माघ १७, २०८१ बिहीबार | ११:२२:१२
‘फुटबल छाडेर अस्ट्रेलिया जान सकिन’ नेदरल्यान्ड्सको सामना गर्दै नेपाल च्याम्पियन्स लिगमा ठूला टोलीको सहज जित एट्लान्टासँग रोकियो बार्सिलोना स्मिथ र खवाजाको सतकपछि अस्ट्रेलिया बलियो स्थितिमा उपाधिमा दुवै टोलीको दाबी सहज जित निकाल्दै काठमाडौं फाइनलमा अर्सनालाई स्वर्ण आर्मी र भारतीय टोलीबीचको खेल स्थगित सविता राष्ट्रिय महिला लिगको सर्वोकृष्ट खेलाडी ‘फुटबल छाडेर अस्ट्रेलिया जान सकिन’ नेदरल्यान्ड्सको सामना गर्दै नेपाल च्याम्पियन्स लिगमा ठूला टोलीको सहज जित एट्लान्टासँग रोकियो बार्सिलोना स्मिथ र खवाजाको सतकपछि अस्ट्रेलिया बलियो स्थितिमा उपाधिमा दुवै टोलीको दाबी सहज जित निकाल्दै काठमाडौं फाइनलमा अर्सनालाई स्वर्ण आर्मी र भारतीय टोलीबीचको खेल स्थगित सविता राष्ट्रिय महिला लिगको सर्वोकृष्ट खेलाडी
शनिबारको दिन आइसिसी यु-१९ विश्वकप

आइसिसी महिला यु-१९ विश्वकप आजदेखि, नेपालको पहिलो खेल बंगलादेशविरुद्ध

काठमाडौं । आइसिसी महिला यु-१९ ट्वान्टी-२० विश्वकप शनिबार सुरु हुँदै छ । मलेसियामा हुने विश्वकपमा १६ टोलीले उपाधि दाबेदारिता प्रस्तुत गर्दै छन् । प्रतियोगिताको यो दोस्रो संस्करण हो ।

सहभागी टोलीमध्ये ११ राष्ट्रले विश्वकपमा सोझै आफ्नो स्थान सुरक्षित गरेका हुन् । अन्य टोलीका लागि विश्वकपको यो यात्रा लामै रह्यो । यी टोलीले मलेसियामा आफ्नो स्थान सुरक्षित गर्न अफ्रिका, एसिया, पूर्वी-एसिया प्यासिफिक र युरोपको क्षेत्रीय क्वालिफायरमा प्रतिस्पर्धा गर्न महिनौं बिताए ।

समूह ‘डी’ मा नेपाल, अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड छन् । नेपालका लागि बंगलादेशबाहेक अन्य नयाँ टोली हुन् । 

मलेसियाले आयोजकको हैसियतले पहिलो पटक महिला यु-१९ ट्वान्टी-२० विश्वकप खेल्दै छ । साबिक विजेता भारत, उपविजेता इङ्ल्यान्ड, अस्ट्रेलिया, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, बंगलादेश, आयरल्यान्ड, श्रीलंका, बंगलादेश र वेस्ट इन्डिजले पनि अघिल्लो संस्करणमा गरेको प्रदर्शनका आधारमा सिधै विश्वकप खेल्ने अवसर प्राप्त गरेका थिए ।

यता नेपालले एसिया, नाइजेरियाले अफ्रिका, स्कटल्यान्डले युरोप, अमेरिकाकाले उत्तर अमेरिका र सामाओले पूर्वी एसिया प्यासिफिक छनोट पार गर्दै विश्वकपमा स्थान सुरक्षित गरेका थिए । नेपालका लागि यो विश्वकप निकै महत्वपूर्ण छ । किनकि नेपाली टोलीले पहिलो पटक विश्वकप खेल्दैछ ।

समूह ‘डी’ मा नेपाल, अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड छन् । नेपालका लागि बंगलादेशबाहेक अन्य नयाँ टोली हुन् । नेपालले शनिबार बंगलादेशसँग खेल्दै प्रतियोगिता सुरु गर्नेछ । खेल वाइएसडी युकेएम ओभलमा ओभलमा स्थानीय समयअनुसार दिउँसो २ः३० बजे सुरु हुनेछ ।

एसिया कपमा बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्दै नेपाल । 

नेपाल गत महिना एसिया कपमा बेहोरेको हारको बदला लिने लक्ष्यसाथ मैदान उत्रिने छ । तर टेस्ट मान्यताप्राप्त देशविरुद्ध खेल्न त्यति सहज भने हुने छैन । यसैगरी नेपालले माघ ७ मा स्कटल्यान्ड र ९ मा अस्ट्रेलियासँग खेल्नेछ ।

भर्खरै मलेसियामै एसिया कप खेलेको हुनेले नेपाल मलेसियाको पिचबारे जानकार छ । नेपाली टोलीका मुख्य प्रशिक्षक महेशप्रसाद रिजाल पनि एसिया कपको अनुभवले विश्वकपमा सहयोग गर्ने तर्क राख्छन् ।

महिला टोलीकी कप्तान पूजा महतो नेपालको लक्ष्य सुपर सिक्स पुग्नु रहेको बताउँछिन् । 

‘एसिया कप पनि ठूलो प्रतियोगिता हो । हामीले यसबाट राम्रो एक्पोजर पाएका छौं । हामीलाई एसियाका पावर हाउससँग खेल्ने अवसर थियो । पाकिस्तानविरुद्ध जित निकाले पनि दुर्भाग्यवश भारत र श्रीलंकासँग खेल्न पाएनौं । खेल्न नपाए पनि उनीहरूबाट धेरै सिक्ने अवसर पायौं,’ उनले भने । प्रशिक्षक रिजालले एसिया कपको अनुभवनले विश्वकपमा सहयोग गर्ने र भर्खरै यहीको पिचमा खेलको हुँदा यो पनि नेपालका लागि केही प्लस प्वाइन्ट हुने बताए ।  

विश्वकप ट्रफीका साथ नेपालकी कप्तान पूजा महतो । 

एसिया कपमा वर्षाका कारण भारत र श्रीलंकासँगको खेल रद्द भएको थियो । प्रशिक्षक रिजालको बुझाइमा पाकिस्तानसँगको जितले टोलीमा हौसला थपेको छ । ‘पाकिस्तान जस्तो बलियो टोलीविरुद्ध जित निकाल्दा हौसला बढेको छ । यसले हामी पनि कमजोर छैनौं भन्ने सन्देश दिएको छ । विश्वकपमा पनि यस्तै नतिजा निकाल्ने प्रयास गर्नेछौं । हामी आफ्नो तर्फबाट शतप्रतिशत दिनेछौं,’ प्रशिक्षकले थपे ।

राष्ट्रिय यु-१९ महिला टोलीकी कप्तान पूजा महतो नेपालको लक्ष्य सुपर सिक्स पुग्नु रहेको बताउँछिन् । ‘पहिलो पटक विश्वकप खेल्न लागेको हुँदा सबै उत्साही छौं । प्रतियोगितालाई राम्रो तयारी भएको छ । सबै सकारात्मक छौं । विपक्षी बलिया छन् । तर, हामी पनि कमजोर छैनौं । सुपर सिक्समा पुग्ने मुख्य लक्ष्यसाथ मैदान उत्रन्छौं,’ पूजाले उत्साही हुँदै भनिन् ‘विश्वकपमा हामी राम्रो खेल पस्किने छौं ।’