माघ ४, २०८१ शुक्रबार | १७:००:००
लुम्बिनीको पहिलो जित हालान्ड २०३४ सम्म सिटीमै रहने खुमलटारविरुद्ध एपिएफ विजयी सुदूरपश्चिमको विजयी यात्रा जारी टाइगर कपको विजेताले ५ लाख ८५ हजार ५५५ पाउने अल्कारेज चौथो चरणमा चर्च ब्वाइजको सहज जित अल हिलालको सानदार जितमा मार्कस लियान्द्रोको ह्याट्रिक अमान्ड डियालोको ह्याट्रिकमा युनाइटेडको जित सहज जित निकाल्दै रियाल क्वार्टरफाइनलमा लुम्बिनीको पहिलो जित हालान्ड २०३४ सम्म सिटीमै रहने खुमलटारविरुद्ध एपिएफ विजयी सुदूरपश्चिमको विजयी यात्रा जारी टाइगर कपको विजेताले ५ लाख ८५ हजार ५५५ पाउने अल्कारेज चौथो चरणमा चर्च ब्वाइजको सहज जित अल हिलालको सानदार जितमा मार्कस लियान्द्रोको ह्याट्रिक अमान्ड डियालोको ह्याट्रिकमा युनाइटेडको जित सहज जित निकाल्दै रियाल क्वार्टरफाइनलमा
शनिबारको दिन आइपिएल

आइपिएल फाइनल: कस्तो रह्यो दुई टिमको यात्रा

विश्व क्रिकेटकै चर्चित फ्रेन्चाइज इन्डियन प्रिमियर लिग (आइपिएल) अब नयाँ विजेताको संघारमा छ । मार्च २६ देखि सुरु भएको प्रतियोगितामा कुल ७४ मध्ये ७३ खेलको टुङ्गो लागिसक्दा अब एक खेलमात्र बाँकी छ । जसले १५औं सिजनको विजेता टुङ्गो लगाउने छ ।

आइतबार नरेन्द्र मोदी क्रिकेट रंगशालामा हुने यस सिजनको अन्तिम खेलका लागि गुजरात टाइटन्स र राजस्थान रोयल्स मैदान उत्रने छन् ।

त्यसो त लिग सुरु हुनुपूर्व प्रतियोगिताको सदाबहार उपाधि दाबेदार मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्सले यसपालि पनि आफ्नो वर्चस्व कायम राख्ने सबैको अनुमान थियो ।

गुजरातको हकमा नयाँ टिमले फाइनलसम्म यात्रा तय गर्छ भन्ने क्रिकेटमा पण्डितहरूको पनि आँकलन थिएन । तर, भारतीय टोलीका अलराउन्डर हार्दिक पान्डे्यको नेतृत्वमा रहेको गुजरात टाइटन्सले प्रतियोगितामा गजबको यात्रा तय गरेको छ । पहिलो सहभागितामा गुजरात फाइनल पुगेको हो ।

यता, आइपिएलको पहिलो सिजन अर्थात २००८ मा उपाधि जितेको राजस्थानले त्यसयता भने पहिलो पटक फाइनलसम्मको यात्रा तय गर्यो ।

दुई टिमको नजिता

लिग चरणका १४ खेलमध्ये १० खेलमा जित र चार खेलमा हार नतिजासहित २० अंक जोड्दै गुजरातले शीर्ष स्थानसहित प्लेअफमा स्थान बनाएको थियो ।

यस्तै, समान खेलबाट १८ अंकसहित दोस्रो स्थानमा रहँदा राजस्थानले लिगका ९ खेलमा जित र ६ खेलमा हार बेहोरेको थियो ।

गुजरात टाइटन्स

लिगको पहिलो खेलमा गुजरातले अर्को नयाँ टिम लखनउ सुपर जायन्ट्सलाई ५ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा दिल्ली क्यापिटल्सलाई १४ रनले हराएको गुजरातले तेस्रो खेलमा पन्जाबमाथि ६ विकेटले जित हात पारेको थियो ।

