माघ ९, २०८२ शुक्रबार | १६:३०:२५
पाकिस्तानको चुनौती समाप्त, च्याम्पियन बन्न बंगलादेश एक जित टाढा श्री भगवतीसामू नव जनजागृति निरीह पहिलो एकदिवसीयमा इङ्ल्यान्डलाई श्रीलंकाले हरायो अन्तिम खेलमा वेष्ट इन्डिजको जित एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य पाकिस्तानको चुनौती समाप्त, च्याम्पियन बन्न बंगलादेश एक जित टाढा श्री भगवतीसामू नव जनजागृति निरीह पहिलो एकदिवसीयमा इङ्ल्यान्डलाई श्रीलंकाले हरायो अन्तिम खेलमा वेष्ट इन्डिजको जित एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य
शनिबारको दिन

नतिजा दिँदै ‘जित्ने मानसिकता’

काठमाडौं । ‘स्कटल्यान्डमा खेल्न गाह्रो हुन्छ । तर सबै खेलाडी फिट रहेकाले टोलीको मनोबल उच्च छ । टोलीको अवस्थाबारे सबैलाई थाहा छ । त्यसैले स्कटल्यान्ड शृंखलामा राम्रो प्रदर्शन गर्ने प्रयास हुनेछ,' नेपाली क्रिकेट टोलीका सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्लले बेलायत जानुअघि भनेका थिए, ‘यो शृंखलामा कम्तीमा पनि दुई जित निकाल्न सक्यौं भने हाम्रो आगामी यात्रा केही सहज हुनेछ ।’

नेपाली टोलीले आइसिसी क्रिकेट विश्वकप लिग-२ को आफ्नो चौथो शृंखलामा सहायक प्रशिक्षक मल्लले दावी गरेअनुसारकै प्रदर्शन गर्यो । घरेलु टोली स्कटल्यान्ड र नेदरल्यान्ड्सजस्ता बलिया टोली रहेको शृंखलामा नेपालले चार खेल खेल्दा तीनमा सनसनीपूर्ण जित दर्ता गरेको छ । नेपालले नेदरल्यान्ड्सलाई दुवै खेलमा हराउँदा स्कटल्यान्डविरुद्ध १ जित र १ हारको नतिजा निकाल्यो ।

यसै शृंखला अघि नेपालको नयाँ प्रशिक्षकमा अस्ट्रेलियाका स्टुवार्ट ल नियुक्त भएका थिए । उनले अन्तरक्रिया कार्यक्रममा आफूलाई हारेको मन नपर्ने भन्दै जित्ने मानसिकताले खेल्ने बताएका थिए ।

यस शृंखलाबाट ६ अंक बटुल्दै नेपालले १६ खेलबाट खातामा १२ अंक पुर्याएको छ । अघिल्ला १२ खेल खेल्दा नेपालसँग ६ अंक थियो ।

लिग-२ मा प्रतिस्पर्धा गर्दै नेपाल र स्कटल्यान्ड ।

यसै शृंखला अघि नेपालको नयाँ प्रशिक्षकमा अस्ट्रेलियाका स्टुवार्ट ल नियुक्त भएका थिए । उनले अन्तरक्रिया कार्यक्रममा आफूलाई हारेको मन नपर्ने भन्दै जित्ने मानसिकताले खेल्ने बताएका थिए ।

‘मैले क्रिकेटप्रतिको लगाव देखेर नै नेपाली टोली रोजेको हुँ । नेपालले पछिल्लो पटक राम्रो गरिरहेको छ । यहाँ चुनौती र अवसर दुवै छ । नेपाली खेलाडी प्रतिभावान छन् । मलाई हार्न मन पर्दैन । त्यसैले हरेक खेल जित्ने मानसिकताका साथ मैदान उत्रने छौं । हाम्रो लक्ष्य भनेकै विश्वकप खेल्नु हो,’ मुख्य प्रशिक्षक लले भनेका थिए ।

