हुँदा वेल्स, क्यानाडा र सेनेगलको टोलीमा घरेलु लिग खेल्ने एउटै खेलाडी छैनन् । तर वेल्स र क्यानाडाको टिममा आफ्नै देशका क्लबबाट खेल्ने खेलाडी भने छन् । वेल्सका क्लबले इङ्ल्यान्डको तथा क्यानाडाका क्लबले अमेरिकाको लिग खेल्ने गर्छन ।

सेनेगलको टिमबाट भने आफ्नो देशका क्लबबाट खेल्ने एउटै खेलाडी छैनन् ।

प्रिमियर लिगको बर्चस्व

इङ्ल्यान्डको प्रिमियर लिग विश्व फुटबलमा सबभन्दा ठूलो र प्रभावशाली लिग मानिन्छ । त्यहाँका क्लबको वार्षिक बजेट, तिनले विश्व फुटबलमा पार्ने प्रभाव र लोकप्रियताका आधारमा प्रिमियर लिग विश्वको नम्बर एक लिग मानिएको हो ।

शंसारभरका उत्कृष्ट खेलाडीको सबभन्दा धेरै जमघट हुने प्रिमियर लिगका खेलाडीको उपस्थिती कतारमा जारी विश्वकपमा पनि त्यहीअनुरुप छ ।

कतारमा विश्वका उत्कृष्ट ३२ टोली आफ्ना उत्कृष्ट २६ खेलाडीको समूहका साथ भेला हुँदा सबैभन्दा धेरै प्रिमियर लिगबाट एक सय ३५ खेलाडी सहभागी छन । त्यस्तै, स्पेनिस ला लिगाबाट ८६, जर्मन बुन्डेसलिगाबाट ८१, इटालियन सिरी‘ए’बाट ७१ र फ्रान्सको लिग वानबाट ५८ खेलाडीले विश्वकप खेल्दैछन् ।

बुढा टोली

टिममा रहेका खेलाडीको औसत उमेरका आधारमा इरान जारी विश्वकपमा सहभागीमध्ये सबभन्दा पाको टिम हो । खेलाडीको उमेरको हिसावमा मेक्सिको इरानपछि दोस्रो बुढो टोली हो । यसैगरी अर्जेन्टिना, ट्युनिसिया र ब्राजिल बढि उमेरका खेलाडीको टिम हुन् ।

इरान- औसत उमेर २८.९ वर्ष मेक्सिको- औसत उमेर २८.५ वर्ष अर्जेन्टिना- औसत उमेर २७.९ वर्ष ट्युनिसिया- औसत उमेर २७.८ वर्ष ब्राजिल- औसत उमेर २७.८ वर्ष

युवा टोली

टिममा रहेका खेलाडीको औसत उमेरका आधारमा घाना जारी विश्वकपमा सहभागीमध्ये सबभन्दा युवा टिम हो । घानापछि अमेरिका, इक्वेडर, स्पेन, मोरक्को र क्यामरुनको टोलीमा तुलनात्मक रुपमा युवा खेलाडीको बाहुल्य छ ।

घाना- औसत उमेर २४.७ वर्ष अमेरिका- औसत उमेर २५.१ वर्ष इक्वेडर- औसत उमेर २५.६ वर्षस्पेन- औसत उमेर २५.६ वर्षमोरक्को- औसत उमेर २६.२ वर्षक्यामरुन- औसत उमेर २६.२ वर्ष

अनुभवी टोली

टिममा रहेका खेलाडीले राष्ट्रिय टिमका लागि खेलेको औसत खेल संख्या (क्याप)का आधारमा कतार जारी विश्वकपको सबभन्दा अनुभवी टिम हो । कतारपछि बेल्जियम, मेक्सिको, उरुग्वे र कोस्टारिकाको टोलीमा धेरै अन्तर्राष्ट्रिय खेल अनुभव भएका खेलाडी छन् ।

कतार- खेलाडीको औसत क्याप ५६.६ खेलबेल्जियम- खेलाडीको औसत क्याप ५१.५ खेलमेक्सिको- खेलाडीको औसत क्याप ४९.४ खेलउरुग्वे- खेलाडीको औसत क्याप ४५.५ खेलकोस्टारिका- खेलाडीको औसत क्याप ४३.२ खेल

कम अनुभवी टोली

टिममा रहेका खेलाडीले राष्ट्रिय टिमका लागि खेलेको औसत खेल संख्या (क्याप)का आधारमा अफ्रिकी टोली घाना जारी विश्वकपको सबभन्दा कम अनुभव भएको टिम हो । घानापछि मोरक्को, अस्ट्रेलिया, क्यामरुन र सेनेगलको टिममा कम अन्तर्राष्ट्रिय खेल अनुभव भएका खेलाडीको बाहुल्य छ ।

घाना- खेलाडीको औसत क्याप १६.८ खेलमोरक्को- खेलाडीको औसत क्याप २० खेलअस्ट्रेलिया- खेलाडीको औसत क्याप २१.१ खेलक्यामरुन- खेलाडीको औसत क्याप २३.५ खेलसेनेगल- खेलाडीको औसत क्याप २३.८ खेल

