पुस १५, २०८२ बुधबार | ०५:१९:४३
एनभिए च्याम्पियनसिपः अपराजित रहँदै न्यु डायमन्ड सेमिफाइनलमा एनभिए च्याम्पियनसिपः एपिएफविरुद्ध पुलिसको रोमाञ्चक जित ‘म्याजेस्टीक लेक फ्रन्ट’ पल्सर स्पोर्टस अवार्डको अफिसियल होटल साफ यु-१९ महिला च्याम्पियनसिपः नेपालको टचलाइन श्रेष्ठले सम्हाल्ने क्यानोइङका पदक विजेतालाई खेलकुदमन्त्रीको बधाई एनभिए च्याम्पियनसिपः ढोरपाटनलाई हराउँदै खिल्जी क्वार्टरफाइनलमा प्रशान्त फ्रेन्ड्सको जर्सीमा देखिने एनभिए च्याम्पियनसिपः मणिमुकुन्दलाई हराउँदै एपिएफ क्वार्टरफाइनलमा एनभिए च्याम्पियनसिपः सुदूरपश्चिमले मधेशलाई हरायो फ्रेन्ड्सको गोलपोस्ट मौसमले सम्हाल्ने एनभिए च्याम्पियनसिपः अपराजित रहँदै न्यु डायमन्ड सेमिफाइनलमा एनभिए च्याम्पियनसिपः एपिएफविरुद्ध पुलिसको रोमाञ्चक जित ‘म्याजेस्टीक लेक फ्रन्ट’ पल्सर स्पोर्टस अवार्डको अफिसियल होटल साफ यु-१९ महिला च्याम्पियनसिपः नेपालको टचलाइन श्रेष्ठले सम्हाल्ने क्यानोइङका पदक विजेतालाई खेलकुदमन्त्रीको बधाई एनभिए च्याम्पियनसिपः ढोरपाटनलाई हराउँदै खिल्जी क्वार्टरफाइनलमा प्रशान्त फ्रेन्ड्सको जर्सीमा देखिने एनभिए च्याम्पियनसिपः मणिमुकुन्दलाई हराउँदै एपिएफ क्वार्टरफाइनलमा एनभिए च्याम्पियनसिपः सुदूरपश्चिमले मधेशलाई हरायो फ्रेन्ड्सको गोलपोस्ट मौसमले सम्हाल्ने
शनिबारको दिन आइसिसी महिला यु-१९ विश्वकप

महिला यु-१९ क्रिकेटले दिलाएको अपार खुसी

काठमाडौं ।  आइसिसी महिला यु-१९ ट्वान्टी-२० विश्वकप छनोट जितेर नेपाली टिम फर्कंदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चारैतर्फ खुसीयाली छाएको थियो । युएईको दुबईमा भएको प्रतियोगिता जितेर आएका खेलाडी र प्रशिक्षक त असाध्यै खुसी थिए नै । त्यो भन्दा खुसी देखिने पनि थिए । ती थिए, नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका केही सिनियर खेलाडी । त्यसमा कप्तान इन्दु बर्मा पनि थिइन् । उनीहरूले आफ्ना किशोर बहिनी खेलाडीहरूको भव्य स्वागत गर्न पटक्कै कन्ज्युस्याइँ गरेनन् ।

किन यस्तो खुसी त ? यसका स्पष्ट दुई कारण छन् । यो छनोट प्रतियोगिता जित्नुको अर्थ के भने अब नेपाली महिला टिमले सन् २०२५ को जनवरी-फेब्रुअरीमा हुने आइससी महिला यु-१९ ट्वान्टी-२० विश्वकप खेल्नेछ । त्यतिमात्र होइन, यही टिमले डिसेम्बरतिर हुने यु-१९ एसिया कप पनि खेल्नेछ । भनेपछि नेपालसामु अबको केही समयमा दुई ठूला प्रतियोगिता खेल्ने अवसर जुरेको छ । अब नेपाली महिला क्रिकेटसामु भारत र अस्ट्रेलिया जस्ता टिमको सामना गर्ने अवसर तयार भएको छ ।

यो ऐतिहासिक पनि भएको छ, किनभने अब नेपालले विश्व महिला उमेर समूहको सबैभन्दा ठूलो ट्वान्टी-२० प्रतियोगिता खेल्ने भएको छ । 

