पुस १७, २०८२ शुक्रबार | १६:०८:००
एनभिए च्याम्पियनसिपः आर्मीलाई हराउँदै पुलिस फाइनलमा साफ यु-१९ महिला च्याम्पियनसिपः नेपालको प्रारम्भिक टोली घोषणा एपिएफलाई सोझो सेटमा हराउँदै न्यु डायमण्ड फाइनलमा सेमिफाइनलका चारै खेल आज एनफिल्डमा लिड्सलाई एक अंक सिटीले गुमायो अंकदूरी घटाउने अवसर एनभिए च्याम्पियनसिपः खिल्जीलाई हराउँदै आर्मी सेमिफाइनलमा एमेच्योर राहुललाई सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि एनभिए च्याम्पियनसिपः रुकुम पश्चिम सेमिफाइनलमा, एपिएफ बाहिरियो एनभिए च्याम्पियनसिपः सेमिफाइनलमा पुलिस र हेल्प नेपाल भिड्ने एनभिए च्याम्पियनसिपः आर्मीलाई हराउँदै पुलिस फाइनलमा साफ यु-१९ महिला च्याम्पियनसिपः नेपालको प्रारम्भिक टोली घोषणा एपिएफलाई सोझो सेटमा हराउँदै न्यु डायमण्ड फाइनलमा सेमिफाइनलका चारै खेल आज एनफिल्डमा लिड्सलाई एक अंक सिटीले गुमायो अंकदूरी घटाउने अवसर एनभिए च्याम्पियनसिपः खिल्जीलाई हराउँदै आर्मी सेमिफाइनलमा एमेच्योर राहुललाई सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि एनभिए च्याम्पियनसिपः रुकुम पश्चिम सेमिफाइनलमा, एपिएफ बाहिरियो एनभिए च्याम्पियनसिपः सेमिफाइनलमा पुलिस र हेल्प नेपाल भिड्ने
शनिबारको दिन

नेपाली महिला क्रिकेटरहरू युगान्डामा खेल्दै

काठमाडौं । युगान्डा क्रिकेट संघको आयोजनामा आजबाट वुमन्स डे कप अन्तर्राष्ट्रिय ट्वान्टी-२० क्रिकेट शृंखलामा हुँदैछ । चैत ३ सम्म हुने शृंखलामानेपालसहित युगान्डा, हङकङ र नामिबियाको सहभागिता रहनेछ ।

एकअर्कासँग दुई पटक प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउने छन् । नेपालले मार्च ८ मा नामिबियासँग खेल्दै प्रतियोगिता सुरु गर्नेछ । नेपालले मार्च ९ मा युगान्डा र मार्च १० मा हङकङको सामना गर्नेछ । दोस्रो चरणमाले नेपालले मार्च १२ मा नामिबिया, १३ मा युगान्डा र मार्च १४ मा हङकङसँग पुनः खेल्नेछ ।

टोली अघिल्लो शृंखलामा गरेका गल्ती सुधार गर्दै च्याम्पियन बन्ने लक्ष्यमा छ । यस शृंखलाबाट नेपाललाई थप अनुभव र एक्सपोजरको अवसर हुनेछ।

नेपालले शृंखलाका लागि इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय नेपाली महिला क्रिकेट टोली युगान्डा पठाइसकेको छ । सना प्रविन र रिया शर्माले पहिलोपल्ट सिनियर टोलीमा स्थान बनाएका छन् ।

नेपालले घरेलु मैदानमा गत मैदानमा थाइल्यान्ड र नेदरल्यान्ड्ससँग त्रिपक्षीय शृंखला खेलेको थियो । त्यसमा जितविहीन रहेको नेपाली टोलीका लागि एक महिनाभित्रै अर्को अन्तर्राष्ट्रिय क्रिकेट शृंखला खेल्ने मौका जुरेको छ ।

टोली अघिल्लो शृंखलामा गरेका गल्ती सुधार गर्दै च्याम्पियन बन्ने लक्ष्यमा छ । यस शृंखलाबाट नेपाललाई थप अनुभव र एक्सपोजरको अवसर हुनेछ भने महिला टी-२० विश्वकप छनोटको तयारीका रूपमा पनि यस शृंखलाले मद्दत पुग्ने विश्वास छ ।

महिला क्रिकेटमा नेपालले हङकङ र युगान्डासँग यसअघि पनि खेलिसकेको छ । नामिबियामा भने नेपालको नयाँ प्रतिद्वन्द्वी हुनेछ ।

