मंसिर २०, २०८२ शनिबार | ०१:०२:०२
साफ महिला फुटबलमा थपिँदै नयाँ आयाम नर्वेलाई विश्वकप पुर्‍याउने ‘गोल मेसिन’ एसिया कपलाई प्रिमियर कपको अनुभवले धान्ला ? सम्झनामा ‘जज’ भनेर चिनिने रोबिन स्मिथ एनपीएलका शतकको रोचक संयोगः तीनै जना ओपनरको अविजित इनिङ नेपाल प्रहरीकी सीतालाई दोहोरो स्वर्ण साफ महिला क्लब च्याम्पियनसिपः नासरिनविरुद्ध एपिएफको सानदार जित ब्रिसबेन टेस्टमा इङ्ल्यान्डमाथि अस्ट्रेलियाले लियो ४४ रनको अग्रता एनपिएलको प्लेअफ समीकरण पूरा, लुम्बिनीलाई कम्तिमा पनि चौथो स्थान पुलिस अर्जुनधारा भलिबलको सेमिफाइनलमा साफ महिला फुटबलमा थपिँदै नयाँ आयाम नर्वेलाई विश्वकप पुर्‍याउने ‘गोल मेसिन’ एसिया कपलाई प्रिमियर कपको अनुभवले धान्ला ? सम्झनामा ‘जज’ भनेर चिनिने रोबिन स्मिथ एनपीएलका शतकको रोचक संयोगः तीनै जना ओपनरको अविजित इनिङ नेपाल प्रहरीकी सीतालाई दोहोरो स्वर्ण साफ महिला क्लब च्याम्पियनसिपः नासरिनविरुद्ध एपिएफको सानदार जित ब्रिसबेन टेस्टमा इङ्ल्यान्डमाथि अस्ट्रेलियाले लियो ४४ रनको अग्रता एनपिएलको प्लेअफ समीकरण पूरा, लुम्बिनीलाई कम्तिमा पनि चौथो स्थान पुलिस अर्जुनधारा भलिबलको सेमिफाइनलमा
शनिबारको दिन भारतीय क्रिकेट

कोहलीको सफल कप्तानीबाट विश्राम

सुपरस्टार ब्याटर विराट कोहलीले सात वर्ष भारतीय टेस्ट टोलीको कप्तानी सम्हाले । यसबीचमा उनले कयौं पटक विवाद सामना गर्नुपर्यो । तर विवाद, कठिनाइ, आलोचना र प्रशंसा सहँदै भारतीय क्रिकेट टोलीलाई अभूतपूर्व उचाइमा पुर्याए अनि कप्तानीबाट विश्राम लिएका छन् ।

कप्तानी सम्हाल्दा टेस्ट वरीयताको सातौं स्थानमा रहेको भारतीय टोलीलाई कोहलीले शीर्षस्थानमा पुर्याए । त्यतिमात्रै होइन, आफ्नै कप्तानीमा उनले सन् २०१९ मा पहिलो पटक अस्ट्रेलियाविरुद्ध उसैको मैदानमा भारतलाई टेस्ट शृंखलासमेत जिताउन सफल भए ।

तर, भारतीय टोलीले २०२० मा भएको न्युजिल्यान्डविरुद्धको शृंखला २-० ले गुमायो । गत वर्ष पनि विश्व टेस्ट च्याम्पियनसिपको फाइलनमा न्युजिल्यान्डसँग निराश बन्नुपरेको थियो ।

गत साता केपटाउनमा सम्पन्न टेस्टका दौरान स्टम्प माइक्रोफोनमा डीआरएस निर्णयप्रति उनले आक्रोश पोखिरहेको सुनियो । तीन टेस्टको शृंखलामा भारत २-१ ले पराजित भएको थियो ।

कोहली सन् २०१४ मा भारतीय टेस्ट टोलीको कप्तानमा नियुक्त भएका थिए । र, त्यसको तीन वर्षपछि कोहलीले क्रिकेटका तीनै संरचनामा भारतीय टोलीको नेतृत्व सम्हाले । उनीमाथि भारतलाई दुई पटकको विश्वकप जिताएका महेन्द्रसिंह धोनीको विरासत थाम्ने ठूलो जिम्मेवारी र चुनौती थियो ।

तर, दिल्लीका मध्यमवर्गीय परिवारका कोहलीले ‘रिसाहा स्वभाव’ र स्तरीय ब्याटिङका कारण विश्व क्रिकेटका महान् हस्ती सचिन तेन्दुलकरसँग तुलना हुँदै नाम कमाएका थिए ।

अस्ट्रेलियाविरुद्धको टेस्ट शृंखलाको जितले क्रिकेटको सबैभन्दा लामो ढाँचामा उनको नेतृत्व कौशललाई स्पष्ट दर्शायो ।