धेरै गोल गर्ने

कतार विश्वकपमा सहभागिता जनाएका कुल आठ सय ३१ खेलाडीमध्ये पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोको नाममा सबभन्दा धेरै अन्तर्राष्ट्रिय गोल छ । लगातार पाँचौं विश्वकपमा गोल गर्नुअघि रोनाल्डोले पोर्चुगलको जर्सीमा एक सय १८ गोल गरेका थिए । रोनाल्डोपछि अर्जेन्टिनाका लियोनेल मेसी, पोल्यान्डका रोबर्ट लेवान्डोवस्की, ब्राजिलका नेयमार, बेल्जियमका लोमेलु लुकाकु तथा उरुग्वेका लुइस स्वारेज र इडिन्सन काभानी धेरै अन्तर्राष्ट्रिय गोलको तथ्यांकका साथ कतार आएका थिए ।

क्रिस्टियानो रोनाल्डो- एक सय १८लियोनेल मेसी- ९२रोबर्ट लेवान्डोस्की- ७७नेयमार- ७५रोमेलु लुकाकु- ५८लुइस स्वारेज- ५८एडिन्सन काभानी- ५८

अनुभवी खेलाडी

विश्वकपमा सहभागीमध्ये पोर्चुगलका कप्तान रोनाल्डो नै देशका लागि सबभन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडी हुन् । उनले कतार विश्वकपअघि नै विश्व फुटबलमा कीर्तिमानी एक सय ९३ खेल खेलिसकेका थिए । उनीपछि मेक्सिकोका आन्द्रेस गार्डाडो, कतारका हसन अल हेडोस, अर्जेन्टिनाका लियोनेल मेसी र उरुग्वेका डिएगो गोडिन अन्तर्राष्ट्रिय फुटबलमा धेरै अनुभव भएका खेलाडी हुन् ।

क्रिस्टियानो रोनाल्डो- एक सय ९३आन्द्रेस गार्डाडो–-एक सय ७९हसन अल हेडोस- एक सय ७१लियोनेल मेसी- एक सय ६६डिएगो गोडिन- एक सय ६१

पाका खेलाडी

जारी विश्वकपमा सहभागिता जनाउनेमध्ये मेक्सिकोका ४० वर्षे गोलकिपर अल्फ्रेडो तालाभेरा सबभन्दा बुढा खेलाडी हुन् । उनीपछि पाका खेलाडीमा पोर्चुगलका पेपे, ब्राजिलको ड्यानी आल्भेस, क्यानाडाका एटिबा हचिन्सन, जापानका इजी कावासिमा र नेदरल्यान्ड्सका रेम्को पासविर हुन् ।

४० वर्ष- अल्फ्रेडो तालाभेरा३९ वर्ष- पेपे, ड्यानी आल्भेस, एटिबा हचिन्सन, इजी कावासिमा, रेम्को पासवीर ३८ वर्ष- थियागो सिल्भा, हम्जा मथलुथी

कान्छा खेलाडी

कतार विश्वकपमा आफ्नो देशको जर्सीमा खुट्टा चलाउने सात जना भर्खर १८ वर्ष उमेर पुगेका खेलाडी छन् । तिनमा जर्मनी, स्पेन, घाना, कोस्टारिका, अस्ट्रेलिया र मोरक्कोका खेलाडी छन् ।

घानाका युसुफा मोकोको, स्पेना गाबी, घानाका अब्दुल फताउ इसहाकस, कोस्टारिकाका जेविसन बेनेट, अस्ट्रेलियाका गारंग कुओल र मोरक्कोका बिलाल अल खनोस विश्वकपका सबभन्दा कान्छा खेलाडी हुन् ।

धेरै गोलका साथ कतार पुग्ने

विश्वकपका लागि कतार पुग्दा बेल्जियमका खेलाडी अन्तर्राष्ट्रिय फुटबलमा गोलको दृष्टिले सबभन्दा सफल थिए । समूह चरणबाटै बाहिरिएको बेल्जियमको टोलीले विश्वकपका लागि कतारको यात्रा थाल्नुअघि दुई सय ४६ गोल गरेको थियो । कतार पुगेको बेल्जियन टोलीका सबै खेलाडीको व्यक्तिगत गोल जोड्दाको आँकडा हो यो । टिममा रहेका खेलाडीको व्यक्तिगत गोल जोड्दाको आधारमा पोर्चुगल र कतार सबभन्दा धेरै गोल गर्नेमा दोस्रो स्थानमा छन् । यसैगरी फ्रान्स र उरुग्वे धेरै गोल गर्ने टिमको सुचीमा अगाडि छन् ।

बेल्जियम- दुई सय ४६पोर्चुगल- एक सय ९२कतार- एक सय ९२फ्रान्स- एक सय ७९उरुग्वे- एक सय ७३

विश्कपमा सहभागी १३ टोलीका २३ खेलाडीले यो प्रतियोगिताअघि कुनै पनि अन्तर्राष्ट्रिय खेल खेलेका छैनन् । जसमा सबैभन्दा धेरै पोर्चुगल, क्यामरुन, घाना र नेदरल्यान्ड्सका समान तीन खेलाडी छन् ।

र अन्तमा, विश्वकपमा सहभागी ३२ देशमध्ये डेनमार्क र स्विट्जरल्यान्ड चाँही माथीका कुनै पनि तथ्यमा समावेश छैनन् ।