‘तयारी राम्रो भएको छ । सिनियर र जुनियर खेलाडीको टोलीमा राम्रो तालमेल देखिएको छ । भर्खरै सम्पन्न शृंखलाबाट हामीले फिटनेसमा धेरै काम गर्नुपर्ने रहेछ भन्ने थाहा पायौंं । यसपालि नेपाल क्रिकेट संघ (क्यान) कै ट्रेनर आएर फिटनेस ट्रेनिङ दिनुभयो । फिल्डिङमा केही सुधार आएको छ । खेलाडीले ब्याटिङ र बलिङमा पनि राम्रो गरिरहेका छन् । यो शृंखला हाम्रा लागि निकै महत्त्वपूर्ण हुनेछ । यसले विश्वकप छनोटमा सहयोग पुर्याउने विश्वास लिएको छु । उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रन्छौं,’ नेपाली टोलीका प्रशिक्षक मनोज कटुवालले भने ।

महिला क्रिकेटमा नेपालले हङकङ र युगान्डासँग यसअघि पनि खेलिसकेको छ । नामिबियामा भने नेपालको नयाँ प्रतिद्वन्द्वी हुनेछ ।

यस्ता छन् नेपालका प्रतिस्पर्धी

युगान्डको टोली, तस्विरः युगान्डा क्रिकेट बोर्ड ।

आयोजक युगान्डा आइसिसी महिला क्रिकेट वरीयताको १८औं स्थानमा छ । टोली करिब ९ महिनापछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किंदै छ । युगान्डाले पछिल्लो पटक गत जुनमा कुइबुका महिला ट्वान्टी–२० प्रतियोगिता खेलेको थियो । जिम्बावे ‘ए’ लाई हराउँदै युगान्डा च्याम्पियन बनेको थियो ।

नेपालले हालसम्म युगान्डासँग हालसम्म ५ खेल खेलेको छ । सन् २०२२ मा कीर्तिपुरमै भएको पाँच खेलको उक्त शृंखला युगान्डाले ३-२ ले जितेको थियो ।

नामिबिया

नामिबिया यस शृंखलामा खेल्ने सबैभन्दा माथिल्लो वरीयताको टोली हो । नामिबिया महिला वरीयतामा १७औं स्थानमा छ । नामिबियाले गत डिसेम्बरमा पछिल्लो पटक खेलेको थियो ।

नामिबियाको टोली, तस्विरः नामिबिया क्रिकेट बोर्ड ।

नामिबिया महिला टी-२० अन्तर्राष्ट्रिय शृंखलाको फाइनलमा थाइल्यान्डसँग पराजित भएको थियो । उक्त शृंखलामा नामिबियाले थाइल्यान्डबाहेक अन्य टोलीविरुद्ध जित निकालेको थियो ।

यो शृंखलामा आयोजक हङकङ र चीन पनि सहभागी थिए । नेपालले हालसम्म नामिबियासँग खेलेको छैन ।

हङकङहङकङ यस शृंखलामा खेल्ने सबैभन्दा तल्लो वरीयताको टिम हो । हङकङ आइसिसी वरीयताको २२औं स्थानमा छ । हङकङले गत डिसेम्बरमा घरेलु मैदानमै चार देशसम्मिलित महिला टी–२० अन्तर्राष्ट्रिय शृंखला खेलेको थियो । चीन, थाइल्यान्ड र नामिबिया पनि सम्मिलित शृंखलामा हङकङले चीनलाई हराउँदै अन्य टोलीसँग पराजय बेहोरेको थियो ।

प्रतियोगिताका लागि युगान्डा पुगेको हङकङको टोली तस्विरः युगान्डा क्रिकेट बोर्ड ।

हालसम्म नेपाल र हङकङ महिला टोलीबीच टी–२० अन्तर्राष्ट्रियमा आठ खेल भएको छ । जसमा नेपालले ५ र हङकङले ३ खेल आफ्नो पक्षमा पारेको छ । १ खेल भने नतिजाविहीन छ ।

एसिसी प्रिमियर कपको पछिल्लो भेटमा नेपालले हङकङविरुद्ध ८ विकेटको जित दर्ता गरेको थियो ।

नेपाली राष्ट्रिय टोली   इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, विन्दु रावल, पूजा महतो, सम्झना खड्का, ममता चौधरी, राजमति ऐरी, रोमा थापा, रचनाकुमारी चौधरी, कविता जोशी, ईश्वरी विष्ट, अलिसाकुमारी यादव (विकेटकिपर), सना प्रविन, रिया शर्मा ।