चौथो खेलमा सनराइजर्स हैदराबादसँग ८ विकेटले पराजित हुँदा पाँचौं खेलमा गुजरातले राजस्थान रोयल्सलाई ३७ रनले हराएको थियो । यस्तै, छैटौं खेलमा चेन्नई सुपर किंग्समाथि ३ विकेट, सातौं खेलमा कोलकाता नाइट राइडर्समाथि ८ रन, आठौं खेलमा हैदराबादमाथि ५ विकेट र नवौं खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई ६ विकेटले पराजित गर्दा १०औं खेलमा गुजरात पन्जाबसँग ८ विकेटले पराजित भएको थियो ।

११औं खेलमा मुम्बईसँग ५ रनले पराजित हुँदा १२औं खेलमा गुजरातले राजस्थानलाई ७ विकेटले हराएको थियो । गुजरात लिगको अन्तिम खेलमा बैंग्लोरसँग ८ विकेटले पराजित भयो ।

लिगको शीर्षस्थानमा रहँदै प्लेअफको टिकट काटेको गुजरातले प्लेअफमा दोस्रो स्थानको राजस्थानलाई ७ विकेटले पराजित गर्दै फाइनलसम्म यात्रा तय गरेको थियो ।

राजस्थान रोयल्स

राजस्थानले १५औं सिजनको पहिलो खेलमा हैदराबादमाथि ६१ रनको जित निकालेको थियो । यस्तै, दोस्रो खेलमा मुम्बईलाई २३ रनले पराजित गर्दा तेस्रो खेलमा बैंगलोरलाई ४ विकेटले नतिजा सुम्पिएको थियो ।

चौथो खेलमा लखनउलाई तीन रनले पराजित गर्दा राजस्थानले पाँचौ खेलमा गुजरातसँग ३७ रनले पराजित भएको थियो । छैटौं, सातौं र आठौं खेलमा कोलकाता, दिल्ली र बैंगलोरलाई क्रमशः ७, १५ र २९ रनले पराजित गरेको राजस्थान नवौं खेलमा मुम्बईसँग पाँच विकेटले, १०औं खेलमा कोलकातासँग ७ विकेटले र ११औं खेलमा दिल्लीसँग ८ विकेटले पराजित भएको थियो ।

राजस्थानले १२औं खेलमा लखनउलाई २४ र लिगको अन्तिम खेलमा चेन्नईलाई पाँच विकेटले पराजित गरेको थियो ।

तालिकाको दोस्रो स्थानमा रहँदै प्लेअफमा स्थान बनाएको राजस्थान पहिलो क्वालिफायरमा गुजरातसँग सात विकेटले पराजित भएको थियो ।

तर, शीर्ष दुईमा रहेका कारण इलिमिनेटर जित्ने टिमसँग दोस्रो क्वालिफायर खेल्ने मौका पाएको राजस्थानले बैंगलोरलाई सात विकेटले हराउदै उपाधिका लागि पुनः गुजरातसँगको भेट पक्का गरेको हो ।

१० टोली सहभागी, आयोजकको फरक शैली

यस सिजन आइपिएलमा आयोजक भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) ले दुई टोली बढाएर सहभागी टिम संख्या १० पुर्याएको थियो । बिसिसिआईले सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरेको थियो । जसअनुसार समूह ‘ए’ मा मुम्बई, कोलकाता, राजस्थान, दिल्ली र लखनउ थिए भने समूह ‘बी’ मा चेन्नई, हैदराबाद, बैंग्लोर, पन्जाब र गुजरात थिए ।

प्रत्येक टिमले आफ्नो समूहबाहेक अर्को समूहमा आफू बराबर रहेको टिमसँग पनि दुई खेल खेल्दा बाँकी टिमसँग एक–एक खेल खेलेका थिए ।

यस समीकरणअनुसार सबै टोलीले १४–१४ खेलेका थिए । यो सिजन लिग चरणमा ७० खेल र प्लेअफका तीन गरी फाइनलअघि ७३ खेलको नतिजा निस्किसकेको छ । र, आइतबार हुने खेल फाइनल खेलले १५औं सिजनको विजेताको छिनोफानो गर्नेछ ।