पुस १६, २०८२ बिहीबार | ११:२७:३०
अफ्रिका कप अफ नेसन्सः प्रिक्वार्टरफाइनल पुग्ने १६ राष्ट्रको लाग्यो टुंगो विश्वकपको लागि अस्ट्रेलियन टोली घोषणा एनभिए च्याम्पियनसिपः कोशी क्वार्टरफाइनलमा, र्कीतिपुर बाहिरियो एनभिए च्याम्पियनसिपः बुढानिलकण्ठ क्वार्टरफाइनलमा, जावलाखेल बाहिरियो पल्सर स्पोर्टस अवार्डलाई रारा चाउचाउको साथ विरोधका बाबजुद एन्फाको चुनावी साधारणसभा २८ माघमा गर्ने निर्णय एनभिए च्याम्पियनसिपः एभरेष्टको सान्त्वना जित अर्को साता नेपालमा ट्वान्टी-२० विश्वकपको ‘ट्रफी टुर’ एनभिए च्याम्पियनसिपः समूह विजेता बन्दै पुलिस सेमिफाइनलमा एन्फा कार्यसमिति बैठकः केन्द्रमा अर्ली इलेक्सनको चर्चा अफ्रिका कप अफ नेसन्सः प्रिक्वार्टरफाइनल पुग्ने १६ राष्ट्रको लाग्यो टुंगो विश्वकपको लागि अस्ट्रेलियन टोली घोषणा एनभिए च्याम्पियनसिपः कोशी क्वार्टरफाइनलमा, र्कीतिपुर बाहिरियो एनभिए च्याम्पियनसिपः बुढानिलकण्ठ क्वार्टरफाइनलमा, जावलाखेल बाहिरियो पल्सर स्पोर्टस अवार्डलाई रारा चाउचाउको साथ विरोधका बाबजुद एन्फाको चुनावी साधारणसभा २८ माघमा गर्ने निर्णय एनभिए च्याम्पियनसिपः एभरेष्टको सान्त्वना जित अर्को साता नेपालमा ट्वान्टी-२० विश्वकपको ‘ट्रफी टुर’ एनभिए च्याम्पियनसिपः समूह विजेता बन्दै पुलिस सेमिफाइनलमा एन्फा कार्यसमिति बैठकः केन्द्रमा अर्ली इलेक्सनको चर्चा
शनिबारको दिन इङ्ल्यान्ड क्रिकेट

तयार हो ‘बज बल भाग–२’ खेल्न ?

काठमाडौं । एउटा प्रश्नबाट नै कुरा सुरु गरौं । के त्यस्तो दिन पनि आउने छ, जतिबेला टेस्ट क्रिकेटमा एकै दिन ६ सय रन बन्ने छ ? त्यसै पनि टेस्ट अलिकति संयमित भएर खेल्ने पाराको क्रिकेट छ । आक्रामक हुन त ट्वान्टी–२० क्रिकेट छँदै छ नि । तर होइन, अब टेस्ट क्रिकेट पनि आफैं अलिकति धेरै नै आक्रामक हुन थालेको छ । यसको श्रेय दिनुपर्छ इङ्ल्यान्डलाई । इङ्ल्यान्ड भनेपछि यसका प्रशिक्षक ब्रेन्डन म्याकलम र कप्तान बेन स्टोक्सलाई सम्झिनुपर्छ ।भर्खरै इङ्ल्यान्ड र वेस्ट इन्डिजबीचको तीन टेस्टको शृंखला सकिएको छ । त्यसमा अपेक्षाअनुसार इङ्ल्यान्ड सजिलै विजयी रह्यो । तीनै टेस्ट जितेर ह्वाइटवास नै गर्यो । यही शृंखलाका बेला चर्चा सुरु भएको हो भन्दा हुन्छ, एकै दिनमा ६ सय रन बन्ने सम्भावनाका कुरा । अनि क्रिकेट पण्डितको विश्वास छ, अब त्यस्तो दिन टाढा पनि छैन । इङ्ल्यान्डले अहिले जसरी टेस्ट क्रिकेट खेलिरहेको छ, त्यसले यो खेलको पूरापूर मान्यतालाई नै फेरेको छ ।

