मंसिर २७, २०८१ बिहीबार | १६:०६:५०
काठमाडौंलाई हराउँदै जनकपुर बन्यो प्लेअफ पुग्ने पहिलो टोली एपिएफको कठिन जित पावरप्लेमा जनकपुरले दुवै ओपनर गुमायो हेल्प नेपालको पहिलो पराजय जनकपुरले काठमाडौंलाई १०१ रनमा रोक्यो काठमाडौंले चार विकेट गुमायो जनकपुरविरुद्ध ब्याटिङ गर्दै काठमाडौं सुपर ओभरमा पोखराले मार्यो बाजी, विराटनगरको प्लेअफ सम्भावना कठिन मोडमा विराटनगर र पोखराको खेल सुपर ओभरमा अमिषा र गीता सम्मानित काठमाडौंलाई हराउँदै जनकपुर बन्यो प्लेअफ पुग्ने पहिलो टोली एपिएफको कठिन जित पावरप्लेमा जनकपुरले दुवै ओपनर गुमायो हेल्प नेपालको पहिलो पराजय जनकपुरले काठमाडौंलाई १०१ रनमा रोक्यो काठमाडौंले चार विकेट गुमायो जनकपुरविरुद्ध ब्याटिङ गर्दै काठमाडौं सुपर ओभरमा पोखराले मार्यो बाजी, विराटनगरको प्लेअफ सम्भावना कठिन मोडमा विराटनगर र पोखराको खेल सुपर ओभरमा अमिषा र गीता सम्मानित
शनिबारको दिन नेपाली क्रिकेट

विदेशी ठूला नामका एनपिएल खेल्ने ५ खेलाडी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको पहिलो संस्करण आज सुरु हुँदै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा भिड्दै छन् विराटनगर किंग्स र जनकपुर बोल्ट्स ।

नेपाल क्रिकेट संघ (क्यान)ले घोषणा गरेदेखि नै यो प्रतियोगिता चर्चाको शिखरमा छ । लिग कस्तो हुन्छ, फ्रेन्चाइज टोलीले कस्ता–कस्ता विदेशी खेलाडी टिममा आबद्ध गर्लान भन्नेमा सबैको चासो थियो ।

फ्रेन्चाइज टोलीहरूले टेस्ट र एसोसिएट राष्ट्रबाट विश्व क्रिकेटमा नाम कमाएका खेलाडीहरू नै अनुबन्ध गरेका छन् । उनीहरूको आगमनले पनि एनपिएलले विश्व क्रिकेटको ध्यान खिच्न सफल भएको छ ।

भारत, इङ्ल्यान्ड, वेस्ट इन्डिज, पाकिस्तान जस्ता टेस्ट तथा अमेरिका, क्यानडा, ओमन, नेदरल्यान्ड्स, हङकङ, यूएई जस्ता एसोसिएट राष्ट्रका खेलाडी एनपिएल खेल्न आउने भएका छन् । 

एनपिएल खेल्न आउने टेस्ट राष्ट्रका पाँच ठूला नामका खेलाडीको चर्चा गरिएको छ ः

शिखर धवन (भारत)

शिखर धवन (बीच) । 

नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न आउने सबैभन्दा ठूला नाम हुन् भारतीय क्रिकेट टोलीका पूर्वओपनर शिखर धवन । 

धवनलाई कर्णाली याक्सले अनुबन्ध गरेको छ । ‘गब्बर’ नामले परिचित धवनले ३३४ ट्वान्टी-२० खेलमा दुई शतक र ७० अर्धशतकसहित ९ हजार ९९७ रन प्रहार गरेका छन् । उनको स्ट्राइक रेट १२५.३४ छ ।

धवनले ट्वान्टी-२० अन्तर्राष्ट्रियको ६८ खेलमा ११ अर्धशतकसहित १ हजार ७५९ रन प्रहार गरेका छन् ।

धवनसँग इन्डियन प्रिमियर लिगमा डेक्कन चार्जर्स, दिल्ली डेरडेभिल्स (दिल्ली क्यापिटल्स), सनराइजर्स हैदराबाद, पन्जाब किंग्सबाट खेलेको अनुभव छ ।

धवनले सन् २०१६ मा सनराइजर्सबाट आएपिएलको उपाधि जितेका छन् । एनपिएल धवनका लागि पहिलो विदेशी फ्रेन्चाइज लिग हुनेछ ।

रवि बोपारा (इङ्ल्यान्ड)

 रवि बोपारा ।

एनपिएल खेल्न आउने अर्को ठूलो नाम हो रवि बोपारा । इङ्ल्यान्डका ३९ वर्षीय बोपारालाई चितवन रनाइनोजले अनुबन्ध गरेको छ । उनले ४७८ ट्वान्टी-२० खेलमा दुई शतक र ४८ अर्धशतकसहित ९ हजार ४८६ रन बनाउनुका साथै २९१ विकेट लिएका छन् ।