भारतीय मिडियाबाट ‘कि¨ कोहली’को उपनाम पाएका कोहलीकै कप्तानीमा भारतले खेलेका ६८ टेस्टमध्ये ४० मा जित र १७ खेलमा हारको नतिजा निकाल्यो । यो कुनै पनि भारतीय टेस्ट कप्तानले निकालेको सबैभन्दा धेरै जित हो । कोहलीको यो सफलता भारतीय क्रिकेट इतिहासमा स्वर्ण अक्षरले लेखिएको छ ।

‘विराट तिमी आफ्नो शिर ठाडो पारेर जान सक्छौं । कप्तानका रूपमा तिमीले जति सफलता हात पारेका छौं, त्यो निकै कमैले मात्र प्राप्त गर्छन् । पक्कै पनि तिमी भारतको सबैभन्दा आक्रामक र सफल कप्तान,’ भारतीय पूर्वकप्तान तथा प्रशिक्षक रवि शास्त्री भन्छन् ।

तर, भारतलाई सीमित ओभरको विश्वकप उपाधि दिलाउन नसकेका कोहलीमाथि यही पक्ष आलोचकका लागि प्रमुख ‘आलोचना साध्य’ बन्यो ।

गत वर्ष सम्पन्न ट्वान्टी-२० विश्वकपको सेमिफाइनलमा स्थान बनाउन नसकेपछि भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) का प्रमुख सौरभ गांगुलीले ‘सबैभन्दा कमजोर’ प्रदर्शन भएको टिप्पणी गरेका थिए ।

यद्यपि कोहलीले त्यतिबेला मौन बस्नु नै उचित सम्झिए । प्रतियोगितापछि उनले कप्तानी जिम्मेवारी छाडे । त्यसको केही समयपछि कोहलीलाई एकदिवसीय कप्तानको जिम्मेवारीबाट पनि हटाइएको थियो । एकदिवसीयको कप्तानी रोहित शर्मालाई सुम्पिएको थियो ।

सन् २०१९ मा सम्पन्न एकदिवसीय विश्वकपको सेमिफाइनलमा न्युजिल्यान्डसँग पराजित भएपछि कोहलीले ‘४५ मिनेट भाग्यले साथ नदिँदा बाहिरिनुपरेको’ बताएका थिए । 

तर, ट्वान्टी-२० विश्वकपमा कट्टर प्रतिद्वन्द्वी पाकिस्तान र न्युजिल्यान्डसँग पराजित भएपछि कोहलीसँग रहेको थोरै प्रतिरक्षा सम्भावना पनि सकिएको थियो ।

९९ अविजित

कोहलीले आफ्नो आक्रामक ब्याटिङका साथ भारतीय टोलीको नेतृत्व सम्हालेका थिए । उनी मैदानमा आफूलाई प्रमाणित गर्न कहिल्यै लजाएनन् ।

र, सन्की स्वभावका कोहलीको ‘अन द ग्राउन्ड’ सम्बन्ध कसैसँग राम्रो बनेन पनि । कोहलीले चेन्नईमा अस्ट्रेलियाविरुद्धको एकदिवसीयमा तत्कालीन अस्ट्रेलियन कप्तान स्टिभ स्मिथमाथि ‘चिट’ गरेको आरोप लगाइदिए । स्मिथले अस्ट्रेलियन बलर मार्कस स्टोइनिसले फालेको बलमा भुवनेश्वर कुमारको प्याडमा लागेको भन्दै डिआरएस रिभ्यू लिएका थिए । रिभ्यू लिने क्रममा उनले आफ्नो ड्रेसिङ रूमतिर हेरेको भन्दै कोहलीले ‘चिट’ गरेको आरोप लगाएका हुन् ।आफ्नो फिटनेस स्तरलाई ‘नेक्स लेभल’ बनाएका कोहलीले भारतीय टोलीलाई तीव्र गतिका बलर टोली बनाए । कोहलीकै नेतृत्वमा मोहम्मद सामी, मोहम्मद सिराज, जसप्रित बुमराह, उमेश यादव र इशान्त शर्मा विश्व क्रिकेटमा चर्चित नाम बने ।

कोहलीले अहिले अर्को महिना श्रीलंकाविरुद्ध आफ्नो १००औैं टेस्ट खेल्ने तयारी गरिरहेका छन् । निकै खराब लयबाट गुज्रिइरहेका कोहली अब भने आफ्नो ब्याटिङ फर्मलाई पुरानै लयमा फर्काउने लक्ष्यमा हुनेछन् ।

‘सात वर्षमा प्रत्येक दिन अथक मिहिनेत, कठोर भोगाइहरू रहे,’ उनले ट्वीटरमा लेखेका छन्, ‘मैले आफ्नो कर्तव्य इमानदारीका साथ निभाएको छु र यसमा कुनै कसर बाँकी राखेको छैन ।’