 सन् १९३६ मा इङ्ल्यान्डले म्यानचेस्टरमा भारतविरुद्ध एकै दिन ६ विकेटमा ५ ८८ रन बनाएको थियो । 

खास भन्ने हो भने प्रशिक्षकमा न्युजिल्यान्डका म्याकलम आएफछि नै इङ्ल्यान्डले टेस्ट क्रिकेट आक्रामक ढंगले खेल्न सुरु गरेको हो, त्यो पनि जुनसुकै मोडमा । त्यसलाई भन्न सुरु भएको थियो, ‘बज बल’ भनेर ।

इङ्ल्यान्डले यसअघि भारतविरुद्ध टेस्ट शृंखला खेलेको थियो । त्यसमा टोलीको हार खराबै रह्यो । शृंखलामा इङ्ल्यान्ड ४-१ ले हारेको थियो । त्यसपछि एक प्रकारले इङ्ल्यान्डको आलोचना सुरु भएको थियो । यसरी अत्यधिक आक्रामक भएर टेस्ट क्रिकेट खेल्ने नै होइन ।

अथवा भनौं, जसरी इङ्ल्यान्डले टेस्ट क्रिकेट खेलिरहेको छ, अब त्यसलाई रोक्नुपर्छ । तर होइन, इङ्ल्यान्ड झन पो आक्रामक हुन थालेको छ । पहिलेको तुलनामा अझ बढी । अब यसले पनि नाम पाएको छ । त्यो हो, ‘बज बल भाग-२’ ।

टेस्टमा पोपले बेन डकेटसँग मिलेर ४.२ ओभरमै सुरुआती ५० रन जोडेको थियो । यो त ट्वान्टी-२० क्रिकेटभन्दा आक्रामक देखिएको छ । 

इङ्ल्यान्डका ओपनर हुन्, ओली पोप । उनी के मान्छन् भने अब टेस्ट क्रिकेटमा एकै दिन ६ सय रन बन्ने नै छ । त्यसो त टेस्ट त्रिकेटमा एकै दिन सबैभन्दा बढी रन बनाएको कीर्तिमान इङ्ल्यान्डको नाममा छ ।

तर, यो असाध्यै पुरानो छ । सन् १९३६ मा इङ्ल्यान्डले म्यानचेस्टरमा भारतविरुद्ध एकै दिन ६ विकेटमा ५८८ रन बनाएको थियो । अहिलेको इङ्लिस टिमले दुई वर्ष अगाडि पाकिस्तानविरुद्ध एकै दिन ५०६ रन बनाएको थियो । अब त यो ५००रन पनि केही ठूलो हुन छाडेको छ । यसको संकेतको रूपमा वेस्ट इन्डिजविरुद्धको शृंखला नै लिन सकिन्छ ।

त्यसको तेस्रो टेस्ट जित्न इङ्ल्यान्डलाई चौथो इनिङ्समा ८२ रन चाहिएको थियो । इङ्ल्यान्डलाई किन यति साह्रो हतार भएको हो । टोलीले यो लक्ष्य जम्माजम्मी ७.२ ओभरमै पूरा गरेको थियो । त्यसमा स्टोक्सले २८ बलमै ५७ रन बनाए । यसमा इङ्ल्यान्डका लागि सबैभन्दा छिटो अर्धशतकको कीर्तिमान पनि बन्यो ।

यही सिरिजको दोस्रो टेस्टमा पोपले बेन डकेटसँग मिलेर ४.२ ओभरमै सुरुआती ५० रन जोडेको थियो । यो त ट्वान्टी-२० क्रिकेटभन्दा आक्रामक देखिएको छ । भनेपछि अब सबै तयार भए हुन्छ ‘बज बल भाग-२’ खेल्नका लागि ।