भाद्र २३, २०८१ आइतबार | ०५:१६:०३
राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास
शनिबारको दिन आइसिसी ट्वान्टी २० विश्वकप

ट्वान्टी-२० विश्वकपः किन ठूलो स्कोर बनिरहेको छैन ?

काठमाडौं । ट्वान्टी-२० क्रिकेट भनेपछि त्यसै पछि एउटै अपेक्षा हुन्छ, रनको खोलो बग्ने । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ मा रनको खोलो मात्र बगेन्, बाढी नै आयो । स्कोरहरूको कीर्तिमान बन्यो । यस्तोमा भन्न सुरु भयो, ट्वान्टी-२० क्रिकेट भनेको त ब्याटरको खेल मात्रै भयो । बलरको अब कुनै भुमिका नै रहेन् । 

यसै कारण खेल पण्डितहरूको अनुमान थियो, अमेरिका र वेस्ट इन्डिजमा चलिरहेको ट्वान्टी-२० विश्वकपमा पनि ठूल ठूला स्कोर बन्ने छ । तर यो अनुमान सबै गलत सावित भएको छ । अझ भन्दा यी पण्डितहरू सर्वथा गलत सावित भए ।

अहिलेसम्म एकै पल्ट मात्र २०० रनमाथिको स्कोर बनेको छ । यो काम अस्ट्रेलियाले इङ्ल्यान्डविरुद्ध गरेको थियो ।

यसपल्टको ट्वान्टी-२० विश्वकपको विशेषता भन्नु नै रनका लागि लगभग प्रत्येक टिमले गरेको संघर्ष रहेको छ । रन नै बनिरहेको छैन भन्दा हुन्छ । यस्तो किन त रु सबैभन्दा पनि अहिलेसम्म भएका विश्वकपका खास खास खेलको स्कोर नै हेरौं ।

 दक्षिण अफ्रिकाविरुद्ध समूह ‘डी’ मा श्रीलंका पहिले ब्याटिङ गर्दै ७७ रनमा अलआउट भयो । समूह ‘ए’ को खेलमा आयरल्यान्डविरुद्ध ९६ रनमै समेटियो । लगतै समूह ‘सी’ मा पपुवा न्युगिनी ७७ रन भन्दा अगाडि बढ्न सकेन् । भारत आफै पाकिस्तानविरुद्धको खेललमा १२० रनको लक्ष्य मात्र प्रस्तुत गर्न सफल रह्यो ।

यो त खासमा झिनो लक्ष्य नै हो । त्यसकै अगाडि पाकिस्तान सात विकेट गुमाएर १ सय १३ रनमै रोकियो । अस्ट्रेलियाविरुद्ध समूह ‘बी’ को खेलमा नामिबियाको स्कोर थियो, ९२ मात्रै । हुँदा हुँदा इङ्लिस आक्रमण अगाडि ओमान ४७ रनमै खुम्चियो । यी सबै स्कोर त कोही एक व्याटरको व्यक्तिगत प्रदर्शन जस्तो लाग्न थालेको छ । शुक्रबारसम्मका खेलमा कोही पनि ब्याटरले शतक बनाउन सकेको छैन । यही तथ्यले प्रस्ट पार्छ, साँच्चै रन बनाउन कति गाह्रो भइरहेको छ । 

अहिलेसम्म एकै पल्ट मात्र २०० रनमाथिको स्कोर बनेको छ । यो काम अस्ट्रेलियाले इङ्ल्यान्डविरुद्ध गरेको थियो । यस्तोमा प्रश्न स्वभाविक बन्छ, किन ठूलो स्कोर बनिरहेको छैन त रु अथवा बनौं, ब्याटरमाथि किन बलर हाबी भइरहेका छन् त रु सम्भवतः यसका २ ठूला कारण छन् । 

ठूल ठूला स्कोर हेर्ने बानी भएकालाई यसपल्टको विश्वपकपमा केही न केही नपुगेको अनुभव हुनु त स्वभाविक नै हो ।

पहिलो कारण, आइपिएल २०२४ का लागि मात्र भनेर बनेको एउटा नियम । यो नियम थियो, इम्प्याक्ट प्लेयरको । त्यसमा आफू खुसी एक बलरको स्थानमा ब्याटरलाई मैदानमा उठाउन सकिन्थ्यो । त्यही एक कारणले यसपल्टको आइपिएल मा रनमाथि रन बन्यो । यस प्रतियोगितामा च्याम्पियन भएको टिम थियो, कोलकाता नाइटराइडर्स ।

कोलकाता टिमकै प्रमुख बलर मिचेल स्टार्कले लगतै भनेका थिए, ‘अबको विश्वकपमा ठूल ठूला स्कोर बन्ने छैन् ।’ नभन्दै यस्तै भएको छ । अब दोस्रो कारण । यसपल्ट विश्वकपका लागि प्रयोग भएका पिच ब्याटरलाई मदत गर्ने खालका छैनन् । 

अहिलेका लागि यस विश्वकपमा कम रन बनेको पक्कै हो । यसमा साँच्चै प्राविधिक कारण के रह्यो, यसबारे अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले औपचारिक प्रतिवेदन पेस गर्ने नै छ ।

यसले बलरलाई नै मदत गरिरहेको छ । अझ विशेषतः अमेरिकाका पिच, त्यो पनि न्युयोर्कको पिच त घातक नै सावित भएको छ । त्यसमा बलले कसरी उचाई लिन्छ, कत्तिको लिन्छ, भन्नै गाह्रो छ । यही पिचमा खेल्दा ब्याटर घाइते भइरहेका छन् । त्यसैले पनि खासमा रन कम बनिरहेको छ ।प्रतियोगितामा लिग चरणका खेल सकिन थालेका छन् र अब सुरु हुनेछ, सुपर-८का खेल । त्यो चरणमा अझ चर्को प्रतिस्पर्धा हुनेछ, किनभने यो चरणमा पुग्ने टिम बलिया नै रहने छन् । यो चरणमा पनि रनका खडेरी लाग्नेछ अथवा यो क्रममा परिवर्तन हुनेछ, त्यो हेर्न लायक रहनेछ । 

अहिलेका लागि यस विश्वकपमा कम रन बनेको पक्कै हो । यसमा साँच्चै प्राविधिक कारण के रह्यो, यसबारे अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले औपचारिक प्रतिवेदन पेस गर्ने नै छ । ठूल ठूला स्कोर हेर्ने बानी भएकालाई यसपल्टको विश्वपकपमा केही न केही नपुगेको अनुभव हुनु त स्वभाविक नै हो ।