कार्तिक २, २०८१ शुक्रबार | ०९:५९:५०
पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो पावर प्लेमा अमेरिकाले गुमायो तीन विकेट ६ पटकको च्याम्पियन अस्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिका फाइनलमा माल्दिभ्स र श्रीलंकालाई गोलको खडेरी तोड्ने चुनौती अमेरिकालाई १६५ रनको लक्ष्य आयोजक नेपाललाई भुटानको चुनौती पुबुदु दासानायके राष्ट्रिय क्रिकेट टोलीको ‘मेन्टर’ साफ महिला च्याम्पियनसिपः भारतले पाकिस्तानलाई हरायो भारत र पाकिस्तानबीचको पहिलो हाफमा गोल वर्षा विम फिसेट स्वायटेकको नयाँ प्रशिक्षकमा नियुक्त पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो पावर प्लेमा अमेरिकाले गुमायो तीन विकेट ६ पटकको च्याम्पियन अस्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिका फाइनलमा माल्दिभ्स र श्रीलंकालाई गोलको खडेरी तोड्ने चुनौती अमेरिकालाई १६५ रनको लक्ष्य आयोजक नेपाललाई भुटानको चुनौती पुबुदु दासानायके राष्ट्रिय क्रिकेट टोलीको ‘मेन्टर’ साफ महिला च्याम्पियनसिपः भारतले पाकिस्तानलाई हरायो भारत र पाकिस्तानबीचको पहिलो हाफमा गोल वर्षा विम फिसेट स्वायटेकको नयाँ प्रशिक्षकमा नियुक्त
शनिबारको दिन आइसिसी ट्वान्टी २० विश्वकप

ट्वान्टी-२० विश्वकपः फाइनलअघि सर्वाधिक रन बनाएका ५ ब्याटर

काठमाडौं । इङ्ल्यान्डलाई ६८ रनले हराउँदै भारत आइसिसी ट्वान्टी-२० विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । अर्काे फाइनल पुग्ने टोली दक्षिण अफ्रिका हो । पहिलो पटक फाइनलमा पुगेको दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ९ विकेटले हरायो । यी दुईबीचको फाइनल शनिबार राति हुनेछ ।

२० टोली सहभागी ट्वान्टी-२० विश्वकपबाट सर्वाधिक दुई पटक च्याम्पियन आयोजक वेस्ट इन्डिज र इङ्ल्यान्ड बाहिरिएका छन् । अब, भारत दोस्रो उपाधि जित्ने कीर्तिमान बराबरी गर्ने लक्ष्यमा छ । भारतले सन् २००७ मा पहिलो पटक ट्रफी उचालेको थियो । दुई पटक सेमिफाइनल पुगेर ठूलो प्रतियोगितामा चुक्दै आएको दक्षिण अफ्रिका भने पहिलो फाइनलमै उपाधि जित्ने योजनामा छ ।

सर्वाधिक रन बनाउने ५ खेलाडीमा अफगानिस्तानका दुई खेलाडी छन् ।

वेस्ट इन्डिज र अमेरिकामा आयोजित नवौं विश्वकप क्रिकेटमा ब्याटरभन्दा बलरलाई फाइदा पुग्यो । यसपालि धेरै रन बन्न सकेनन् । कम योगफलको कीर्तिमान नै बन्यो । फाइनलसम्म आइपुग्दा शतक बन्न सकेको छैन । अमेरिकाको नयाँ विकेटमा ब्याटर भिज्नै सकेनन् । त्यसैले पनि यसपालिको विश्वकपमा क्रिकेटप्रेमीले सोचेजस्तो धेरै रन बन्न सकेन ।  

चार खेलमा मात्रै २०० रन बनेको छ । यसपालि व्यक्तिगततर्फ कुनै पनि खेलाडीले ३०० रन कटाउन सकेका छैनन् । फाइनल बाँकी रहँदा आठ खेलाडीले २०० रन पूरा गरेका छन् ।

सर्वाधिक रन बनाउने ५ खेलाडीमा अफगानिस्तानका दुई खेलाडी छन् । ऐतिहासिक नतिजा निकाल्दै सेमिफाइनलमा पुगेको अफगानिस्तानका ओपनर रहमानुल्लाह गुरबाज शीर्षस्थानमा छन् । उच्च रन बनाउने शीर्ष पाँचभित्र अस्ट्रेलियाका ट्राभिस हेड दोस्रो, भारतका कप्तान रोहित शर्मा तेस्रो, अफगानिस्तानकै इब्राहिम जाद्रन चौथो र वेस्ट इन्डिजका निकोलस पूरन पाँचौंमा छन् ।

