काठमाडौं । आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा उपाधिका लागि भारत र न्युजिल्यान्ड आइतबार प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताअघि भारतले इङ्ल्यान्डविरुद्धको शृंखला जितेको थियो । त्यसैले पनि भारतको मनोबल उच्च थियो । त्यही लय भारत च्याम्पियन्स ट्रफीमा देखाउन चाहन्थ्यो । नतिजा पूर्वानुमान जस्तै रह्यो । अस्ट्रेलियालाई हराउँदै भारतले फाइनलमा स्थान बनाएको छ । न्युजिल्यान्डले भने सर्वाधिक स्कोर बनाउँदै दक्षिण अफ्रिकामाथि जित पाएको थियो ।
भारतलाई फाइनलमा पुर्याउन उत्कृष्ट प्रदर्शन गरेका पाँच खेलाडी यस्ता छन्ः
विराट कोहली

सन् २०२३ को एकदिवसीय विश्वकप भारतका लागि ताजै छ । पहिलो ब्याटिङ गरेको भारतले २६४ रन बनाएको थियो । शुभमन गिल चाँडै आउट भए । स्विप सट खेल्ने चक्करमा कप्तान रोहित शर्मा पनि आउट भए । भारतले ४३ रन बनाउँदा २ विकेट गुमाउन पुग्यो । एक पटक पुनः विराट कोहलीलाई जिम्मेवारी आयो । उनको प्रदर्शन साँच्चै प्रशंसनीय रह्यो । श्रेयस अय्यरसँगै कोहलीले सानदार साझेदारी गरेर अर्धशतक बनाए । उनै कोहलीले यसपालि भारतलाई फाइनलमा पुर्याउन उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले चार इनिङ्समा २१७ रन बनाउँदा एक शतक र एक अर्धशतक बनाएका छन् ।
श्रेयस अय्यर

जब भारतीय टिम इङ्ल्यान्डविरुद्धको शृखलामा थियो, श्रेयस ऐरको स्थान पक्का थिएन । च्याम्पियन्स ट्रफी खेल्ने या नखेल्ने पक्का थिएन । कोहली घाइते भएपछि श्रेयसलाई अवसर दिइएको थियो । तर, यही प्रतियोगितामा कोहली र श्रेयसले भारतलाई फाइनलसम्म पु¥याउन महत्त्वपूर्ण भूमिका खेले । न्युजिल्यान्डविरुद्ध कमजोर बनेको भारतलाई जिताउन श्रेयसले नै उत्कृष्ट प्रदर्शन गरे । हाल उनी चार इनिङ्समा १९५ रन बनाउन सफल भएका छन् । यसक्रममा दुई अर्धशतक छ । भारतीय टिम फाइनलमा पनि श्रेयससँग यही आशा राख्छ ।
वरुण चक्रवर्ती

वरुण चक्रवर्ती सुरुमा च्याम्पियन्स ट्रफीको टोलीमा थिएनन् । इङ्ल्यान्डविरुद्ध सानदार प्रदर्शनपछि चक्रवर्तीलाई टिममा तानिएको हो । कुलदीप यादव, अक्षर पटेल र रवीन्द्र जडेजाअघि उनी बेञ्चमै हुने अनुमान गरिएको थियो । तर, उनले सबैलाई आश्चर्यमा पार्दै इङ्ल्यान्डविरुद्ध उत्कृष्ट प्रदर्शन गर्न सफल भए । उनले दुई खेलमै सर्वाधिक ७ विकेट लिइसकेका छन् । न्युजिल्यान्डविरुद्ध एकै खेलमा ५ विकेट लिँदै ३३ वर्षीय खेलाडी उच्च विकेटकर्ताको तेस्रो स्थानमा उभिएका छन् ।
शुभमन गिल

बलरहरूले सानदार प्रदर्शन गरेपछि बंगलादेशले भारतविरुद्धको खेल जित्ने अवस्था सिर्जना भएकाे थियाे । तर, रोहितसँगै ओपनर शुभमन गिलले उत्कृष्ट प्रदर्शन गर्दै जित भारतकै पक्षमा पारेका थिए । उनले चार इनिङ्समा १५७ रन बनाएका छन् । त्यसमा एक शतक छ । उनले बंगलादेशविरुद्ध नै १०१ रन बनाएका थिए ।
मोहम्मद शामी

च्याम्पियन्स लिगअघि आफ्नो मुख्य बलर जसप्रित बुमराह घाइते भएपछि भारतले दुई वर्षदेखि टाेली बाहिर रहेका मोहम्मद शामीलाई टिममा कमब्याक गराएको थियो । उनको प्रदर्शनबारे धेरै शंका थियो । तर, सामीले कमब्याकमा सबैको मन जित्न सफल भए । बंगलादेशविरुद्ध सानदार प्रदर्शन गरे । न्युजिल्यानडविरुद्ध पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । भारतीय टोलीले फाइनलमा शामीबाट धेरै आशा राखेको छ ।