कार्तिक ३०, २०८२ आइतबार | ०४:५७:४०
एनपिएलका लागि मार्क वाट नेपालमा ब्रदरहुड ‘ए’ लाई फेकन फुटसलको उपाधि एनपिएलबाट ४० करोड भन्दाबढी आम्दानी हुने क्यानको अनुमान कर्णाली लगातार दोस्रो पटक च्याम्पियन दृष्टिविहीन विश्वकपः नेपालले अस्ट्रेलियालाई हरायो टाइगर कपको विजेताले ६ लाख ६६ हजार ६६६ पाउने इङ्लिस ब्याटर जेसन रोय पोखरामा अनुबन्ध एनपिएलका लागि नेपाल आइपुगे सन्नी पटेल जाद्रन, कोल्सावाल र ओ डाओड नेपाल आइपुगे कला र गलाका हस्ती पनि एनपिएलमा झुम्दै एनपिएलका लागि मार्क वाट नेपालमा ब्रदरहुड ‘ए’ लाई फेकन फुटसलको उपाधि एनपिएलबाट ४० करोड भन्दाबढी आम्दानी हुने क्यानको अनुमान कर्णाली लगातार दोस्रो पटक च्याम्पियन दृष्टिविहीन विश्वकपः नेपालले अस्ट्रेलियालाई हरायो टाइगर कपको विजेताले ६ लाख ६६ हजार ६६६ पाउने इङ्लिस ब्याटर जेसन रोय पोखरामा अनुबन्ध एनपिएलका लागि नेपाल आइपुगे सन्नी पटेल जाद्रन, कोल्सावाल र ओ डाओड नेपाल आइपुगे कला र गलाका हस्ती पनि एनपिएलमा झुम्दै
शनिबारको दिन भारतीय क्रिकेट

अब गर्जने छैनन् ‘गब्बर’

काठमाडौं । सबैभन्दा पहिले प्रश्न, यो खेलकुदमा गब्बरचाहिँ को हो त ? भारतीय क्रिकेटका एक स्टार खेलाडी हुन्, शिखर धवन । उनलाई गब्बर भनिन्छ । यस्तो किन त ? अर्को प्रश्न ।

एकपल्ट रणजी ट्रफी खेल्ने क्रममा उनी सिल्ली प्वाइन्टमा फिल्डिङ गरिरहेका थिए । त्यहींबाट उनले सोले सिनेमाका एउटा डायलग बोले । त्यसपछि त के चाहियो । प्रशिक्षक विजयले उनको नामै राखिदिए ‘गब्बर’ भनेर । त्यसपछि उनी त्यही उपनामले चर्चित रहे ।

उनले भारतका लागि कुल ३४ टेस्ट, १६७ एकदिवसीय र ६८ ट्वान्टी-२० खेलेका छन् ।

अहिले उनको चर्चा किनभन्दा शिखरले भर्खंरै सबैखाले क्रिकेटबाट संन्यास लिएका छन् । उनको संन्यासको घोषणापछि धेरैले भारतीय क्रिकेटमा उनको योगदानको चर्चा गर्न थालेका छन् । घरेलु क्रिकेटमै मात्र पनि होइन, अन्तर्राष्ट्रिय क्रिकेटमै पनि उनी उत्तिकै चर्चित खेलाडी हुन् । त्यसैले उनलाई धेरैले यो अवसरमा सम्झे । उनी ३८ वर्षका भइसकेका थिए । उनलाई लाग्यो, अब खेलिरहनु ठीक हुन्न । उनकै भाषामा उनले आफ्नो खेलजीवनको ‘एक अध्याय’ लाई अन्तिम बनाए ।

संन्याससँगै उनको अलिकति बढी नै चर्चा किन आवश्यक छ भने उनी विश्व क्रिकेटले पाएका दुर्लभ आक्रामक ब्याटरमध्ये एक हुन् । उनको खेलको विशेषता भनेकै सुरुदेखि आक्रामक भएर खेल्ने ।

एसिया कपमा पाकिस्तानविरुद्ध ब्याटिङ गर्दै शिखर धवन ।

परिस्थिति जस्तै रहोस्, तर उनले क्रिकेट खेल्न जानेको भने एउटै रह्यो, खाली आक्रमणमात्रै । त्यसैले उनलाई सेतो बल क्रिकेटका एक सफलतम खेलाडी मानिन्छ । किनभने उनको यो खेल्ने शैली सीमित ओभरको क्रिकेटका लागि साह्रै सुहाउँछ ।

उनको वास्तविक चर्चा सुरु भएको थियो, सन् २००४ को यु-१९ विश्वकपको बेला । त्यस प्रतियोगितामा उनले भारतका लागि तीन शतक बनाए । उनको ब्याटबाट कुल ५ सय ५ रन निस्केको थियो । त्यही बेला उनले आफ्नो आक्रमक शैलीको नमुना पेस गरेका थिए । त्यसपछि त उनले आफ्नो यो शैली कायम राखे । उनी चुपचाप ब्याटिङ गर्न रुचाउने खेलाडी नै थिएनन् । भलै, यसै कारण उनी केही निर्णायक खेलमा सस्तोमै आउट पनि हुन पुगेका छन् ।

उनलाई धेरैभन्दा धेरै सम्झिने इनिङ्स भने डेब्यूमा अस्ट्रेलियाविरुद्ध नै थियो । यत्तिको धमाकेदार डेब्यू सायद नै कसैले टेस्ट  क्रिकेट गरेको होस ।

अझ उनी ओपनर थिए । सुरुमै क्रिजमा ओर्लेर छक्का, चौका प्रहार गर्थे । राम्रो बल छ भने त्यसलाई सम्मान गरेर खेल्नुपर्छ भन्ने सोच नै थिएन उनको । उनले भारतका लागि कुल ३४ टेस्ट, १६७ एकदिवसीय र ६८ ट्वान्टी-२० खेलेका छन् ।

इन्डियन प्रिमियर लिग (आइपिएल) मा भने उनले ५ टिमका लागि खेले । ती थिए दिल्ली डेरडेभिल्स, मुम्बई इन्डियन्स, डेक्कन चाजर्स, सनराइजर्स हैदराबाद फेरि दिल्ली क्यापिटल्स र अन्त्यमा पन्जाब किंग्स ।

सन् २०१९ को आइसिसी एकदिवसीय विश्वकपमा अस्ट्रेलियाविरुद्ध शतक प्रहार गरेपछि शिखर धवन।

उनलाई धेरैभन्दा धेरै सम्झिने इनिङ्स भने डेब्यूमा अस्ट्रेलियाविरुद्ध नै थियो । यत्तिको धमाकेदार डेब्यू सायद नै कसैले टेस्ट  क्रिकेट गरेको होस । शिखर आफैंलाई पनि आफ्नो यो डेब्यूको प्रदर्शन साह्रै मनपर्छ र यसको बखान गरेर थाक्दैनन् । उनले ओपनरका रूपमा आक्रामक भएर १ ८७ रन बनाए र यो विश्व कीर्तिमान नै थियो । तर, अब यस्तो आक्रामक ब्याटिङको नमुना फेरि फेरि दोहोर्याएर हेर्न पाइने छैन । आखिरमा अब ‘गब्बर’ गर्जिने छैनन् ।