बोपाराको स्ट्राइक रेट १२२.४७ र इकोनोमी ७.५३ छ ।  उनले ट्वान्टी-२० अन्तर्राष्ट्रियका ३८ खेलमा तीन अर्धशतकसहित ७११ रन प्रहार गरेका छन् । उनको नाममा १६ विकेट पनि छ । 

बोपारासँग बिग बास, इन्डियन प्रिमियर लिग, क्यारेवियन लिग, पाकिस्तान सुपर लिग, बंगलादेश प्रिमियर लिग, लंका लिग, द हन्ड्रेजजस्ता लिगको अनुभव छ । बोपाराले गत महिना सम्पन्न हङकङ सिक्सेसमा इङ्ल्यान्डको कप्तानी गरेका थिए ।

मार्टिन गुप्टिल (न्युजिल्यान्ड)

मार्टिन गुप्टिल ।

विश्व क्रिकेटमा फरक पहिचान बनाएका ब्याटर मार्टिन गुप्टिलले विराटनगर किंग्सबाट एनपिएल खेल्नेछन् ।  न्युजिल्यान्डका गुप्टिलसँग इन्डियन प्रिमियर, बिगबास, पाकिस्तान सुपर, मेजर क्रिकेट, इन्टरनेननल ट्वान्टी-२०, अबुधाबी टी-१०, क्यारेबियन प्रिमियर, द हन्ड्रेडजस्ता लिग खेलेको अनुभव छ । 

गुप्टिलले ३४७ ट्वान्टी-२० खेलमा ६ शतक र ४७ अर्धशतकसहित ९ हजार ७०७ रन प्रहार गरेका छन् । उनको स्ट्राइक रेट १३०.४३ छ । गुप्टिलले ट्वान्टी-२० अन्तर्राष्ट्रियका १२२ खेलमा दुई शतक र २० अर्धशतकसहित ३ हजार ५३१ रन प्रहार गरेका छन् ।

बेन कटिङ (अस्ट्रेलिया)

बेन कटिङ  । 

राष्ट्रिय टोलीका लागि खासै मौका नपाए पनि विभिन्न फ्रेन्चाइज प्रतियोगिताको राम्रो अनुभव लिएका ३७ वर्षीय बेन कटिङलाई लुम्बिनी लायन्सले अनुबन्ध गरेको छ ।  अस्ट्रेलियन अलराउन्डर कटिङले बिगबास, इन्डियन प्रिमियर, क्यारेबियन प्रिमियर लिग, लंका प्रिमियर, पाकिस्तान सुपर, बंगलादेश प्रिमियर, ग्लोबल टी-२० जस्ता लिग खेलेका छन् ।

कटिङले सन् २०१६ मा सनराइजर्स हैदराबादबाट इन्डियन प्रिमियर लिगको उपाधि जितेका थिए । उनी ‘प्लेयर अफ द फाइनल’ चुनिएका थिए । 

कटिङले २१२ ट्वान्टी-२० खेलमा पाँच अर्धशतसहित २ हजार ९ सय २१ रन प्रहार गर्नुका साथै १३७ विकेट लिएका छन् । उनको स्ट्राइक रेट १४५.२५ र इकोनोमी ९.०३ छ । कटिङले ट्वान्टी-२० अन्तर्राष्ट्रियका सात खेलमा ४० रन बनाउनुका साथै ३ विकेट लिएका छन्  ।

जिम्मी निसम (न्युजिल्यान्ड)

जिम्मी निसम । 

न्युजिल्यान्डका अलराउन्डर जिम्मी निसमसँग अन्तर्राष्ट्रिय र फ्रेन्चाइज क्रिकेटको राम्रो अनुभव छ । एनपिएलमा ३४ वर्षीय निसम जनकपुर बोल्ट्सको जर्सीमा देखिने छन् । उनले इन्डियन प्रिमियर, पाकिस्तान सुपर, लंका प्रिमियर, क्यारेबियन, एसए ट्वान्टी–२०, द हन्ड्रेडजस्ता लिगको अनुभव लिइसकेका छन् ।

निसमले २ सय ८२ ट्वान्टी-२० खेलमा १२ अर्धशतकसहित ४ हजार ९२ रन बनाउनुका साथै २२३ विकेट लिएका छन् । उनको स्ट्राइक रेट १४२.६२ र इकोनोमी ९.१० छ । उनले ट्वान्टी-२० अन्तर्राष्ट्रियका ७९ खेलमा ९४४ रन बनाउनुका साथै ३९ विकेट लिएका छन् ।

यीबाहेक सोहेल तान्विर, चाडविक वाल्टन, रोहन मुस्ताफा, बाबर हायात, जान निकोल लोफ्टी इटनजस्ता विश्व क्रिकेटमा चर्चा कमाएका खेलाडीले पनि नेपाल प्रिमियर लिग खेल्दैछन् ।