राम्रो अभ्यास

नेपाली टोली स्कटल्यान्डको वातावरणसँग घुलमिल हुन नेपाली क्रिकेट टोलीले बेलायतका विभिन्न काउन्टी क्लबहरूसँग अभ्यास खेलहरू खेलेको थियो । त्यसअघि टोलीले राम्रो नतिजा ल्याउने लक्ष्यका साथै घरेलु भूमिमै कोर क्याम्प अभ्यास गरेको थियो ।

अभ्यासका शृंखलाका दौरान नेपाली टोली । 

नेपालले कार्डिफको न्यु पोर्ट टोली, एमसिसी र ग्लामोर्गानसँग एकदिवसीय तथा ग्लोसेस्टरसायरको टोलीसँग ट्वान्टी-२० अभ्यास खेल खेल्यो । बेलायतमा नेपाली टोलीले सबै खेलमा जित दर्ता गरेको थियो ।

त्यस्तै नेपालले घरेलु टोली स्कटल्यान्डको ‘ए’ सँग पनि अभ्यास एकदिवसीय खेल खेलेको थियो, जहाँ एक खेलमा पराजित हुँदा एक खेल नतिजाविहीन बन्यो ।

यी अभ्यासले गर्दा नेपाललाई धेरै सहज बनायो । अभ्यासमा देखिका गल्ती सुधार्दै नेपाल राम्रो नतिजा निकाल्न सफल भयो ।

ब्याटिङमा सुधार

नेपालको परम्परागत समस्याको रूपमा रहेको ब्याटिङमा पनि केही सुधार भएको छनक यस शृंखलाले दिएको छ । विशेषगरी नेपाली मध्यक्रममा ब्याटरले यसपल्ट निकै उत्कृष्ट प्रदर्शन गरे ।

आरिफ शेख । 

मध्यक्रममा आरिफ शेखले सानदार प्रदर्शन गरे । भीम सार्की र गुलशन झाले पनि राम्रो ब्याटिङ गरे । शृंखलाका चार खेलमा नेपालले तीन पटक २०० र एक पटक ३०० भन्दामाथि रन प्रहार गरेको छ । यसले पनि नेपाली टोलीको ब्याटिङमा सुधार आएको पुष्टि हुन्छ ।

यसैगरी तल्लाेक्रममा करण केसी र साेमपाल कामीले महत्वपूर्ण भूमिका निर्वाह गरे । नेपालको ओपनिङमा भने अझै समस्या देखिएको छ । यो शृंखलामा ओपनिङ जोडीले खासै प्रभाव जमाउन सकेन । पहिलो खेलमा ७२ रनको साझेदारी हुनुबाहेक अन्य खेलमा नेपाली ओपनरको गतिलो प्रदर्शन देखिएन ।

अबको बाटो

लिग-२ आइसिसी एकदिवसीय विश्वकपको छनोट प्रतियोगिता पनि हो । यसका शीर्ष चार टोलीले सिधै विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउँदा पुछारका चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।

नेपाल र नेदरल्यान्ड्सबीचको खेलमा टस हुँदै ।

वर्तमान अवस्थामा नेपाली टोली १६ खेलमा १२ अंकसहित सातौं स्थानमा छ । आठ टोली सहभागी लिगमा नेपालभन्दा पछि युएई मात्र छ । अंकतालिका हेर्दा नेपालको शीर्ष चारको सम्भावना केही कठिन देखिन्छ । तर नेपालसँग अझै २० खेल बाँकी रहेकाले त्यो असम्भव भने छैन ।

स्कटल्यान्ड शृंखलामा नेपालले बटुलेको ६ अंक निकै महत्त्वपूर्ण छ । अवे मैदानमा ल्याएको यो अंकले नेपाली खेलाडीको मनोबल उकासिएको छ । नेपालले बाँकी ५ शृंखलामा पनि यो लय कायम राख्न सक्नुपर्छ ।