फाल्गुन २१, २०८२ बिहीबार | ११:४३:५२
फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै आर्सनल र चेल्सीको जित निकाल्दा सिटी रोकियो, युनाइटेड पराजित दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा फाइनल पुग्न दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दियो १७० रनको लक्ष्य त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै आर्सनल र चेल्सीको जित निकाल्दा सिटी रोकियो, युनाइटेड पराजित दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा फाइनल पुग्न दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दियो १७० रनको लक्ष्य त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो
शनिबारको दिन एसिसी यु-१९ एसिया कप

एसिसी यु-१९ एसिया कपः नेपालको संघर्ष ब्याटिङमै

काठमाडौं । ‘छोटो समयको अभ्यास भए पनि टोली सन्तुलित छ । मैदानमा उत्रिएपछि नतिजा के हुन्छ भन्न सकिँदैन । तर, हामी उत्कृष्ट प्रदर्शन गर्ने छौं,’ एसिसी यु-१९ एसिया कपका लागि युएई उड्नुअघि नेपाली टोलीका मुख्य प्रशिक्षक शक्ति गौचनले यसो भनेका थिए ।

प्रशिक्षक गौचनले भने जस्तै प्रतियोगितामा टोलीको प्रदर्शन भने देख्न पाइएन । तीन खेल खेलेकोमा नेपाल दुई हार र एक जितको नतिजा निकाल्दै समूह चरणबाटै बाहिरियो ।

प्रशिक्षक गौचनले स्पष्ट रूपमा नबताए पनि टोलीको लक्ष्य कम्तीमा सेमिफाइनलसम्म यात्रा तय रहेको अनुमान गर्न सकिन्छ ।  ‘हामीले विपक्षीको प्रदर्शनबारे विश्लेषण गरिरहेका छौ । उनीहरू बलिया छन् । तर, हामी पनि कमजोर छैनौं । खेलको परिस्थितिअनुसार योजना बनाउने छौं । ठूलै लक्ष्य लिएर जाँदै छौं । त्यसमा कत्तिको सफल हुन्छौं त्यो मैदानमा देखिने छ,’ गौचनले भनेका थिए ।

तीन खेलमा ७१ रन प्रहार गरेका अकाश त्रिपाठी नेपालका लागि उच्च रनकर्ता बने ।

श्रीलंकासँग ५५ रन र बंगलादेशसँग ५ विकेटले पराजित भएको नेपालले अफगानिस्तासँग भने १ विकेटको रोमाञ्चक जित दर्ता गरेको थियो ।

नेपालको ब्याटिङ निकै कमजोेर रह्यो । मायन यादवबाहेक अन्य ब्याटरले अर्धशतक प्रहार गर्न सकेनन् । तीन खेलमा ७१ रन प्रहार गरेका अकाश त्रिपाठी नेपालका लागि उच्च रनकर्ता बने । बलिङतर्फ सन्तोष यादवले कुल ७ विकेट लिएका थिए ।

श्रीलंकाविरुद्ध ब्याटिङ गर्दै नेपाली खेलाडी । 

श्रीलंकाविरुद्ध २३४ रनको लक्ष्य पछ्याएको नेपाल ४६.२ ओभरमा १७८ रनमै समेटियो । नेपालका लागि मायन यादवले सर्वाधिक ६२ रनको योगदान गरेका थिए । त्यसअघि श्रीलंकाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रनको योगफल बनाएको थियो । नेपालका सन्तोष यादवले सर्वाधिक ४ विकेट लिए ।

श्रीलंकाविरुद्ध ठिकै ब्याटिङ गरेको नेपालले बंगलादेश र अफगानिस्तानसँग भने निकै संघर्ष गर्नुपरेको थियो । बंगलादेशविरुद्ध पहिलो ब्याटिङ गरेको नेपाल ४५.४ ओभरमा १४१ रनमै समेटिएको थियो । आकाश त्रिपाठीले सर्वाधिक ४३ रनको योगदान गरे ।

नेपालले प्रस्तुत गरेको लक्ष्य बंगलादेशले २८.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । खेलमा युवराज खत्रीले सर्वाधिक ४ विकेट लिए ।

समूह चरणको तेस्रो तथा अन्तिम खेलमा नेपालले अफगानिस्तालाई ३५.४ ओभरमा १२३ रनमै रोकेको थियो । नेपालका सन्तोष यादवले सर्वाधिक ३ विकेट हात पारे ।

१२४ रनको समान्य लक्ष्य पूरा गर्न पनि नेपाललाई निकै मुस्किल भएको थियो । यो लक्ष्य नेपालले ४१.३ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । आठौं विकेटमा कप्तान हेमन्त धामी र नरेन साउदबीच ३० रनको साझेदारी हुँदा नेपाल जितविहीन हुनबाट जोगिएको थियो । नरेनले २६ रन जोड्दा हेमन्त २२ रनमा अविजित रहेका थिए ।

अफगानिस्तानलाई पराजित गरेपछि खुसीयाली मनाउँदै नेपालका कप्तान हेमन्त धामी । 

नरेन साउद पनि प्रतियोगितामा नेपालले सोचेअनुसार ब्याटिङ गर्न नसकेको स्वीकार्छन् । ‘एसिया कपमा हाम्रो ब्याटिङ प्रदर्शन राम्रो हुन सकेन । सुरुआती दुई खेलमा हार ब्यहोरेपछि जसरी पनि अफगानिस्तानविरुद्ध जित निकाल्नुपर्छ भन्ने थियो । त्यसमा हामी सफल भयौं । तर निकै संघर्ष गर्नुपर्यो । स्थिर ब्याटिङ नहुँदा निकै दबाब भयो । ब्याटिङमा धेरै सुधार गर्नुपर्ने देखियो ।’