योभन्दा पनि ठूलो कारण अर्को छ । यो हो, यी यु-१९ खेलाडीले प्रमाणित गरेको छ, सिनियर टिमका लागि अब खेलाडीको कमी हुने छैन । बरू एउटा मजबुत टिम तयार छ, जसले चाहिएका बेला सिनियर टिमको आकार दिन सक्नेछ । नेपालमा महिला क्रिकेटको सुरुआत भएको धेरे भएको छैन र अहिलेसम्म पहिलो पुस्ताका खेलाडी सक्रिय छन् । ढिलोचाँडो उनीहरूसामु संन्यास लिनुपर्ने दिन आउँदै छ । त्यो भनेको पुस्ता हस्तान्तरण नै भयो । अब यसकै लागि नेपालले खेलाडी पाएको छ ।

नेपाल र युएई प्रतिस्पर्धा गर्दै, नेपाल र युएई प्रतिस्पर्धा गर्दै, तस्विरः क्यान ।   

धेरैको एउटा मत के छ भने सम्भवतः पुरुषले भन्दा पनि महिलाले नेपालका लागि सबैभन्दा पहिले एकदिवसीय क्रिकेटको विश्वकप खेल्नेछ । जहाँ पुरुषका लागि एकदिवसीय विश्वकपको सपना फेरि एकपल्ट कमजोर देखिन थालेको छ, त्यहीं महिला टिमको सम्भावना बढ्न थालेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) सँगसँगै नेपाल सरकार स्वयंले यसमा पर्याप्त ध्यान दिने हो भने विश्व महिला क्रिकेटमा नेपाल एउटा उदाउँदो शक्ति हुन सक्नेछ । यसमा शंका नगरे हुन्छ ।

जहाँसम्म युएईमा भएको छनोट प्रतियोगिता छ । त्यसमा नेपालको प्रदर्शन आफैंमा राम्रो रह्यो, यसलाई अद्वितीय भने पनि हुन्छ, किनभने यो मिहिनेत गरेर जितेको प्रतियोगिता भयो । त्यसमाथि यो ऐतिहासिक पनि भएको छ, किनभने अब नेपालले विश्व महिला उमेर समूहको सबैभन्दा ठूलो ट्वान्टी-२० प्रतियोगिता खेल्ने भएको छ । छनोटमा कुल चार टिम थिए । यी टिमले एक आपसमा दुईपल्ट खेले, डबल राउन्ड रोबिन नियमको आधारमा ।

यो छनोट प्रतियोगिता नेपालले पूजा महतोको नेतृत्वमा खेलेको थियो । पूरा छनोटमै उनको प्रदर्शन दमदार रह्यो । 

प्रतियोगिताको अन्तिम खेल अगाडिसम्म पनि आयोजक यूएई नै विश्वकप छनोटका लागि सबैभन्दा बलियो प्रत्याशी थियो । लिगको पहिलो चरणमा यूएईले नेपाललाई हराएको थियो । दोस्रो चरणको अन्तिम खेल यूएई र नेपालबीच नै थियो । त्यस खेल जितेर नेपालसामु विश्वकपमा छनोट हुने अवसर त थियो, तर त्यो सर्तसहित आएको थियो ।

यही निर्णायक खेलमा नेपालको प्रदर्शन वास्तवमै उत्साहबद्र्धक रह्यो, अझ यसलाई प्रभावशालीभन्दा पनि हुन्छ ।

नेपाली टोलीकी कप्तान पूजा महतो, तस्विरः सरोज सापकोटा/ खेलाडी ।

यो छनोट प्रतियोगिता नेपालले पूजा महतोको नेतृत्वमा खेलेको थियो । पूरा छनोटमै उनको प्रदर्शन दमदार रह्यो । अझ कुवेतविरुद्धको खेलमा उनले जसरी शतकमात्र बनाइनन्, ५ विकेटको प्रदर्शन पनि गरिन् । त्यसले देखाउँछ, उनी कति उम्दा खेलाडी हुन् । उनी पूरा प्रतियोगितामा छाइन् । उनी भन्छन्, ‘आफ्नो देशको प्रतिनिधित्व गरेर खेल्नु, कप्तानी गर्नु, अझ उपाधि पनि जित्नु जतिको खुसी अरू के नै हुन सक्छ र ?’