माघ ९, २०८१ बुधबार | ०८:११:२४
अस्ट्रेलियाको सामना गर्दै नेपाल लिभरपुललाई तीन अंकको अग्रता ९ गोल भएको खेलमा बार्सिलोनाको रोमाञ्चक जित अल हिलाल शीर्ष स्थानमा यथावत रोनाल्डो चम्किदा अल नासरले सहज जित जोकोभिच सेमिफाइनलमा, बाहिरिए अल्कारेज चर्च ब्वाइजलाई हराउँदै झापा च्याम्पियन विराटनगरविरुद्ध जनकपुरको रोमाञ्चक जित सहज जित निकाल्दै काठमाडौं शीर्षस्थानमा वालिङको पहिलो जित, सुस्माको ह्याट्रिक अस्ट्रेलियाको सामना गर्दै नेपाल लिभरपुललाई तीन अंकको अग्रता ९ गोल भएको खेलमा बार्सिलोनाको रोमाञ्चक जित अल हिलाल शीर्ष स्थानमा यथावत रोनाल्डो चम्किदा अल नासरले सहज जित जोकोभिच सेमिफाइनलमा, बाहिरिए अल्कारेज चर्च ब्वाइजलाई हराउँदै झापा च्याम्पियन विराटनगरविरुद्ध जनकपुरको रोमाञ्चक जित सहज जित निकाल्दै काठमाडौं शीर्षस्थानमा वालिङको पहिलो जित, सुस्माको ह्याट्रिक
शनिबारको दिन भारतीय क्रिकेट

दबाबबाट घेरिँदै छन् भारतीय प्रशिक्षक

काठमाडौं । जितमात्र ऐतिहासिक नहुँदोरहेछ । हार पनि उत्तिकै ऐतिहासिक हुँदोरहेछ । नपत्याए, भारतीय क्रिकेट टोलीलाई सोधे हुन्छ । भारत भर्खर न्युजिल्यान्डविरुद्धको तीन टेस्टको शृंखलामा नराम्रोसँग पराजित भयो । भारत आफ्नै भूमिमा भएको सिरिजमा ‘ह्वाइटवास’ भएको थियो । शृंखला ३-० ले गुमायो । यस्तो भारतीय क्रिकेटमा यसअघि भएकै थिएनभन्दा हुन्छ ।

त्यसैले भारतीय मिडियाले पनि लेखिहाल्यो, यो त ऐतिहासिक हार भयो । यिनै मिडियाले के भनेको छ भने अहिले भारतीय क्रिकेटमा कोही एक जना असाध्यै दबाब र चारैतर्फबाट आलोचनाले घेरिएका छन् भने ती प्रशिक्षक गौतम गम्भीर नै हुन् । अरूबारे ठुल्ठूला प्रतिक्रिया दिन माहिर गम्भीर आजभोलि चुपचाप छन् । मानौं, उनलाई बोल्दै आउँदैन ।

न्युजिल्यान्ड भारत आउनु अगाडि सबैको नजरमा कमजोर टिम नै थियो । त्यसै पनि टेस्ट क्रिकेटमा न्युजिल्यान्डलाई बलियो नमान्ने धेरै छन् । कम्तीमा भारतीय भूमिमा सिरिज खेल्दा । फेरि टिम आफैमा लयमा पनि थिएन । तर, यही टिमले भारतलाई त्यस्तो हारको स्वाद चखाएको छ, जसको तीतोपन लामै समयसम्म भारतीय क्रिकेटमा रहनेछ ।

भारत र न्युजिल्यान्ड प्रतिस्पर्धा गर्दै । 

त्यसो त गम्भीरले भारतीय टोली सम्हालेको तीन महिना जतिमात्र भएको छ । यसबीच भारतले खेलेका दुई सिरिजमा टिमको प्रदर्शन असाध्यै खराब रह्यो । न्युजिल्यान्डविरुद्धको टेस्ट सिरिज गुमाउनु अगाडि भारत श्रीलंकाविरुद्धको एकदिवसीय सिरिजमा पराजित भएको थियो । यो २७ वर्षयता पहिलो पटक भएको थियो ।

गम्भीरलाई भारतीय टिम सुम्पिनु अगाडि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले उनलाई ठूलै शक्ति दिएको थियो । त्यो भनेको खेलाडी छनोटसम्म उनलाई पहुँच दिएको थियो । यस्तो अधिकार त यसअघिका प्रशिक्षक राहुल द्रविडलाई पनि थिएन । तिनै द्रविडको नेतृत्वमा जहाँ भारतले राम्रो गरेको थियो, त्यहीं गम्भीर आएयता टिम कमजोर देखिएको छ ।

किन त ? यसको जिम्मेवारी धेरैले तिनै प्रशिक्षक गम्भीरलाई दिन खोजेका छन् । विशेषतः न्युजिल्यान्डविरुद्धको टेस्ट सिरिजमा उनले गरेका निर्णयमा सबैको आपत्ति जस्तै थियो । जस्तो, तेस्रो टेस्टमा मोहम्मद सिराजलाई दोस्रो दिन नाइट वाचम्यानका रूपमा पठाउनु अनि सरफराज खानलाई आठौं क्रममा ब्याटिङ गराउनु ।

यतिमात्र होइन, गम्भीरका धेरै निर्णय कसैलाई पनि चित्त बुझेको छैन । त्यसैले भारतीय मिडियालाई नै विश्वास गर्ने हो भने बीसीसीआईले गम्भीरको अधिकार खुम्च्याउनेबारे सोचिरहेको छ । भारत चाँडै अस्ट्रेलिया भ्रमणमा निस्कँदै छ र यो भारतीय क्रिकेटका लागि सबैभन्दा ठूलो चुनौती हो । डर छ, कतै अस्ट्रेलियामा भारतको निकै खराब स्थिति हुने त होइन ?

कप्तान रोहित शर्मासँग गौतम गम्भीर (दायाँ) । 

भनिन्छ, भारतीय टिमका केही सिनियर खेलाडीसँग गम्भीरको राम्रो सम्बन्ध छैन । त्यो पनि विशेषतः कप्तान रोहित शर्मा र विराट कोहलीसँग । गम्भीर यी दुई खेलाडीकै समकालीन थिएभन्दा हुन्छ, जति बेला उनी आफैं खेलिरहेका थिए । प्रशिक्षक नहुँदा पनि उनी रोहित र विराटको चर्को आलोचना गर्थे ।

रोहित र विराटलाई गम्भीरको प्रशिक्षणमा खेल्न गाह्रो हुने गरेको आरोप छ । अझ केहीले गम्भीरकै कारण यी दुई खेलाडीको भविष्यबारे अनिश्चिता छाएको समेत भनिन्छ । रोहित र विराट दुवै आफ्नो खेलजीवनको अन्त्यतिर छन् । उनीहरूले संन्यासबारे केही सोचेका भने छैनन् । तर गम्भीरकै कारण कुनै पनि बेला केही हुनसक्ने डर छ ।