रहमानुल्लाह गुरबाज– अफगानिस्तानरनः २८१

अफगानिस्तानको ऐतिहासिक विश्वकप यात्रामा ओपनर रहमानुल्लाह गुरबाजले सानदार प्रदर्शन गरेका छन् । अनुभवी खेलाडीले रन बनाउन नसकेको अवस्थामा २२ वर्षीय खेलाडीले २८१ रन बनाएका हुन् । ८ इनिङ्समा उनले तीन अर्धशतक प्रहार गर्दा १८ चौका र १६ छक्का हाने । न्युजिल्यान्डविरुद्ध ऐतिहासिक जितमा सर्वाधिक ८० रन बनाए । उनी दुई खेलमा डकआउट भएका छन् ।

ट्राभिस हेड– अस्ट्रेलियारनः २५५

सन् २०२१ को च्याम्पियन अस्ट्रेलिया दोस्रो पटक उपाधि जित्ने योजनासहित विश्वकपमा होमिएको थियो । तर, टोलीको यात्रा सुपर ८ भन्दा माथि बढ्न सकेन । भारतविरुद्ध ब्याटिङ चल्नै सकेन । ३० वर्षीय ट्राभिस हेडले अर्धशतक बनाउनुबाहेक अन्य खेलाडीले साथ दिन सकेनन् । 

विश्वकपमा हेडबाहेक अस्ट्रेलियाका ब्याटरले खासै प्रभाव बनाउन सकेनन् । हेडले ७ इनिङ्समा दुई अर्धशतकसहित २५५ रन बनाएका छन्। २६ छक्का र १५ चौका प्रहार गरे ।

रोहित शर्मा– भारतरनः २४८

भारतले दोस्रो पटक फाइनलमा स्थान बनाउँदा कप्तान तथा ओपनर रोहित शर्माले उत्कृष्ट प्रदर्शन गरेका छन् । ३७ वर्षे खेलाडीले भरपुर अनुभवको प्रयोग गरेका हुन् । उनले ७ इनिङ्समा २४८ रन बनाउँदा २२ चौका र १५ छक्का प्रहार गरेका छन् । पछिल्लो खेलमा अस्ट्रेलियाविरुद्ध शतकबाट चुके । अस्ट्रेलियासँग ९२ रन बनाएका उनले इङ्ल्यान्ड र आयरल्यान्डविरुद्ध पनि अर्धशतक बनाए । अफगानिस्तान र अमेरिकाविरुद्ध भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।

इब्राहिम जाद्रन– अफगानिस्तानरनः २३१

सात पटक विश्वकप खेलिसकेको अफगानिस्तानले यसपालिको यात्रालाई सार्थक बनाएको छ । कीर्तिमानी नतिजासाथ टोलीले पहिलो पटक सेमिफाइनल खेल्यो । फाइनल पुग्ने लक्ष्यमा रहेको अफगानिस्तान अन्तिममा दक्षिण अफ्रिकासँग घुँडा टेक्न बाध्य भयो । यो यात्रामा २२ वर्षे ओपनिङ ब्याटर इब्राहिम जाद्रनको प्रदर्शन विशेष रह्यो । उनले विश्वकपमा आठ इनिङ्समा २३१ रन बनाएका छन् । २ अर्धशतक बनाउनेक्रममा २५ चौका र ४ छक्का प्रहार गरे । युगान्डाविरुद्धको कीर्तिमानी जितमा ७० रन र अस्ट्रेलियाविरुद्ध ऐतिहासिक जितमा ५१ बनाएका थिए ।

निकोलस पूरन– वेस्ट इन्डिजरनः २२८

घरेलु मैदानमा कीर्तिमानी तेस्रो पटक उपाधि जित्ने योजनामा वेस्ट इन्डिज असफल भएको छ । ब्याटिङ चल्न नसक्दा आयोजकले यो सुनौलो अवसर गुमायो ।  विश्व क्रिकेटमा हिटर ब्याटरको रूपमा वेस्ट इन्डिजका खेलाडीलाई लिइन्छ । तर, यसपालि निकोलस पूरनबाहेक अन्य खेलाडीले त्यसलाई प्रमाणित गर्न सकेनन् । २०० रन बनाउने उनी एक्ला वेस्ट इन्डिजका खेलाडी हुन् । 

२८ वर्षीय शीर्षक्रमका ब्याटरले सात इनिङ्समा २२८ रन बनाएका छन्। त्यसक्रममा उनले १५ चौका र १७ छक्का प्रहार गरे । छक्का प्रहार गर्ने चक्करमा लाग्दा उनी अफगानिस्तानसँग ९८ रनमै रोकिए । अन्य खेलमा भने उनले पनि ठूलो स्कोर बनाउन सकेनन् ।